• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

वरिष्ठ पत्रकार रिसाल भन्नुहुन्छ, ‘पत्रकारितामा इमान्दारिता डगमगाएको छ’


  •   बिहिबार, साउन ३१, २०८१ मा प्रकाशित
  • काठमाडौँ । बुधबार दिउँसो अनामनगरस्थित निवास पुग्दा वरिष्ठ पत्रकार भैरव रिसाल चस्माको सहायताले डायरीमा केही हरफ कोर्दै हुनुहुन्थ्यो । एकछिनको भलाकुसारीपछि उहाँले लामो लेखका केही हरफ पढेर सुनाउन थाल्नुभयो । मङ्गलबार नै वरिष्ठ पत्रकार रिसालले जन्मदिन थियो । उहाँ ९७ वर्षमा टेक्नुभयो । घरमा जन्मदिनको शुभकामना दिन आउनेको बुधबार पनि लर्को नै थियो । तर पत्रकार रिसाल भने भक्तपुरको दधिकोटको ऐतिहासिक ‘चरखण्डी’ जात्राबारे लेखन र अध्ययनमै सक्रिय हुनुहुन्थ्यो ।

    Advertisement

    “हातले कलम राम्रोसँग समात्न सकिन्न, थकान भइरहन्छ, आँखाले राम्रोसँग देख्न नसक्दा लेख पढ गर्न गाह्रो हुन्छ, तर पनि लेख्न र पढ्न मन लागिरहन्छ, एक मुठी श्वास रहुञ्जेल यो कामलाई निरन्तरता दिन्छु, बुढो भए भनेर कहिल्यै हरेस खानुहुँदैन”, पत्रकारिताको जीवन्त इतिहासका साक्षी रिसालले रासससँग उत्साहित हुँदै भन्नुभयो ।

    पत्रकारितामा ‘पायोनियर’ वरिष्ठ पत्रकार रिसालले आधुनिक पुस्तालाई सन्देश दिँदै भन्नुभयो, “पत्रकारितामा इमान्दारिता डगमगाएको छ, पत्रकारिता पत्रकारिताकै रुपमा रहिरहोस् । आजको पत्रकारिता पत्रकारितै भएर बाँचोस् । पत्रकारितामा सक्रियता र इमान्दारिताको खाँचो छ । पेसाप्रतिको इमान र निष्ठा हराउँदै गएको छ ।”

    निष्ठापूर्ण पेसागत अभ्यास र इमानको पर्यायवाची नाम हो भैरव रिसाल । उहाँको पत्रकारिताप्रतिको समर्पणमा आजका दिनसम्म पनि कमी आएको छैन । जीवनको उत्तरार्धमा पनि उहाँ उत्तिकै सक्रिय हुनुहुन्छ । रिसालको यो सक्रियता आधुनिक पुस्ताका पत्रकारका लागि अनुकरणीय र प्रेरणादायी छ । सन्तानब्बे वर्षीय रिसालले कत्ति पनि हिम्मत हार्नुभएको छैन । उहाँको इच्छा, साहस र जोस जागर अटल छ । शारीरिक रुपमा निकै कमजोर भइसक्दा पनि उहाँमा पेसाप्रतिको हुटहुटी उस्तै छ । जोश, जागर युवापुस्ताको भन्दा कम छैन ।

    शुभेच्छुकबीच रिसाल
    यही साउन २९ गते मङ्गलबार वरिष्ठ पत्रकार रिसाल परिवार, आफन्त र शुभेच्छुकको भीडभाडमा हुनुहुन्थ्यो । त्यसदिन अबेर साँझजम्म उहाँलाई जन्मदिनका अवसरमा दीर्घायुको शुभेच्छा थाप्न भ्याइनभ्याई थियो । परिवार, आफन्तदेखि विशिष्ट व्यक्तिहरुले वरिष्ठ पत्रकार रिसालको घरमै पुगेर शुभेच्छा प्रकट गरे । जन्मदिनको दिन पहिलो प्रहरमा जेठी छोरी सुष्मा सापकोटाले फोन गरेर बुबाको सुस्वास्थ्य एवं दीर्घायुको कामना गर्नुभयो । त्यसपछि छोरीहरु र नजिकका आफन्त घरमा आएर मिष्ठान्न परिकार र भोजनसहित जन्मदिन मनाए । दिनभर शुभेच्छुकहरुले आशीर्वाद दिनुभयो ।

    साँझ पूर्वमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का नेता गिरिराजमणि पोखरेल वरिष्ठ पत्रकार रिसाललाई जन्मदिनको शुभकामना दिन उहाँको घरमै आउनुभयो । “निष्ठावान् र इमान्दार व्यक्तित्व पत्रकार रिसाल एक सच्चा वामपन्थी आन्दोलनको योद्धा नै हुनुहुन्छ”, उहाँले रिसालको प्रशंसा गर्दै भन्नुभयो–“उहाँले मर्न लागेको पत्रकारितालाई बचाउनुभएको छ ।”

