बैतडीबजार । पहिरोले बैतडी जिल्लाको डिलाशैनी गाउँपालिका–४ जोखल्लीका सुरेन्द्र रोकायाको दुई तलाको चारकोठे पक्की घर पहिराले पुरेको छ ।
Advertisement
जिल्ला प्रहरीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक जनकराज ढुङ्गानाका अनुसार गए राति १२ बजे खसेको पहिरोले घर पुरेको हो ।
पहिरोले रोकायाको घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । मानवीय र पशुचौपायामा कुनै क्षति नभए पनि अन्नपात, लत्ताकपडा र भाँडाकुँडा भने पुरिएका छन् ।
पहिरो आउने सङ्केत पाएपछि घरका सबै मान्छे गाउँलेको घरमा बसेका थिए । पहिरोले घर पुरिएपछि सुरेन्द्रको नौ जनाको परिवार आफन्तको घरमा बसिरहेका छन् । (रासस)