• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, भदौ २६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

विदेशबाट फर्किएका युवा भेडापालनमा

जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

गुल्मीमा ३८ जातका कफीको परीक्षण

सिभिल सहकारी ठगीमा तामाङलाई पाँच वर्ष कैद सजाय

लोकप्रिय समाचार

  • १. विपत्तिकाे सामना

  • २. शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

  • ३. स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

  • ४. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

  • ५. ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

  • ६. १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

  • ७. बाढीप्रभावित नुवाकोटमा मसालका महामन्त्री सिंहको स्थलगत अनुगमन

  • ८. मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक मञ्चन (फोटासहित)

  • ९. युगदर्शन साप्ताहिकको आठौँ वर्षप्रवेशप्रति मूल प्रवाहको शुभकामना

  • १०. बिकानेरमा मूल प्रवाहको महिला नगर विभाग पुनर्गठन

भारतको उद्देश्य त नेपालै खाने हो : केसी

"अन्तर्राष्ट्रिय नेपाली एकता समाजद्वारा अन्तरक्रिया कार्यक्रम सम्पन्न "

  •   बुधबार, बैशाख ३१, २०७७ मा प्रकाशित
  • प्रकाश थापा मगर/काठमाडौँ

    Advertisement

    राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भारतीय साम्राज्यवादले सिङ्गो नेपाल नै खाने उद्देश्यका साथ सीमा अतिक्रमण गरेको बताउनुभएको छ । अन्तर्राष्ट्रिय नेपाली एकता समाजले २०७७ वैशाख ३१ गते आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिको आसनबाट मन्तव्य राख्दै उहाँले सो धारणा व्यक्त गर्नुभएको हो ।

    लिम्पियाधुरा–लिपुलेक हुँदै मानसरोवरसम्म जाने सडक नै खनेर अहिले भारतद्वारा भएको अतिक्रमणको सम्बन्धमा उहाँले नेपाल नै खाने उद्देश्यले भारतले सीमा अतिक्रमण गरिरहेको बताउनुभयो । ‘सिक्किम खायो, जम्मुकस्मिर खायो, हैदरावाद खायो’ उहाँले अगाडि भन्नुभयो– ‘नेपाललाई पनि कप्लक्कै खानेगरी ऊ अगाडि आइरहेको छ ।’ अध्यक्ष केसीले नेपालको सार्वभौमसत्ता समाप्त गर्नका लागि भारतले विभिन्न उपाय अवलम्बन गरिरहेको, त्यस क्रममा सांसदहरूलाई आफ्नो पक्षमा ल्याएर संविधान संशोधन गर्नसमेत प्रयत्नरत रहेको बताउनुभयो ।

    सरकारले सीमा अतिक्रमणको विरुद्ध दह्रो पाइला टेक्न नसकेको बताउँदै उहाँले जनता एक भएर मात्र राष्ट्रियताको रक्षा गर्न सकिने बताउनुभयो । आजै प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकको प्रसङ्ग उठाउँदै उहाँले प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले एमसिसी जसरी भए पनि पास गर्नुपर्ने माग राखेको बताउनुभयो । ‘देश कोरोनामा छटपटाइरहेको छ, पश्चिमी सिमाना भारतले खाइरहेको छ’ उहाँले भन्नुभयो– लोकतान्त्रिक व्यवस्थाको प्रमुख प्रतिपक्षीलाई चिन्ता एमसिसी पास गर्नेतिर छ ।’ उहाँले देशविदेशमा रहेका देशभक्त नेपालीहरूको संयुक्त प्रयासले मात्र देशको राष्ट्रिय सार्वभौमिकता र भौगोलिक अखण्डता बच्न सक्ने बताउनुभयो ।

    उहाँले कोरोना सङ्क्रमणका कारण सबैभन्दा बढी बिजोग भारतस्थित नेपालीहरूको भएको बताउनुभयो । ‘भारतले रेलबाट ल्याएर बोर्डरमा छोडिदिन्छ’ उहाँले भन्नुभयो– ’अब बिजोग सुरु हुन्छ नेपालीहरूको ।’ ‘भारतीय प्रहरीले भन्छ, तिमीहरू नेपाल जाऊ, नेपाली प्रहरीले भन्छ, यता आउन पाउँदैन’ अध्यक्ष केसीले भन्नुभयो– ‘यसरी त नेपालीहरूको बिजोगै भयो नि,  उनीहरू आफ्नो देश नेपाल नआएर कहाँ जाने ?’

    उहाँले नेपालमा कोरोना सङ्क्रमणसित जुध्न कुनै तयारी नभएको दावी गर्नुभयो । ‘यतिका मान्छे नेपाल–भारत बोर्डरमा छन्, उनीहरूलाई नेपाल ल्याउनुपर्दछ’ उहाँले भन्नुभयो– ‘तर नेपालमा अस्पताल नै छैनन् कोरोनाका बिरामीलाई उपचार गर्न । निजी अस्पतालका डाक्टर सबै छुट्टीमा छन् । सरकारी अस्पतालमा त्यस्तो कुनै तयारी छैन ।’ उहाँले कोरोना सङ्क्रमणले गर्दा आम नेपालीलाई पनि स्वास्थ्यसेवा निजीकरण गर्नु हुँदो रहेनछ भन्ने शिक्षा दिएको बताउनुभयो ।

