काठमाडौं । काठमाडौं महानगरपालिकाले नेकपा (एमाले) लाई एक लाख रुपैयाँ जरिवाना तिराउने भएको छ ।
Advertisement
शुक्रबार (मंसिर ७ गते) ‘काठमाडौं महानगरपालिका–१ दरबारमार्गस्थित खुल्ला सडकमा जागरण सभा गर्ने क्रममा सडक तथा सडकपेटीमा जथाभावी फोहरमैला गरि वातावरण प्रदुषण गरेको’ भन्दै महानगरले जरिवाना तिराएको निर्णय गरेको हो।
‘फोहरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम रु १००,०००,०० अक्षरुपी एक लाख जरिवान गरिएको’ महानगरले एमालेलाई पठाएको पत्रमा उल्लेख छ।
