भीमदत्तनगर । कञ्चनपुरको दोधारा चाँदनीको बाघको आक्रमणबाट महिलाको मृत्यु भएको छ ।
Advertisement
२०८१ साउन १७ गते बिहीबार बिहान घाँस काटिरहेकी दोधारा चाँदनी नगरपालिका–२ कमलशा टोलकी २६ वर्षीया हिरा शाहको बाघको आक्रमणबाट मृत्यु भएको थियो ।
मान्छेलाई आक्रमण गरेको उक्त बाघ सोही स्थानको उखुबारीमा लुकेको छ । ड्रोन उडाएर खोजी गर्दा बाघ घटनास्थल नजिकैको उखुबारीमा देखिएको हो ।
हिंसक बाघ खोज्न शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हात्ती पनि घटनास्थलमा छ ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत मनोज ऐरका अनुसार बाघलाई नियन्त्रणमा लिन बर्दिया राष्ट्रिय निकुञ्जबाट प्राविधिक टोली जाँदैछ ।
नजिकै बस्ती रहेकाले स्थानीय बासिन्दा त्रसित बनेका छन् ।