काठमाडौँ । काठमाडौँ महानगरपालिकामा अखिल नेपाल महिला सङ्घको नगर समिति गठन भएको छ ।
Advertisement
जिल्ला अध्यक्ष ऋतु केसीको प्रमुख आतिथ्यमा २०८१ साउन १९ गते शनिबार बागबजारमा सम्पन्न भेलाले सो समिति गठन गरेको हो ।
समितिको अध्यक्षमा हीरादेवी रोका रहनुभएको छ भने उपाध्यक्षमा कृष्णदेवी पोख्रेल, सचिवमा सुशीला बन्जाडे र कोषाध्यक्षमा सकिला पाण्डे रहनुभएको छ ।
त्यस्तै, सदस्यहरूमा सावित्रा आचार्य, माया खनाल, राधा खनाल र किरण पाण्डे रहनुभएको छ ।
समितिमा सदस्यको एक स्थान रिक्त राखिएको अध्यक्ष रोकाले जानकारी दिनुभयो ।
भेलामा अखिल नेपाल जनजाति सम्मेलनका अध्यक्ष निमबहादुर बुढाथोकीको पनि आतिथ्य रहेको थियो ।
समितिको बैठकले महानगरपालिकाको वडा नम्बर १६, वडा नम्बर २८ र वडा नम्बर १३ पनि महिला सङ्घको वडा समिति गठन गर्ने योजना रहेको जानकारी दिइएको छ ।