• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

त्रिशूलीसँग ‘हारेर’ फर्कियो भारतीय टोली, भेटिएनन् दुईवटा बस र ३७ यात्रु


  •   सोमबार, साउन १४, २०८१ मा प्रकाशित
  • काठमाडौं । गएको असार २८ गते चितवनको सिमलतालमा पहिरोमा परी त्रिशूलीमा बेपत्ता दुईवटा बस र हराएका यात्रुको खोजीका लागि नेपाल आएको भारतीय टोली फर्किएको छ ।

    Advertisement

    पानीमा खोजीका लागि प्रयोग हुने सोनर क्यामेरा, चुम्बकसहितका उपकरण लिएर आएको चार जना गोताखोर र प्राविधिक समेतको १२ जनाको टोली आइतवार स्वदेश फर्किएको हो ।

    नेपालको अनुरोधमा आएको भारतीय प्राविधिक टोली साउन ६ गतेबाट एक सातासम्म नेपालका सुरक्षा निकायहरूसँग मिलेर खोजीमा खटिएको थियो।

    नेपालबाट बिदा हुनुअघि भारतीय टोलीले त्रिशूली नदीमा पानीको वेग आफूहरूले सोचेको भन्दा धेरै भएका कारण उपलब्धि हासिल गर्न नसकेको बताए ।

    उच्च वेग सहितको धमिलो पानी भएका कारण आफूहरूसँग भएका उपकरणले नतिजा नदिएको प्रतिक्रिया दिएको चितवनका सहायक प्रमुख जिल्ला अधिकारी खिमानन्द भूसालले बताए ।

    ‘उहाँहरूले जाने बेलामा त्रिशूलीको पानीको वेग र धमीलोपन सोचेभन्दा पनि धेरै रहेछ, हाम्रो लागि पनि राम्रो सिकाइ र नयाँ अनुभव भयो भन्ने कुरा गर्नुभयो,’ भारतीय टोलीलाई बिदाइ गरेपछि भूसालले भने ।

    भारतको ‘नेसनल डिजास्टर रेस्पोन्स फोर्स’का विशेषज्ञहरूले एक सातासम्म गरेको खोजीबाट पनि बस र थप बेपत्ताहरू पत्ता लाग्न नसकेका हुन् ।

    हालसम्म दुर्घटनामा परेका २५ जना यात्रुहरूको शव नेपाल र भारतका विभिन्न ठाउँमा भेटिएको छ भने दुर्घटनाको १७औँ दिनसम्म पनि ३७ जनाको अवस्था अज्ञात छ । साउन ७ गतेबाट थप शवहरू पनि भेटिएका छैनन्।

    खोजी र उद्धार कार्यमा समन्वय गरिरहेका सशस्त्र प्रहरीको कुरिनटारस्थित विपद् व्यवस्थापन तालिम केन्द्रका प्रशिक्षक प्रहरी वरिष्ठ उपरीक्षक माधव पौडेलले भारतीय टोलीले पनि त्रिशूलीको जटिलता आफूहरूका लागि नौलो भएको आफूहरूसँग बताएको जानकारी दिए।

    उनका अनुसार त्रिशूली नदीमा पानीको बेग अत्यधिक छ भने कुनाकाप्चा, ठूला–ठूला भुल्का र २६ मिटरसम्म गहिरो भागहरू छन्। त्यो भनेको एउटा आठ–नौ तल्लाको घर जति गहिरो ठाउँ हो ।

    भारतीय टोलीले पनि सिमलताल र चितवनकै गाइघाटबीचको क्षेत्रमा बस हुनसक्ने आकलन गरेको र त्यसबारे विस्तृत प्रतिवेदन दिने जनाएको चितवनका सहायक प्रमुख जिल्ला अधिकारी भुसालले बताए।

    भारतीय टोली फर्किए पनि नेपाली सुरक्षा निकायबाट हराइरहेका बस र यात्रुहरूको उद्धार जारी रहने उनले जानकारी दिए ।

    गत असार २८ गते शुक्रबार बिहान पहिरोमा परेर त्रिशूलीमा बगेका २ बसको अवस्था अझै अज्ञात छ।

    काठमाडौँबाट गौरतर्फ गइरहेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको बस र वीरगन्जबाट काठमाडौँतर्फ गइरहेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको बस भरतपुर महानगरपालिका-२९, सिमलतालमा पहिरोमा परेर त्रिशूलीमा बगेका थिए।

    दुवै बसमा गरी ६५ यात्रु रहेकोमा तीन जना बँच्न सफल भएका थिए ।

    सोमबार, साउन १४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.