काठमाडौं । रोल्पाको रुन्टिगढीमा नेपाली कांग्रेसका भूपमणि पुनमगर विजयी भएका छन्।
Advertisement
आइतबार भएको उपचुनावको मतगणना अनुसार उनी ६४३ मत ल्याएर विजयी भएको निर्वाचन कार्यालय रोल्पाले जनाएको छ।
एमालेका वेमग पुन ५३५ मत ल्याए। सो वडामा माओवादी केन्द्रका नरेशजंग सिंहले जम्मा ७० मत पाएका छन्। उनी तेस्रो स्थानमा रहे।
दुईवर्ष अघिको स्थानीय चुनावमा कांग्रेसकै टंकबहादुर गुरुङले जितेका थिए। उनको निधन भएपछि उपचुनाव भएको हो।