कृष्ण केसी, चितवन ।
राष्ट्रिय जनमोर्चा, चितवनले भरतपुर महानगरपालिका वडा नं २३ मा प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ ।
Advertisement
वडास्तीय नेता कार्यकर्ता सम्मिलित कार्यक्रममा राजमोका पूर्व केन्द्रीय सचिव डम्वर पुरी, केन्द्रीय सदस्य एवम् बागलुङ जिल्ला समन्वय समितिका पूर्व अध्यक्ष राजेन्द्र ढुङ्गाना, राजमो जिल्ला अध्यक्ष अम्बरबहादुर क्षेत्री र रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय उपाध्यक्ष मोहराज चालिसेले प्रशिक्षण दिनुभएको थियो ।
शनिबार (साउन २६ गते) सम्पन्न प्रशिक्षण कार्यक्रमको अध्यक्षता कालिदास सुवेदी र सञ्चालन विष्णु पौडेलले गर्नुभएको थियो ।