काठमाडौँ । प्रगतिशील पत्रकार सङ्घले आफ्नो सङ्गठनका केन्द्रीय सल्लाहकार सुमन अधिकारीकी आमा दमयन्तीदेवीको निधन भएकोमा भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेको छ ।
Advertisement
अध्यक्ष श्यामलाल पोखरेलको हस्ताक्षरमा यही मङ्सिर ७ गते शोकवक्तव्य जारी गर्दै प्रगतिशीलले श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको हो ।
शोकवक्तव्यको पूर्ण पाठ यस्तो छ :
“हाम्रो सङ्गठनका केन्द्रीय सल्लाहकार सुमन अधिकारीकी ममतामयी आमा तथा राष्ट्रिय जनमोर्चाका केन्द्रीय कार्यकारी अध्यक्ष रश्मिराज नेपालीकै जीवनसँगिनी दमयन्तादेवी अधिकारीको २०८१ मङ्सिर ७ गतेका दिन ७३ वर्षको उमेरमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा निधन भएकोमा उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछौँ साथै शोकको यस घडीमा शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछौँ ।”