काठमाडौँ । नेकपा (मसाल) ले भारतको बेङलोरमा असामयिक निधन भएकी स्मृतिशेष सावित्रा थापाप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।
महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८१ भदौ १६ गते आइतबार जारी शोकवक्तव्यमा थापाप्रति श्रद्धाञ्जलीका साथै सन्तप्त परिवारप्रति समवेदना व्यक्त गरिएको हो ।
थापाको मृत्युबाट पार्टीको आन्दोलनलाई क्षति पुगेको बताइएको शोकवक्तव्यको पूर्ण पाठ यस्तो छ :
“भारतको बेङलोरस्थित डा. अम्बेडकर इन्स्टियुट अफ मेडिकल कलेज साइन्स अस्पतालमा उपचाररत रहिरहेको अवस्थामा अगस्त २९, २०२४ का दिन हाम्रो पार्टीका सदस्य कामरेड सावित्रा थापाको मृत्यु भएको छ । हामीले उहाँको मृत्युप्रति गहिरो दुःख व्यक्त गर्दै सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दछौँ ।
का. थापा हाम्रो पार्टीको जुझारु, इमान्दार र लगनशील सदस्य हुनुहुन्थ्यो । उहाँ नेपालीहरूको सामाजिक सङ्गठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका विभिन्न समितिमा रहेर क्रियाशील हुनुभएको थियो । उहाँको मृत्युबाट हाम्रो पार्टीको आन्दोलनमा गम्भीर क्षति भएको छ ।
अन्तमा हामीले उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ ।”
मूल प्रवाह केन्द्रीय सदस्य थापालाई पुत्रिशोक