• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

दशैँको सम्बन्धमा केही तथ्य


  •   बिहिबार, असोज २४, २०८१ मा प्रकाशित
  • अधिवक्ता काजीगाउँले श्रेष्ठ ##

    Advertisement

    आश्विन शुक्ल पक्षको प्रतिपदादेखि कोजाग्रत पूर्णिमासम्म मनाइने पर्वलाई दशैँ भन्ने गरिन्छ । नवमी तिथिमा महिषासुर दैत्यमाथि दुर्गा देवीको विजयको संस्मरणमा शाक्त सम्प्रदायले विशेष रूपमा यो उत्सव मनाउँछन् । दशमीमा दुर्गाका प्रतिमा नदी तथा तलाउमा विसर्जन भएपछि दुर्गा उत्सव सकिन्छ । दशमीको दिन रामले रावणको बध गरेका हुँदा रामलीला मनाई दशमीकै दिन रावणको प्रतिरूपको दहन गरी यो पर्व समाप्त हुन्छ । पुराणमा आधारित आस्थाका कारण उत्तर भारतमा उक्त परम्परा चलिआएको हो ।

    मराठा र मैसुरका लडाइँका कारण जीर्ण भएको चामुण्डा देवीको मन्दिर टिपु सुल्तानले मर्मत गराएका थिए । दशमीको दिन चामुण्डा देवीको सम्मानमा मैसुर नगरमा हुने प्रदर्शन उत्सव एसियाको ठुला उत्सवमध्ये एक मानिन्छ ।

    प्रतिपदादेखि नवमीसम्मको समयलाई नवरात्र मानिन्छ । नवरात्रमा कुमारिका (दुई वर्षीया बालिका), त्रिमूर्ति (तीन वर्षीय बालिका), कल्याणी, रोहिनी, काली, चाण्डिका, शाम्भवी, दुर्गा र शुभद्रा गरी नौ कुमारीहरूको पूजा गर्नुपर्ने मान्यता छ । दुर्गाकवचका अनुसार शैलपुत्री, ब्रम्टचारिणी, चन्द्रघण्टा, कूष्माण्डा स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्री गरी दुर्गाको नौ रूपको पूजा हुने कुरा उल्लेख छ । म्लेच्छ, दस्यु, किन्नर, वर्व, शक एवम् अङ्ग वङ्ग, कनिङ देशका वासिन्दाहरू पनि दुर्गापूजा गर्छन् ।

    नेपालमा मल्लकालभन्दा अगाडि उपत्यकामा ढुङ्गा थापना गरी राज्यप्रमुखको रूपमा अजिमा पुजिन्थ्यो । मल्लकालमा अजिमालाई ब्रह्मायणी, रुद्रायणी (महेश्वरी), वैष्णावी, वराही, इन्द्रायणी, चामुण्डा, महालक्ष्मीका नाम दिई तिनका मूर्तिहरू बनाई पूजा गर्ने प्रचलन आयो । किरात र ज्यापुले मान्ने अजुलाई मल्लकालमा भैरव बनाइयो । आजसम्म पनि ज्यापु, रन्जित र नायहरू पञ्चमीमा पचिमह आजुको पूजा गरी चाड मनाउँछन् ।

    मल्लकालमा तलेजु भवानीलाई अष्टमीमा बलि दिई दशैँ मनाउने प्रचलन चल्यो । दरबारमा काम गर्ने कर्मचारी हिन्दु हुनुपर्ने थिति बसाली नेवार जातिमा हिन्दुको सङ्ख्या बढाउने काम भयो । म्वःनि (मोहनी) नेवारको चाड हो । म्वनितीय (कालो टीका) दशमीमा लगाउने प्रचलन छ । नेवारहरू मोहनी ९ दिन मात्र मनाउँथे, मल्लकालमा त्यो मोहनी दशैँ भयो र शाहकालमा बडादसैँ । नवरात्र तिथिमा जनजातिहरू पितृपूजा गर्ने चोखिने पितृलाई जाँडरक्सी, मासुरोटी चढाएर चाड मनाउँछन् । कोही कोही सराय नाच पनि नाच्दछन् ।

