तौलिहवा । कपिलवस्तु जिल्ला शिवराज नगरपालिका वडा नं. ३ खरेन्द्रपुरमा अवस्थित शिवराज कृषि सहकारी संस्था लिमिटेडको नवौँ साधारणसभा सम्पन्न भएको छ ।
Advertisement
शिवराज नगरपालिकाका नगरप्रमुख अजय थापाको प्रमुख आतिथ्यमा २०८१ कात्तिक १ गते बिहीबार सो कार्यक्रम सम्पन्न भएको हो ।
संस्थाका अध्यक्ष केरसिंह अदैको अध्यक्षतामा अघि बढेको उक्त कार्यक्रममा विशिष्ट अतिथि शिवराज–३ का वडाअध्यक्ष टेकलाल सापकोटा, नगरपालिका कृषि विकास अधिकृत शान्तिमाया अधिकारीले मन्तव्य राख्नुभएको थियो ।
संस्थाका अध्यक्ष केरसिंह अदै ले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन नवराज पौडेलले तथा स्वागत टिकमाया भण्डारीले गर्नुभएको थियो ।
