बागलुङबजार । अखिल नेपाल युवक सङ्घ तथा राष्ट्रिय जनमोर्चा तङ्ग्रामका सक्रिय कार्यकर्ता दलबहादुर पुन तथा तेजेन्द्र थापाका ७१ वर्षीय बुबा कर्णबहादुर थापाको श्रद्धाञ्जली सम्पन्न भएको छ ।
मृत्यु भएको चौथो दिन २०८१ भदौ २६ गते तङ्ग्राम रदुवास्थित घरमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा राजमो बागलुङ जिल्ला समितिका अध्यक्ष तिलक थापा, राजमो जिल्ला सचिवालय सदस्य लक्ष्मण पुन, राजमो तङ्ग्रामको अध्यक्ष विष्णु कँडेल, सचिव थिरबहादुर राना, सदस्य नरबहादुर थापा, भीम जोल्मी, युवक सङ्घ बागलुङका सदस्य प्रदीप पुन, जातीय समता समाज बागलुङका सदस्य भीम विक,
अखिल नेपाल महिला सङ्घका शशिमाया थापालगायतका नेता तथा कार्यकर्ताले श्रद्धाञ्जली दिनुभएको थियो ।
काठेखोला गाउँपालिका वडा नं। ४ तङ्ग्राम रदुवा निवासी थापाको ७१ वर्षको उमेरमा २०८१ भदौ २३ गते उपचारको क्रममा दुखद निधन भएको थियो ।
