• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

जनजाति मुक्ति आन्दोलन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. जीवन र मृत्यु

बालेनको कामनपा : गरिब होइन, गरिबी हटाऔँ


  •   बिहिबार, साउन १०, २०८१ मा प्रकाशित
  • लक्ष्मण बेलबासे ##

    Advertisement

    गरिबका गीत लेख्दै र गाउँदै मान्छेका मनमा पसेका बालेन एकाएक राजनीतिमा होमिए । उनका गीतले भन्थे– उनी गरिब र कमजोरको पक्षमा काम गर्नेछन्; गरिबी हटाउन योगदान दिने छन्; गरिबको पक्षमा सुशासन चलाउने छन् । सायद यही आशामा काठमाडौँ बालेनमय बनेको थियो ।

    अन्ततः काठमाडौँका शासक बालेन चुनिए । बालेनको जितलाई आफ्नै जित जस्तै गरी सबैले उत्सव मनाए । अब गरिब जनताको पालो आउँछ† हामीलाई केही राम्रो हुन्छ भन्ने थियो । बालेनतर्फ मुख बाएर हेरिरहे उनीहरूले, जसका जिउने आधार सडक र बस्ने बास खोलाछेउ थिए ।

    धेरै पहिले गाउँगाउँमा यस्तै गीत बज्न थालेका थिए । सांस्कृतिक कार्यक्रम हुन्थे । गीत, गितार र मादलका धुनमा सबैले मुक्ति कुरा गर्थे :

    अब कोही गरिब हुने छैन
    शासनसत्ता खोसिन्छ
    गरिबको सरकार बनाइन्छ

    गरिब–किसान मा उत्साह बढ्यो । कुरामा विश्वास लाग्न थाल्यो । भाइछोरा जनसेना हुन थाले । विस्तारै गाउँ रणमैदानमा बदलिए ।

    गाउँका हुनेखानेबाट सुरु भएको बसाइँसराइ विस्तारै किसान–मजदुरसम्म पुग्यो । आफ्नै दाजुभाइबिचको त्यो लडाइँमा कोही सुरक्षित हुने अवस्था रहेन । ज्यान जोगाउन सबैको रोजाइ बन्यो सहर । सहर रहरको हैन, बाध्यताको बन्यो । गाउँ रित्तियो । हिजोका खेतबारी आज वन्यजन्तुका क्रिडास्थल भएका छन् । कसैले खेतिपाती जोगाउन सक्दैनन् । वन्यजन्तुको चारो मात्र हुने गर्दछ ।

    देशमा गणतन्त्र आयो । सबैमा खुसियाली छायो । अब गरिबका दिन आउने छन् तर आशा निराशामा बदलिन केही क्षण लागेन । हिजो सबैलाई धनी बनाउँछौँ भन्ने आफै धनी भए । व्यवस्था बदलियो, कमजोरको अवस्थामा सकारात्मक कुनै बदलाव आएन । बदलाव आयो त निश्चित मान्छेलाई आयो । आयो त सहर र सहरछेउका निश्चित मान्छेलाई ।

    पहाड बढारेर झरेको सम्पूर्ण पैसाले सहर र काँठका मान्छेका गोजी भरिए । उनका जग्गा सस्तोमा उठाएर नवक्रान्तिकारी दलालहरू नवधनाढ्य भए । रैथानेका जग्गा खोसिए ।

    अबको केही समयपछि धेरै काँठमा बस्ने तथा सहरबासी पुर्जाविहीन हुने छन् । सुकुम्बासीको सङ्ख्या अझै बढ्ने छ । हिँजो रोपनी हुने आज आनामा रमाउँदै छन् । बेचेर आर्जन गरेको पैसा भकारीको धान जस्तै भएको छ । दैनिक तडकभडक र गणतन्त्रसँगै भित्रिएको उपभोगवादी संस्कृतिले पैसाजति दलाल पुँजीपति हुँदै बाहिरिसकेको छ ।

