तौलिहवा । कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ११ जामुनबगियामा राष्ट्रिय जनमोर्चाको गाउँ समिति गठन भएको छ ।
Advertisement
राजमो कपिलवस्तुका सचिव केरसिंह अदै प्रमुख आतिथ्यमा २०८१ मङ्सिर १४ गते शुक्रबार सम्पन्न भेलाले सो समिति गठन गरेको हो ।
भेलाले गोपाल केसी अध्यक्ष रहनुभएको सात पूर्ण तथा दुई सल्लाहकारसहितको नौ सदस्यीय राजमोको गाउँ समिति गठन गरेको छ ।
समितिको सचिवमा दुर्गाबहादुर उचै, कोषाध्यक्षमा माया पौडेल तथा सदस्यमा हसन मुसलमान, हुमबहादुर मगर, कमल कार्की र हरिराम कुर्मी रहनुभएको छ ।
त्यस्तै, सल्लाहकारमा भविलाल पौडेल र थर्कबहादुर टन्डन रहनुभएको छ ।
भेलाको सञ्चालन हुमबहादुर मगरले र स्वागत जिल्ला सदस्य रामबहादुर चमारले गर्नुभएको थियो ।