बुटवल । बुटवलको तिलोत्तमा नगरपालिकामा राष्ट्रिय जनमोर्चाले ज्ञापनपत्र बुझाएको छ ।
नगर समितिका अध्यक्ष हर्कबहादुर टन्डनको नेतृत्वमा २०८१ भदौ १९ गते बुधबार गएको प्रतिनिधिमण्डलले सो ज्ञापन बुझाइएको हो ।
ज्ञापनपत्र बुझाउन जाने प्रतिनिधि मण्डलमा नगर समितिका उपाध्यक्ष हुमाकान्त पाण्डे, सचिव कविराज गिरी, सहसचिव विष्णु घिमिरे, कोषाध्यक्ष रेशम घिमिरे, अखिल नेपाल महिला सङ्घ रुपन्देहीकी अध्यक्ष इन्दिरा ज्ञवाली, महिला सङ्घकै नगर समितिकी सचिव मिरा पुरी, अखिल नेपाल किसान महासङ्घ (अप्फा) केन्द्रीय सदस्य रुकबहादुर पराजुली, अप्फा रुपन्देहीका सहसचिव शिवराम घिमिरे, राजमो तिलोत्तमाका सदस्यहरू माधव भुसाल, नरबहादुर थापा, नगेन्द्रराज श्रीनेत, टङ्क आचार्य, प्रेमलाल पन्थ, नेकपा (मसाल) रुपन्देहीका प्रवक्ता लालचन्द पन्थ, राजमो रुपन्देहीका जिल्ला अध्यक्ष टानबहादुर केसी, जिल्ला समितिका सल्लाहकार चेतनाथ आचार्य र राजमो केन्द्रीय सल्लाहकार बद्रे आलम हुनुहुन्थ्यो ।
ज्ञापनमा राष्ट्रियता, गणतन्त्र, धर्मनिरपेक्षतासहित राष्ट्रिय र स्थानीय समस्याहरू समेटिएको छ ।

