परासी । कपिलवस्तुमा जातीय समता समाजको आयोजनामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
समाजका अध्यक्ष तथा राष्ट्रियसभा सदस्य राजेश विश्वकर्मा प्रमुख प्रशिक्षक रहेर २०८१ भदौ २५ गते चन्द्रौटामा सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा उहाँले दलितको इतिहास, मुलुकी ऐन, वर्णविभाजन, नेपालमा रहेका दलितहरूको इतिहास र अवस्था, वर्तमान कानुनले गरेको विभेदको बारेमा प्रशिक्षण दिनुभएको थियो ।
त्यस्तै, राष्ट्रिय जनमोर्चा कपिलवस्तुका सचिव केरसिंह अदैले समाज विकासक्रममा मानवको उत्पत्ति, आदिम साम्यवाद, दासयुग, सामन्ती युग र वर्तमान अवस्थाको बारेमा प्रशिक्षण दिनुभएको थियो ।
समता समाजका जिल्ला अध्यक्ष दिलबहादुर विकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राजमो जिल्ला अध्यक्ष हरिप्रसाद बेल्बासे, अखिल नेपाल किसान महासङ्घ (अप्फा) का केन्द्रीय उपाध्यक्ष शिव पौडेल, नेकपा मसालका जिल्ला प्रवक्ता माधव भाट क्षेत्री, रक्तिम सांस्कृतिक अभियानका जिल्ला अध्यक्ष बेगम बुढाले शुभकामना दिनुभएको थियो ।
कार्यक्रमको सञ्चालन जिल्ला सदस्य मानबहादुर नेपालीले तथा स्वागत मन्तव्य नगर अध्यक्ष मोहन विकले गर्नुभएको थियो ।