• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

रगतसित साटेर ल्याएको गणतन्त्र खतरामा छ : पौडेल


  •   शनिबार, भदौ ०८, २०८१ मा प्रकाशित
  • पोखरा । राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलले रगतसित साटेर ल्याएको गणतन्त्र खतरामा परेको बताउनुभएको छ ।

    Advertisement

    राजमो कास्कीको आयोजनामा २०८१ भदौ ८ गते शनिबार सम्पन्न कोणसभालाई सम्बोधन गर्दै उहाँले यस्तो अभिव्यक्ति दिनुभएको हो ।

    ‘नेपाली जनताले रगतसित साटेर ल्याएको गणतन्त्रमाथि अहिले चौतर्फी हमला भइरहेको छ’ उहाँले भन्नुभयो– ॅयसरी फेरि पनि देशमा प्रतिगमनको खतरा देखा परेको छ ।’

    उपाध्यक्ष पौडेलले देशमा प्रतिगमन नहोस् र मुलुक पछाडि नफर्कियोस् भन्ने आसयले राष्ट्रिय जनमोर्चाले अहिलेको गणतन्त्र जोगाउनुपर्ने माग राखेको बताउनुभयो ।

    उहाँले राजावादी शक्तिहरूको प्रयाससँगै आन्दोलनकारी शक्तिहरू सत्ता पुगेर गरेको कमजोरीका कारणले पनि गणतन्त्रमाथि आँच पुगेको धारणा राख्नुभयो ।

    सम्बोधनको क्रममा उहाँले अहिले देश भ्रष्टाचारले आक्रान्त भएको बताउनुभयो ।

    ‘आज नेपालको नागरिकलाई भुटानी नागरिक बनाएर भ्रष्टाचार भइरहेको छ, महङ्गी अत्यधिक बढेर गएको छ’ उहाँले भन्नुभयो– ॅयतिखेर भ्रष्टाचार देशव्यापी भएको छ । यसबारेमा सरकार जवाफदेही बन्न सकिरेको छैन ।’

    उहाँले भ्रष्टाचारका कारणले देशको विकास निर्माणका प्रतिफल ऋणात्मक भइरहेको तर्क राख्दै त्यसले गर्दा नेपाली युवाहरूको विदेश पलायन तीव्र बन्दै गएको बताउनुभयो ।

    केन्द्रीय प्रवक्तासमेत रहनुभएका पौडेलले सङ्घीयता कारणले देशको विकास कुण्ठित भएको बताउनुभयो ।

    सङ्घीयता देशका जनताको आवश्यकताको आधारमा नभएर विदेशी स्वार्थमा ल्याइएको स्मरण गराउँदै उहाँले यथाशीघ्र सङ्घीयता खारेज गरिनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

    सङ्घीयता खारेज नगरिए देशको राष्ट्रियता, सार्वभौमिकता र भौगोलिक अखण्डता गम्भीर खतरामा पर्नेतर्फ उहाँले सचेत गराउनुभयो ।

    कार्यक्रममा राजमो केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश समितिका अध्यक्ष शङ्कर बरालले पनि सम्बोधन गर्नुभएको थियो ।

    कार्यक्रमको सञ्चालन राजमो कास्कीका अध्यक्ष रविमोहन ढकालले सञ्चालन गर्नुभएको थियो ।

    सभापूर्व पोखरा सभागृहदेखि पृथ्वीचोकसम्म जुलुस प्रदर्शन गरिएको थियो ।

     

    शनिबार, भदौ ०८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.