    राजनीतिप्रति खासै टिप्पणी गर्न नचाहने वरिष्ठ पत्रकार रिसाल पत्रकारितालाई जागिरका रुपमा लिन नहुने धारणा राख्नुहुन्छ । उहाँले भन्नुभयो, “पत्रकार जनताको प्रतिनिधि हुनुपर्छ, पत्रकारिता जनताको आवाज हुनुपर्छ । पत्रकारले निश्पक्ष, स्वच्छ र वस्तुनिष्ठ सामग्री सम्प्रेषण गर्नुपर्छ ।”

    वातावरण संरक्षणमा पैरवी गर्न पनि वरिष्ठ पत्रकार रिसालको महत्वपूर्ण भूमिका रहेको छ । उहाँले बाग्मती सफाई, संविधानमा वातावरणको विषयलाई प्राथमिकता दिनुपर्नेलगायत मुद्दालाई सशक्त रुपमा उठाउनुभएको थियो । उहाँले भन्नुभयो, “वातावरणका मुद्दालाई किनारा लगाउन सकिएन । वातावरण संरक्षणका नाममा विकृति बढेको छ । बागमतीमा सफा पानी बगिरहोस् भन्ने मेरो चाहना छ ।”

    ‘अब सुनिनै छैन कुरोकन्थो’
    वरिष्ठ पत्रकार रिसालले मङ्गलबारदेखि रेडियो सगरमाथाको कार्यक्रम ‘कुरोकन्थो’बाट बिदा लिनुभयो । उहाँले उक्त कार्यक्रम ७१ वर्षको उमेरमा २०५६ भदौ दोस्रो सातादेखि सुरु गर्नुभएको हो । उक्त कार्यक्रम हरेक मङ्गलबार प्रसारण हुन्थ्यो । “मङ्गलबारको शृङ्खला चलाएर अब रेडियो कार्यक्रम नगर्ने निर्णय लिए”, वरिष्ठ पत्रकार रिसालले भन्नुभयो, “अहिले मजदुर पत्रिकामा नियमित स्तम्भकारका रुपमा छु, अब दुई चार महिना मात्र लेख्छु होला ।”

    वृद्ध उमेरमा पनि सक्रियतामा कुनै कमी छैन भन्ने जिज्ञासामा वरिष्ठ पत्रकार रिसालले भन्नुभयो, “अब चाहिँ बुढो भइएछ भन्ने लाग्छ, खुट्टा राम्रोसँग टेक्न सक्दिन, तर हरेस खाएको छैन, अझै लेख्ने हिम्मत र जोस, जागर कायमै छ ।”

    विसं १९८५ मा भक्तपुरको गुण्डुमा जन्मनुभएका वरिष्ठ पत्रकार रिसालले २०१३ सालमा हालखबर दैनिकमार्फत पत्रकारिता सुरु गर्नुभएको थियो । करिब ६८ वर्षदेखि पत्रकारितामा रमाउनुभएका उहाँले २०२० सालदेखि २०४२ सालसम्म राष्ट्रिय समाचार समिति (रासस) मा काम गर्नुभयो । उहाँले राससमा प्रमुख समाचारदाताको जिम्मेवारीसमेत निर्वाह गर्नुभयो ।

    वरिष्ठ पत्रकार रिसालले जगदम्बा श्री पुरस्कार, ‘अब्राहम कन्जरभेसन’ अवार्डलगायत प्रतिष्ठित पुरस्कार प्राप्त गर्नुभएको छ । ‘साधुलाई सुली’, जेल डायरी, उहिले बाजेका पालामा, लोग्ने र स्वास्नी र केही मित्रका चिठी, सुशीला–भैरव, उहिलेका कुरा, नेपाली वाङ्मयका तीन तारा, भैरव रिसालका छानिएका रचना, भैरव दाइ, वितेका कुरालगायत उहाँका पुस्तक प्रकाशित छन् ।

    जन्मदिनको अवसरमा तीन कृति
    वरिष्ठ पत्रकार रिसालले ९७औँ जन्मदिनका अवसरमा यही साउन २६ गते तीनवटा कृति सार्वजनिक गर्नुभयो । विभिन्न पत्रपत्रिकामा प्रकाशित उहाँका लेख रचनाको सङ्ग्रह ‘भैरव रिसालका छानिएका रचना–२’ तथा ‘वितेका कुरा’ र ‘अविश्रान्त भैरव’ कृति पाठकमाझ आएका छन् । वातावरण पत्रकारिताको अभियानकर्ता वरिष्ठ पत्रकार रिसालले नेपालको पहिलो निर्वाचित संसद्को रिपोर्टिङ समेत गर्नुभएको थियो । उहाँसँग लामो समय संसदीय रिपोर्टिङको अनुभव छ । उहाँले २०१७ सालमा राष्ट्रिय जनगणता अधिकृतका रुपमा पनि काम गर्नुभएको थियो । वामपन्थी राजनीतिमा समेत लाग्नुभएका वरिष्ठ पत्रकार रिसाल २०४८ सालको निर्वाचनमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बाट भक्तपुर क्षेत्र नं २ मा उम्मेदवार बन्नुभएको थियो ।