    अब अन्तिम अस्त्र चल्दै छ : छोराछोरीको निर्यात । यो अस्त्र अहिले रामबाण बनेको छ । यो अस्त्रले कहिलेसम्म काम गर्छ ? कसैलाई थाहा छैन । सब पहिचानको लागि डी.एन.ए. रिपोर्टका लागि पत्राचार हुँदासम्म यहाँ राज्यको चेत खुल्दैन ।

    आम मान्छेको बुझाइमा प्रजातन्त्रमा जनताले जनताका लागि शासन गर्छन् । गरिब र कमजोर मान्छेको हितलाई केन्द्रमा राखेर शासन गरिन्छ । आम मान्छेको बुझाइ यही हो र सत्य पनि यही हो ।

    बुझाइको प्रतिकूल शासनमा नेपाली जनता फस्दै गए । आफ्ना आफ्ना साना साना अभीष्ट पूरा गर्ने लोभमा दलका पछि लागिरहे । धेरैपटक लोप्पा खाइसके पछि अब कोही नयाँ अनुहार खोज्न थाले, कोही हिजो राजाबाट रैती बनाइएका पूर्व राजालाई हारगुहार गर्न थालेका छन् । हिजोका क्रान्तिकारीहरू अहिले पनि हिँजोकै धङधङी पनि सकेर खाएको डकार्दै गन्हाउँदै छन् ।

    यही नयाँ अनुहारका खोजाइका एउटा अनुहार बने बालेन्द्र शाह उर्फ बालेन । उनी अकल्पनीय रूपमा सत्तामा ओर्लिए । काठमाडौँको बागडोर उनको हातमा पुग्यो । उनी सत्तासिन हुँदै गर्दा उनलाई लाग्न थाल्यो, काठमाडौँ सुन्दर हुनुपर्छ† चायापोतो हटाउनुपर्छ† खोला, नदी र छेउ सबै काठमाडौँका हुन्† बाहिरबाट आउनेको काठमाडौँ होइन । कुरा सही पनि हो । कसैले त नदीछेउमै महल पनि बनाइदिए तर काठमाडौँमा बाँच्नकै लागि नदीछेउको त्यो कहालीलाग्दो बसाइँ रोज्ने साँच्चिकै गरिब पनि त छन् । काठमाडौँले सबैलाई एउटै चस्माले हेर्‍यो र कहिलेकाँही त घरमै चियाकफीको लागि अफर गर्न अनुरोध पनि गर्‍यो ।

    भनिन्छ, भारतमा मुम्बईको झुपडी हटाउन त्यहीँकै समृद्ध वर्गले बाधा हाल्छन् । यसअघिका सङ्घीय सरकारको नियत पनि उस्तै देखियो । उनीहरूलाई ती बस्ती चाहिन्छ । नवधनाड्य क्रान्तिकारीहरूलाई चुनावको बेला भोट र सस्ता घरेलु कामदारको उपलब्धता त्यहीँबाट हुन्छ तर नयाँ आशा र सोचबुझसहित तयार भएको भनिएको बालेन सरकार यति यान्त्रिक बन्यो, उसले कानुनका पाना मात्रै पल्ट्यायो, गरिबको निरीहतालाई मजाक बनाउँदै । राज्यको सम्पूर्ण शक्तिसहित गरिबका झुप्रामाथि डोजर डुलाउने हिम्मत गर्‍यो ।

    काठमाडौँलाई लाग्यो, काठमाडौँको सुन्दरताको बाधक गरिबी हैन, गरिब हुन् । यो धनी बस्ने ठाउँ हो । गरिब सबै काठमाडौँबाहिर जानुपर्छ । सडकमा आश्रित गरिबजनलाई गरिबीबाट मुक्त गराउनेभन्दा गरिबलाई सडकबाट हटाउन केन्द्रित भयो बालेनको काठमाडौँ ।उनी र उनको टिमलाई के थाहा, कसैको रोजीरोटी चमत्कारी एउटा निर्णयले खोसिदिँदा उसको परिवार र कतिको जीवनमा कस्तो प्रभाव पर्छ भनेर । दिनभरि चटपटे बेचेर सय सय रुपैयाँ जोगाएर छोरो बोर्डिङ पढाएको अभिभावकको छोरा फी तिर्न नसकेर स्कुलबाट निष्काशनमा पर्दा एउटा अभिभावकको आत्मसम्मानमा कति चोट पर्छ होला ?

