दिनेश रैदास, दाङ ।
Advertisement
नेपाल बार एसोसियसन दाङको उपाध्यक्षमा नुमानन्नद आचार्य निर्विरोध निर्वाचित हुनुभएको छ ।
अखिल नेपाल कानुन व्यवसायी सङ्घका केन्द्रींय उपाध्यक्ष आचार्यलाई उपाध्यक्षमा निर्वाचित हुनुभएको हो ।

यसैबिच, राष्ट्रिय जनमोर्चा दाङले घोराहीस्थित सम्पर्क कार्यालयमा औपचारिक कार्यक्रमको आयोजना गरेर आचार्यलाई बधाई तथा सम्मान व्यक्त गरेको छ ।
राजमो दाङका कोषाध्यक्ष हरि खरेलले आचार्यलाई स्वागत तथा अभिनन्दन गर्नुभएको हो ।
सो अवसरमा आचार्यलाई राजमो दाङका अध्यक्ष गणेश आचार्यले बधाई दिनुभयो ।
कार्यक्रमको सञ्चालन अखिल नेपाल जनजाति सम्मेलनका पूर्व केन्द्रीय सदस्य रामबहादुर जिएमले गर्नुभएको थियो ।