    रिक्लाइन सोफामा अडिएको जिन्दगी
    अनामनगरस्थित घरको दोस्रो तलामा वरिष्ठ पत्रकार रिसालको कोठा छ । त्यहाँ एउटा रिक्लाइनर सोफा छ, जसमा उहाँको जिवन अडिएको छ । प्रत्येक दिन उहाँको सोफामा बसेर बित्छ । उहाँ बिहान उठेदेखि राति नसुतेसम्म त्यही सोफामा बस्नुहुन्छ । छोरी सुषमा रिसाल खतिवडाका अनुसार ‘चिया, पानी पिउने, खाना, खाजा खाने, आगन्तुकलाई भेटघाट गर्ने, लेखपढ गर्ने सबै गतिविधि त्यही सोफामा बसेर नै गर्नेहुन्छ ।

    वरिष्ठ पत्रकार रिसालको दिउँसो सुत्ने, ढल्किने वा आराम गर्ने बानी छैन । त्यो सोफामा बस्दा थाहै नपाइ जिउ पुरै देब्रेतिर ढल्किन्छ । टाउको हल्लिरहन्छ । सानोसानो गाँठीको छोटोछोटो कदको शरीर अहिले त खुम्चिसकेको छ । र पनि सक्रिय दैनिकी जीवनको उत्तरार्धमा पनि वरिष्ठ पत्रकार रिसालको दैनिकी सक्रिय छ । हरेक बिहान ५ बजे उठेर साँझ ९ बजे उहाँ ओछ्यानमा जानुहुन्छ । नियमित कर्मपछि अध्ययन, लेखन र भेटघाटलाई जारी नै राख्नुभएको छ ।

    “कान राम्ररी सुन्न छोड्नुभएको छ । लामो समय बोल्न पनि सक्नुहुन्न । नजिकै गएर कुराकानी गर्दा गफिनुहुन्छ, पुराना किस्सा सुनाउनुहुन्छ”, छोरी सुषमाले सुनाउनुभयो । यति सब भइकन पनि वरिष्ठ पत्रकार रिसालको खान्की र निन्द्रा राम्रो छ । उहाँकी धर्मपत्री सुशीला रिसालका अनुसार बिहानको खानामा दालभात तरकारी, पिरो अचार, अचार पिरो नभए खुर्सानी, भएसम्म मासुको झोलसँग खाना खानुहुन्छ । दिउँसो अलिकति फलफूल, खाजामा थोरै मासुचिउरा र बेलुका पनि एउटा रोटी अलिकति तरकारी अचार खानुहुन्छ र एक कप दूध पिउनुहुन्छ ।

    छिनछिनमा आँखा रसाउँछन्
    छोरी सुषमा बुबा रिसाललाई स्मरण गर्नुहुन्छ, “कान नसुन्ने भएपछि दोहोरो संवादमा कमै मात्र चाख राख्नुहुन्छ । मैले कहिल्यै आँसु नदेखेका मेरा बाका आँखा आजभोलि छिनछिनमा रसाउँछन् । बोल्दा मन भारी भएर भक्कानिनुहुन्छ, छिनछिनमा भावुक बन्नुहुन्छ ।

    कोठामै भएको टेलिभिजन हेर्ने र रेडियो सुन्ने, आज पनि देशको र समाजको बारेमा चिन्तित हुनुहुन्छ । देश र समाजकै हितमा समर्पित मेरा बाको निरीहपन, पीडा लुकाई मुस्कुराउन खोज्ने मुस्कानलाई पचाउन सार्है गाह्रो भइरहेको छ ।”

    कहिलेकाहीँ पीडाले कच्याककुचुक हुने बाको अनुहार, टिठलाग्दो निरीहपनको साक्षी बन्नु आफ्ना लागि कठिन कर्म भए पनि आजको सत्य त्यहि भएको छोरी सुषमाको भनाइ छ । बुढ्यौलीले स्वास्थ्य अवस्था सारै नाजुक भए पनि आज पनि वरिष्ठ पत्रकार रिसालले सम्मानजनक रुपमा बुढेसकाल बिताइरहनुभएको छ । छुट्टीने बेला उहाँकी छोरी सुषमाले भन्नुभयो, “बालाई घरपरिवार, समाज र राज्यले माया गरेकै छ । परिवारका सबै सदस्यहरु मिलेर बाको सेवा गरिरहेका छौँ ।” (रासस)

    बिहिबार, साउन ३१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न
    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.