दाङ । अखिल नेपाल युवक सङ्घ घोराही उपमहानगर समिति सङ्गठन निर्माण अभियानमा जुट्ने भएको छ ।
सङ्घको २०८१ भदौ १ गते शनिबार बसेको बैठकले उक्त अभियान तय गरेको हो ।
नगर अध्यक्ष श्रीराम भट्टराईको अध्यक्षता तथा राष्ट्रिय जनमोर्चाको केन्द्रीय सदस्यसमेत रहनुभएका दाङ जिल्ला अध्यक्ष गणेश आचार्यको प्रमुख अतिथिमा बसेको बैठकले पहिलो चरणमा घोराही उपमहानगरको बजारक्षेत्रमा रहेका वडा नं. १३, वडा नं. १४, वडा नं. १५, वडा नं. १६, वडा नं. १७ र वडा नं. १८ मा वडा कमिटी गठन गर्ने निर्णय भएको नगर समितिका सचिव दीपक केसीले जानकारी दिनुभयो ।
त्यसैगरी, युवाहरूमा सैद्धान्तिक तथा वैचारिक स्तरवृद्धिका लागि आगामी भदौ १५ गते सय जना युवाका लागि एक दिवसीय प्रशिक्षण कार्यक्रमसमेत बनेको सचिव केसीले बताउनुभयो ।
बैठकमा राजमो केन्द्रीय सदस्य आचार्यले समसामयिक विषयमा प्रशिक्षणत्मक भनाइ राख्नु भएको थियो ।
बैठकमा राजमो जिल्ला सदस्य मेघराज भट्टराईको पनि उपस्थिति रहेको थियो ।