दाङ । घोराहीमा राष्ट्रिय जनमोर्चाको सङ्गठनात्मक अभियान भदौ महिनाभरि चल्ने भएको छ । सो अवधिमा राजमोको नयाँ सदस्यता वितरण र नवीकरणका साथै सम्पूर्ण वडा समितिको पुनर्गठन तथा टोल समिति गठन गरिने छन् ।
जिल्ला अध्यक्ष गणेश आचार्यको प्रमुख आतिथ्यमा २०८१ साउन १९ गते शनिबार सम्पन्न नगर समितिको बैठकले सो निर्णय गरेको हो ।
साउन २० गते नगर अध्यक्ष मनिराम खनालद्वारा जारी प्रेसविज्ञप्तिमा जनाइएअनुसार राजमोले जनताका दिनानुदिनका समस्यामा सहजीकरण तथा अनियमिता, भ्रष्टाचार र विकासे काममा अनुगमन र न्यायका लागि सक्रिय रहने निर्णय भएको बताइएको छ ।
उक्त कार्य सम्पन्न गर्नका लागि नगर समितिका सचिव बलदेव विकको नेतृत्वमा खडानन्द खनाल, मेघराज भट्टराई, मङ्गल घर्ती र पोषण नेपाली रहेको समिति गठन गरिएको जानकारी दिइएको छ । सो समितिले आम नागरिकको हितमा सक्रियतापूर्वक काम गर्ने बताइएको छ ।
बैठकले सचिव रामप्रसाद पोखरेल कार्यव्यस्तताका कारण जिल्लाबाहिर हुने भएकाले उक्त पदमा बलदेव विकलाई चयन गरी पोख्रेललाई सल्लाहकारमा नियुक्त गरिएको विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै, वैकल्पिक सदस्य डोरबहादुर केसी पनि जिल्लाबाहिर रहेकोले उहाँलाई हटाई सल्लाहकार वसन्त केसीलाई वैकल्पिक सदस्यमा सहवरण गरिएको छ ।
बैठकले सङ्गठनको कामलाई व्यवस्थित र प्रभावकारी बनाउन वडा इन्चार्ज तय गरेको उल्लेख छ ।
प्रेसविज्ञप्तिमा उल्लेख भएअनुसार वडा नं. १ मा लोकबहादुर ओली, वडा नं. २ मा ज्ञानबहादुर घर्ती, वडा नं. ३ मा पोषण नेपाली, वडा नं. ४ मा मोहन रिजाल पुन, वडा नं. ५ मा बलदेव विक, वडा नं. ६, ७, ८ र ९ मा मनिराम खनाल, वडा नं. १० मा सूर्यलाल नेपाली, वडा नं. ११ मा जागेश्वर न्यौपाने, वडा नं. १२ मा झविलाल कालाथोकी, वडा नं. १३ मा शुद्धबहादुर बाठा, वडा नं. १४ मा जितबहादुर पुन, वडा नं. १५ मा श्रीराम भट्टराई, वडा नं. १६ मा हरि खरेल, वडा नं. १७ मा रोमप्रसाद पोखरेल, वडा नं. १८ मा रामप्रसाद भुसाल र वडा नं. १९ मा सुरेश पाण्डेलाई तोकिएको छ ।