काठमाडौं । काठमाडौं महानगरपालिकाको कार्यालय नजिकैको सडक भासिएको छ ।
Advertisement
दरबारमार्ग र न्युप्लाजा जोड्ने सडक भासिएर भ्वाङ परेको हो।
टुकुचा छोपेर बनाइएको सडक बिहीबार राति भासिएको स्थानीयले जनाएका छन्।
अहिले उक्त सडकखण्ड बन्द गरिएको र भ्वाङ परेको सडक टाल्न लागिएको महानगरपालिकाले जनाएको छ ।
प्रहरी इन्सपेक्टर घाइते
सडक भासिएपछि मार्किङ गर्न पुगेका दरबारमार्ग वृत्तमा कार्यरत इन्स्पेक्टर भूपेन्द्र बुढाथोकी घाइते भएका छन्। उनी सडकको भ्वाङमा फसेर घाइते भएका हुन्।
बिहीबार राति सडक भासिएको खबर प्राप्त भएपछि मार्किङ गर्न जाने क्रममा इन्स्पेक्टर बुढाथोकी घाइते भएका जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले जानकारी दिए ।
उनको निधार र हातमा चोट लागेको छ।
इन्स्पेक्टर बुढाथोकीलाई वीर अस्पतालमा उपचार गराइएको प्रहरीले जनाएको छ ।