    हुन त यहाँ धेरैलाई लाग्न सक्छ, गरिबको पनि आत्मसम्मान हुन्छ र ? गरिबले सपना किन देख्ने । नसक्नेले बोर्डिङ किन पढ्ने, पढाउने ?
    सबैको मनमा उठ्न सक्छ तर गरिब कोही किन बन्यो ? यसको उत्तर कहीँ कतै खोजिँदैन यहाँ । हिजो गरिबकै नाममा परिवर्तनको आश देखाएर गाउँ रित्तै पारेर गाउँबाट मान्छे खेद्नेहरूले यसको उत्तर दिन आवश्यक ठान्दैनन् ।

    हिँजो सहर धनी बनाउन यिनकै पहाड रित्तियो । आज त्यही रित्तो पहाडबाट फेरि पनि तिनै हुनेखानेका बाँकी अभीष्ट पूरा गर्न खोज्दै छन् । मतियार तिनै मुकुण्डोधारी रङ बदलेका क्रान्तिकारी बनेका छन् । कीर्ते सही र जालसाजी गरिरहेका छन् । पहाड फेरि पनि खोसिँदै छ । कोही डोजर लिएर पहाड खोतल्दै छन्; मुहान सुकाउँदै छन्; कोही खोला थुनेर जमिन सुकाउँदै छन् । यही भएर होला, कुनै बेला प्रदीप गिरी भन्ने गर्थे–

    ‘मलाई तिम्रो सहर चाहिँदैन
    मेरो गाउँ फिर्ता देऊ ।’

    हिजो गाउँ रित्याउनेहरूलाई यस्ता कुराले के नै फरक पर्छ र ? यहाँ जीवनभर प्रजातन्त्रकै लागि लडेकाहरूकै अगाडि यहाँ प्रजातन्त्रकै हुर्मत लिइएको छ । यहाँ कमजोरका आवाज सधैँ दबाइन्छ । विकासको नाममा उनैलाई घरबारविहीन बनाइन्छ । विकास के हो र कसको लागि ? भाष्य फरक फरक बनाइन्छ । विकास समृद्धिका लागि हो । समृद्धि निश्चित व्यक्तिको होइन, आम मान्छेसम्म पुग्नुपर्‍यो ।

    विकास त्यस्तो होस्, नदी किनारमा कष्टकर जीवन जिउने, सडक किनारमा रात बिताउनेको बास बनोस् । बाँच्नकै लागि आफैलाई बेच्नुपर्नेको जिउनेको आधार बनोस् । सहायक बनोस्, उर्वर जमिन बन्जर बनाउनेको होइन; बस्तीमाथि डोजर डुलाएर परदेशी बनाउनेको होइन ।

    प्रजातन्त्र गरिब र कमजोर मान्छेका लागि हो । हुनेखाने, बलियोबाङ्गाको लागि राज्य चाहिँदैन । राज्य कमजोरका लागि हो । उनीहरूलाई बलियोबाङ्गो, हुनेखानेले अन्याय गर्न नसकोस् । यसकै लागि पुलिस–प्रशासन आवश्यक परेको हो । हुनेखानेको संरक्षणका लागि गरिबमाथि डोजर, गोली र लाठी चलाउन होइन ।

    बिहिबार, साउन १०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका
    व्यक्तिगत स्वार्थ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    • २.
      नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

    • ३.
      मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    • ४.
      एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

    • ५.
      मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

    • ६.
      यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

    • ७.
      राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

    • ८.
      ‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.