• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

मापदण्ड अपनाई प्रवासी नेपालीलाई स्वदेश भित्राउन मूल प्रवाहको माग


  •   शुक्रबार, जेठ ०२, २०७७ मा प्रकाशित
  • नयाँदिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले आवश्यक मापदण्ड अपनाई प्रवासी नेपालीलाई स्वदेश भित्राउन माग गरेको छ । भारतको कतिपय स्थानमा जिल्ला न्यायाधीशको सिफारिसमा नेपालीलाई समेत घर जान सक्ने प्रावधान रहेको, तर त्यस क्रममा कतिपय नेपाली बाटैमा अलपत्र भएको घटना सार्वजनिक भएपछि मूल प्रवाहले यस्तो माग गरेको हो ।

    Advertisement

    अध्यक्ष दुर्गाबहादुर केसीको हस्ताक्षरमा मे १५, २०२० का दिन जारी प्रेसवक्तव्यमा सो माग गरिएको छ । त्यस्तै, कतिपय यातायात व्यवसायीले मूल प्रवाहको नामसमेत उपयोग गरेर नेपालसम्म पुग्ने व्यवस्था भएको भनी भ्रम फैलाएकोमा पनि मूल प्रवाहले त्यसप्रति आपत्ति प्रकट गरेको छ । यस खालका कुनै पनि भ्रममा नपर्न नेपाली नागरिकलाई अनुरोध गर्दै वक्तव्यमा स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पूरा गरेर मात्र प्रवासी नेपालीलाई नेपाल पठाउन भारतीय प्रशासनसित माग गरिएको छ ।

    वक्तव्यमा अगाडि भनिएको छ–

    १. विश्व नै नोबेल कोरोना भाइरस (कोभिड–१९) को गिरफ्तमा छ । सङ्क्रमण रोक्न गरिएको लकडाउन पनि असफल भइरहेको अवस्था छ । लकडाउनले अर्थतन्त्रमा ठुलो असर त परेकै छ, श्रमजीवी वर्ग भुखमरीको शिकार भइरहेका छन् । भारतमा लाखौँ श्रमिकहरू आआफ्नो घर जानका लागि ससाना बालबच्चासहित १५००/२००० किलोमिटर लामो पैदल हिँडेर र सडकमा हिड्न नपाएर रेलको लिकमा समेत हिँडेका छन् । कैयौँ ठाउँमा दुर्घटनाको शिकारसमेत भएका छन्, जसमा औरङ्गाबादमा रेलको लिकमै रेलले किचेर १६ जनाको ज्यान गएको भने अन्य सडक दुर्घटनामा दर्जनौँको मृत्यु भइसकेको छ ।

    भारत सरकारले रोगका साथै रोटीसँगको लडाइँ जरुरी छ भनी लकडाउनभित्र पनि ३३ प्रतिशत कामदारसहित उद्योग सञ्चालन गर्ने निर्णयानुसार केही उद्योग खुलेका छन् । १५ वटा रूटमा रेल सेवा सञ्चालन भएका छन्, तर होटल, रेस्टुरेन्ट, क्यान्टिन, पिजी, फास्ट फुड, पार्टी प्यालेस आदि क्षेत्र खुल्ने सम्भावना छैन । नेपाली श्रमिकहरूको अवस्था झन्भन्दा झन् दयनीय बन्दै गएको छ । अनेकन् शहरमा ससानो कोठामा झुण्डका झुण्ड नेपाली श्रमिक बसेका छन् । उनीहरूसँग रोजगार छैन, खाना छैन, कोठा भाडाका लागि ताकेता भइरहेको छ ।

    भोक र चिन्ताले बिरामी भएका छन्, कैयौँले डिप्रेसन भएर आत्महत्यासमेत गरेका छन् । अनेकन् कष्ट सहेर बोर्डरमा पुगेका नेपाली भारतीय क्वारेन्टाइनमा बस्न लागेको २०÷२५ दिन बढी भइसकेको छ । उनीहरूको अवस्था पनि दयनीय बन्दै गइरहेको छ । हामीले रोजगार गुमाएर अलपत्र परेका, अस्पतालबाट डिस्चार्ज भएका र मृत्यु भएका घटनामा काजक्रियाका लागि नेपाल जाने व्यवस्था मिलाउन माग गर्दै पटक पटक नेपाली दूतावास, परराष्ट्र मन्त्रालय, प्रधानमन्त्रीको कार्यालयलाई पत्राचार गरी एवम् समय समयमा फोनमा वार्तालाप गरिनुका साथै प्रेसवक्तव्यद्वारा बैधानिक एवं आवश्यक मापदण्ड अपनाई देश भित्राउन माग गर्दै आएका छौँ तर कुनै सुनुवाइ भएको छैन ।

    २. भारतका कतिपय राज्यका डिस्ट्रिक मजिस्ट्रेटको सिफारिसमा विभिन्न राज्यका प्रवासी मजदुरलाई आआफ्नो घर पठाउने योजनाभित्र पारेर कतिपय मालिकले आफ्ना नेपाली श्रमिकलाई पनि सिफारिस गरी पठाएर जिम्मेवारीबाट पन्छिरहेका छन् । त्यसरी रेलबसद्वारा पठाइएका नेपाली मजदुर भारतका विभिन्न जक्सनमा अलपत्र परिरहेका छन् । यदि कुनै उपायद्वारा बोर्डरसम्म पुगेता पनि झन् ठुलो बिचल्ली हुने निश्चित छ ।

    यो नयाँ समस्या थपिएको छ । नेपाल प्रवेश गर्ने सीमानाका सिल भएको हुँदा कतिपय व्यक्ति लुकिछिपी अनाधीकृत रूपबाट नेपाल प्रवेश गरेकाले पनि नेपालमा कोरोना भाइरस सङ्क्रमण सङ्ख्या बढिरहेको हो । हामी सम्बन्धित निकाय तथा नेपाल सरकारसमक्ष उपर्युक्त विषयमा गम्भीर भई बैधानिक प्रकारले स्वदेश भित्राई उनीहरूको स्वास्थ्य परीक्षण गरी आवश्यकतानुसार आइसोलेसन र क्वारेन्टाइनको व्यवस्था गर्न माग गर्दछौँ ।

    ३. कतिपय यातायात व्यवसायीले नेपाल जाने व्यवस्थापन भएको भनी भ्रम सृजना गरिरहेको समाचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । कैयौँ व्यक्तिले हाम्रो कार्यालयमा त्यसको पुष्टिका लागि फोन सम्पर्क गरिरहेका छन् । उनीहरूको रिपोर्टअनुसार कतै कतै मूल प्रवाहको नाम पनि प्रयोग गरिएको छ । यो सरासर बदमाशी हो र हाम्रो सङ्गठनलाई बद्नाम गर्ने षडयन्त्र हो । सङ्गठनको स्थापित छविलाई अनाधीकृत रूपबाट प्रयोग गरी यो अप्ठ्यारो परिस्थितिमा समेत पैसा कमाउने षड्यन्त्र हो । हामी यस प्रकारका गतिविधिको निन्दा गर्दछौँ र कुनै पनि दाजुभाइ, दिदीबहिनीलाई भ्रममा नपर्न अनुरोध गर्दछौँ । साथै यस प्रकारका गतिविधि गर्नेलाई आवश्यकतानुसारको कानुनी कार्यवाहीको माग गर्दछौँ ।”

    शुक्रबार, जेठ ०२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.