    राणाशासन कालमा अड्डा बन्द गरिन्थे । कर्मचारीको थमौती र पजनी यही समयमा गरिन्थ्यो । नवरात्रमा रेजिमेन्टका मुख्यालयमा ठुलो सङ्ख्यामा राँगाहरू बलि चढाइन्थे । निसान पुजिन्थे । तरबारको आडमा आफ्नो अभ्युदय हुन्छ भन्ने विश्वास गर्थे । तरबारलाई दुर्गाको प्रतीक ठान्थे । बाजा बजाउने, बन्दुक पड्काउने र एकपछि अर्को बलि दिने क्रम चलिरहन्थ्यो । दशमीको दिन राजाले जम्दारदेखि माथिका पदाधिकारीलाई दर्शन दिन्ये । १ रुपियाँदेखि माथि सलामी राजालाई चढाउथे । टीका लगाई राजाले कर्मचारीको पद थामिदिन्थे । राणाकालमा नेवाहरूले ज्यासल र मन्दिरमा बलि दिने र राई, मगर, गुरुङ र थारूहरूले बलि दिएको रगतले घरको भिट्टामा पन्जा छाप लगाई दशैँ मनाएको सबुत दिनुपर्ने प्रचलन चलाए ।

    किरात राजा जितादस्तीको समयमा कोशलका राजा विडडभले कपिलवस्तुमा हमला गरेको समयमा कपिलवस्तुका शाक्यहरू उपत्यका आइपुगेका थिए । सो समयमा उपत्यकामा माछा मार्ने र पशुपालन गर्ने वासिन्दाले शाक्य र कोलियसँग धान रोप्ने, चिउरा कुट्ने प्रविधि सिके । नयाँ धानको चिउरा परिवारका सदस्यहरू मिलेर खाए, रमाए । अष्टमीको दिन कूछिभ्वय खाएर नेवारहरू चाड मनाए । त्यो प्रचलन नेवारी समुदायमा अझै जीवित छ । शाक्यहरू आउनुअगाडि उपत्यकाका वासिन्दाले नेपाफै (भेँडा) बलि चढाउथे । त्यो चलन अझै जीवित छ ।
    वर्षापछि नदीहरू सुक्दै जाने एक ठाउँबाट अर्को ठाउँमा जानआउन सकिने अवस्थामा शत्रुका आक्रमणबाट बच्न र दशमीको तिथि अत्यन्त शुभ भएकाले शत्रुमाथि आक्रमण गर्न तयारीका लागि पनि कोटघरका हतियारहरू अर्जाप्ने पूजा गर्ने प्रचलन बसेको हुनुपर्छ ।

    नयाँ अन्न चढाउने खाने, धानका बालाको पुतली बनाई ढोकामाथि झुन्ड्याउने, गहुँ र जौको जमरा शिर, कानमा सिउरिने, चामलको अछताको टीका लगाउने प्रचलनले दशैँलाई कृषिउपज महोत्सवको रूपमा मानी आएको देखिन्छ । कृषिभूमि नै समृद्धिको प्रतीक मानिने समयमा कृषिउत्सव प्रचलनमा आउनु स्वाभाविकै हो । वर्षायाममा पशुवस्तुको चरन उपलब्ध हुने र हिउँद लाग्न थालेपछि पशुवस्तुको आहारा जुटाउन कठिन पर्ने हुँदा पशुवध गरी खाने अर्थसंस्कृतिको विकास हुँदा त्यसलाई बलिको जामा लगाइदिनु स्वाभाविक थियो ।

    नयाँ लुगा, पिङ, लिपपोत, सरसफाइ, चिउरा, रोटी, मासु, कुराउनी, जमिन र पानीको शारदीय सौन्दर्यता, टाढा रोजगारमा गएका आफ्नो मानिसको आगमन, तीनपाने आदि र श्रमिक शिल्पी व्यापारी र पशुपालकको आम्दानीले दशैँ घमाइलो र रमाइलो बनाइरहेको हुन्छ । देखासिकी र अन्धविश्वासको भुमरीले रमाइलोलाई मलिनो बनाउन पनि सक्छ ।

    सन्दर्भ सूची

    काण्डे, डा. पाण्डुरङ वामन (……). धर्मशास्त्रका इतिहास–४. लखनऊ : उत्तर प्रदेश हिन्दी संस्थान ।

    शाक्य, डा. केशवमान (……). नेवार जाति र दशैँ. आनन्दभूमि, वर्ष ३०, अङ्क–५. काठमाडौँ : आनन्दकुटी विहार गुठी स्वयम्भू ।
    इन्द्रमाली, (……). नेपाल भाषा तँ. खँग्व धुकू. काठमाडौँ : ल्हामु अमात्य ।

    Old Field, H.A. (1974 AD). Sketches from Nepal-II. Delhi: Cosmo Publications.

    बिहिबार, असोज २४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न
    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.