अशोक खनाल, भालुवाङ ।
दाङको लमहीमा “जलवायु परिवर्तनको शासकीय व्यवस्था ९क्लाइमेट गभर्नेन्स० मा प्रदेश सरकारको भूमिका” विषयक लुम्बिनी प्रदेशस्तरीय एकदिने गोष्ठी सम्पन्न भएको छ ।
द एसिया फाउन्डेसन नेपालको आयोजनामा २०८१ कात्तिक ११ गते सोमबार सो कार्यक्रम सम्पन्न भएको हो ।
गोष्ठीमा लुम्बिनी प्रदेशका कृषि, वन तथा वातावरण विकास समितिका सभापति विश्वप्रेम पाठक प्रमुख अतिथि रहनुभएको थियो ।
कार्यक्रममा नगरपालिका महासङ्घका महासचिव तथा घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरी, गाउँपालिका महासङ्घका प्रतिनिधि एवम राजपुर गाउँपालिकाका उपाध्यक्ष धनपतिदेवी यादव, प्रदेश वन तथा वातावरण मन्त्रालयका सचिव मोहनराज काफ्ले, पूर्वाधार विकास मन्त्रालयका सचिव भीमार्जुन पाण्डे, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव राजेन्द्र पन्थी, कृषि, भूमिव्यवस्था तथा सहकारी मन्त्रालयका हरिप्रसाद पण्डित, उद्योग पर्यटन तथा यातायात मन्त्रालयका विक्रम केसी, गैरसरकारी संस्था महासङ्घ लुम्बिनी प्रदेशमा प्रशासन प्रमुख केशव भुसाल, वन तथा वातावरण समन्वय समिति गढवाका प्रमुख उमाकान्त पन्त, नेपाल उद्योग वाणिज्य महासङ्घ लुम्बिनी प्रदेशका प्रतिनिधि युवराज प्रोख्रेललगायतको सहभागिता रहेको थियो ।
फाउन्डेसनका डा। पपुलर जेन्टलले जलवायु परिवर्तन न्युनीकरणसम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
देउखुरी डिभिजन वन कार्यलयका लमहीका प्रमुख महेन्द्रराज उपाध्यायको पनि सहभागिता रहेको सो कार्यक्रमको सञ्चालन फाउन्डेसनका गोविन्द बस्नेतले गर्नुभएको थियो ।
