• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

सङ्घीयता खारेज गर्दा स्वास्थ्य र शिक्षा व्यवस्थित गर्न सकिने महामन्त्री सिंहको दाबी


  •   शनिबार, असोज १२, २०८१ मा प्रकाशित
  • दाङ । नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले सङ्घीयता खारेज गर्दा स्वास्थ्य र शिक्षालाई व्यवस्थित गर्न सकिने धारणा राख्नुभएको छ ।

    Advertisement

    २०८१ असोज १२ गते सोमबार प्रगतिशील पत्रकार सङ्घ दाङद्वारा आयोजित पत्रकार सम्मेलनमा धारणा राख्दै उहाँले यस्तो बताउनुभएको हो ।

    घोराहीस्थित नेपाल पत्रकार महासङ्घको जिल्ला कार्यालयमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो– ‘सङ्घीयता खारेज गर्ने हो भने त्यसबाट बचेको खर्चले स्वास्थ्य र शिक्षालाई व्यवस्थित गर्न सकिन्छ ।’

    उहाँले सङ्घीयता नेपालको लागि बोझ भइसकेको धारणा व्यक्त गर्नुभयो ।

    ‘अहिले सत्तारूढ दलहरूले संविधान संशोधन गर्ने कुरा गरिरहेका छन् । संविधान संशोधन नै गर्नु हुन्न भन्ने हाम्रो भनाइ होइन’ उहाँले अगाडि भन्नुभयो– ‘संविधान नै संशोधन गर्ने हो भने सङ्घीयतालाई खारेज गर्ने गरी संविधान संशोधन गरौँ । त्यसबाट बचेको बजेटले स्वास्थ्य र शिक्षा क्षेत्रलाई व्यवस्थित गर्न सकिन्छ ।’

    प्रतिगमनको खतरा गम्भीर
    महामन्त्री सिंहले प्रतिगमनको खतरा अहिले पनि गम्भीर रहेको बताउनुभयो ।

    ‘एमालेले आफूले चाहेका बेला संसद् विघटन गर्न पाउनुपर्छ भन्ने धारणा राख्दछ । काङ्ग्रेसभित्र धर्मनिरपेक्षता विरुद्ध हिन्दु राष्ट्रको पक्षमा बलियो जनमत छ’ उहाँले भन्नुभयो– ‘यस्तो अवस्थामा देशमा शिशु अवस्थामा रहेको गणतन्त्र र धर्मनिरपेक्षता खतरामा पर्न सक्दछ ।’

    उहाँले अहिलेको सत्तारूढ पक्षबाट देशमा गणतन्त्र र धर्मनिरपेक्षता खतरामा भएकाले त्यसका विरुद्ध नेपाली जनताले उच्च सतर्कता अपनाउन आग्रह गर्नुभयो ।

    साम्राज्यवादी खतरा पति त्यत्तिकै

    मसालमा महामन्त्री सिंहले नेपालमा भारतीय साम्राज्यवाद र अमेरिकी साम्राज्यवादको खतरा गम्भीर बन्दै गएको बताउनुभयो ।

    ‘भारतले अन्ततः नेपाललाई आफूमा गाम्न चाहान्छ । अहिलेको गणतन्त्र र धर्मनिरपेक्षता उसलाई मन परेको छैन । नागरिकताबारे उसको चासोबारे सबैलाई थाहा छ । सीमा अतिक्रमण सबैलाई थाहा भएको विषय हो’ उहाँले भन्नुभयो– ‘उता, अमेरिकी साम्राज्यवादले नेपाललाई चीनको विरुद्ध क्रिडास्थल बनाउन चाहेको छ । सोही रणनीतिअन्तर्गत एमसिसी पास भइसक्यो । एसपिपी पास गराउने प्रयासमा छ ।’

    उहाँले अमेरिकाले पुराना पार्टीमाथि पूरै विश्वास नगरेर राष्ट्रिय स्वतन्त्र पार्टीलाई उभ्याएको दाबी गर्नुभयो ।

    देशमा बेथिति बढ्यो

    उहाँले देशमा बेथिति बढ्दै गइरहेको पनि बताउनुभयो ।

    गणतन्त्रका लागि लडेका दलहरू सत्तामा गएर पनि भ्रष्टाचार, महङ्गी, बेथिति र कुशासन बढेकोमा उहाँले चिन्ता व्यक्त गर्नुभयो ।

    देशमा महङ्गी, भ्रष्टाचार, सहकारी बेथिति, कुशासन कायम हुँदा युवाशक्तिको विदेश पलायन बढ्दै गएको छ’ उहाँले भन्नुभयो– ‘यसबाट देशमा देशभक्तिको भावनामा पनि ह्रास आइरहेको छ ।’

    उहाँले देशको सामु आइपरेको प्रतिगमनको खतरा तथा महङ्गी, बेथिति, भ्रष्टाचारको विरुद्ध आवाज उठाउन पत्रकारहरूसित आग्रह गर्नुभयो ।

    कार्यक्रममा पत्रकार महासङ्घ दाङका अध्यक्ष दुर्गालाल केसी, प्रेस काउन्सिलका सदस्य शरद अधिकारी, पत्रकार महासङ्घ दाङका पूर्व अध्यक्षहरू केबी मसाल, प्रताप सिंहलगायतको उपस्थिति रहेको थियो ।

    शनिबार, असोज १२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.