    उहाँले बोर्डरमा अलपत्र परेका नेपालीलाई तुरुन्त नेपाल ल्याउनुपर्ने, तर त्यसो गर्दा विश्व स्वास्थ्य सङ्गठनको प्रोटोकलको ख्याल गरिनुपर्ने बताउनुभयो । ‘भारतले कुनै जिम्मेवारी नलिइकन नेपालीलाई यता पठाउन मिल्नै, उसको पनि केही जिम्मेवारी हुन्छ’ उहाँले भन्नुभयो ।

    कार्यक्रममा मन्तव्य राख्दै विशिष्ट अतिथि नेकपा (मसाल) का केन्द्रीय प्रवक्ता रामप्रकाश पुरीले भारतले सुरुदेखि नै नेपालप्रति विस्तारवादी नीति अपनाइरहेको बताउनुभयो । नेपाल कम्युनिस्ट आन्दोलनमा भारतको यस्तो नीतिको विरोधमा सङ्घर्षको लामो इतिहास रहेको बताउँदै नेकपा (मसाल) ले भारतीय साम्राज्यवादका विरुद्ध लगातार सङ्घर्ष गर्दै आइरहेको बताउनुभयो ।

    ‘हाम्रो पार्टीले भारतीय साम्राज्यवादका गलत नीतिको विरोध गर्दै आइरहेको छ’ उहाँले अगाडि भन्नुभयो– ‘जब भारतले नेपालको पश्चिमी सीमा लिम्पियाधुरादेखि लिपुलेकसम्मको भूभाग आफ्नो नक्सामा देखायो, त्यसबेलादेखि नै हाम्रो पार्टी र हाम्रा जनवर्गीय सङ्गठनहरू आन्दोलनमा छन् ।’ उहाँले वैशाख २९ गते पनि लकडाउनको माझमा विरोध प्रदर्शन गर्दा ठुलो सङ्ख्यामा हाम्रा नेता÷कार्यकर्ताहरू गिरफ्तारीमा परेको बताउनुभयो । ‘खालि सीमा अतिक्रमण मात्र होइन, भारतका हरेक गलत कदमको विरोधका नेकपा (मसाल) अग्रपङ्क्तिमा रहेर सङ्घर्ष गर्ने गरिरहेको छ’ उहाँले भन्नुभयो ।

    अन्तर्राष्ट्रिय नेपाली एकता समाजका अध्यक्ष दुर्गाबहादुर केसीको अध्यक्षता तथा महासचिव लुमाकान्त पुनको सञ्चालनमा अघि बढेको सो कार्यक्रममा विशिष्ट अतिथिको रूपमा राजमो नेता आनन्द शर्माको पनि आतिथ्यता रहेको थियो । कार्यक्रममा समाजका केन्द्रीय सदस्य ठाकुर खनालले अवधारणा प्रस्तुत गर्नुभएको थियो भने एकता समाजकै कोषाध्यक्ष शक्तमान बुढाथोकीले स्वागत मन्तव्य राख्नुभएको थियो ।

    कार्यक्रममा हङकङ नेपाली एकता समाजका महासचिव ज्ञामुराम न्यौपाने, जापान नेपाली एकता समाजका अध्यक्ष यामलाल सापकोटा, ओमन नेपाली एकता समाजका अध्यक्ष छविलाल बस्नेत, मलेसिया नेपाली एकता समाजका महासचिव गोविन्द विष्ट, कतार नेपाली एकता समाजका अध्यक्ष हेमन्त वाइबा, बेल्जियम नेपाली एकता समाजका महासचिव हिमाल थापा, कोरिया नेपाली एकता समाजका अध्यक्ष विदुर शर्मा, स्पेन नेपाली एकता समाजका अध्यक्ष दुर्गा शर्मा, कुवेत नेपाली एकता समाजका सल्लाहकार दिनेश शर्मा, युएई नेपाली एकता समाजका अध्यक्ष जयबहादुर विक, बहराइन नेपाली एकता समाजका अध्यक्ष धनबहादुर कार्की र युगदर्शन साप्ताहिकका कार्यकारी सम्पादक प्रकाश थापा मगरले पनि मन्तव्य राख्नुभएको थियो ।

    भिडियो कन्फ्रेस मार्फत् सम्पन्न सो कार्यक्रममा २० भन्दा बढी देशका सय जनाजतिको उपस्थिति रहेको अन्तर्राष्ट्रिय नेपाली एकता समाजले बताएको छ ।

    बुधबार, बैशाख ३१, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मोतीराम भट्टको एक सय एकसट्ठिऔँ जन्मजयन्ती मनाइँदै
    प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण अमेरिकाबाट हुँदै
    बाढीप्रभावित नुवाकोटमा मसालका महामन्त्री सिंहको स्थलगत अनुगमन
    उपत्यकामा सबै कम्पनीको ग्यास सिलिन्डर साट्न सरकारको निर्देशन
    ‘१२ मई’ नाटकले निरङ्कुशता पराजित हुने सन्देश दिएको मसालको निष्कर्ष
    विशेष सम्पादकीय

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      विपत्तिकाे सामना

    • २.
      शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

    • ३.
      स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    • ४.
      उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ५.
      ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

    • ६.
      १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

    भर्खरै

    • १.
      प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

    • २.
      वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

    • ३.
      राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

    • ४.
      शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

    • ५.
      विदेशबाट फर्किएका युवा भेडापालनमा

    • ६.
      जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    • ७.
      पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

    • ८.
      गुल्मीमा ३८ जातका कफीको परीक्षण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.