• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न

डाटा सेन्टरमा समस्या देखिएपछि नेप्सेमा आजको कारोबार स्थगन

२१औँ वार्षिक एरिया सम्मेलन सम्पन्न

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

बालेनको कामनपा : गरिब होइन, गरिबी हटाऔँ


  •   बिहिबार, साउन १०, २०८१ मा प्रकाशित
  • लक्ष्मण बेलबासे ##

    Advertisement

    गरिबका गीत लेख्दै र गाउँदै मान्छेका मनमा पसेका बालेन एकाएक राजनीतिमा होमिए । उनका गीतले भन्थे– उनी गरिब र कमजोरको पक्षमा काम गर्नेछन्; गरिबी हटाउन योगदान दिने छन्; गरिबको पक्षमा सुशासन चलाउने छन् । सायद यही आशामा काठमाडौँ बालेनमय बनेको थियो ।

    अन्ततः काठमाडौँका शासक बालेन चुनिए । बालेनको जितलाई आफ्नै जित जस्तै गरी सबैले उत्सव मनाए । अब गरिब जनताको पालो आउँछ† हामीलाई केही राम्रो हुन्छ भन्ने थियो । बालेनतर्फ मुख बाएर हेरिरहे उनीहरूले, जसका जिउने आधार सडक र बस्ने बास खोलाछेउ थिए ।

    धेरै पहिले गाउँगाउँमा यस्तै गीत बज्न थालेका थिए । सांस्कृतिक कार्यक्रम हुन्थे । गीत, गितार र मादलका धुनमा सबैले मुक्ति कुरा गर्थे :

    अब कोही गरिब हुने छैन
    शासनसत्ता खोसिन्छ
    गरिबको सरकार बनाइन्छ

    गरिब–किसान मा उत्साह बढ्यो । कुरामा विश्वास लाग्न थाल्यो । भाइछोरा जनसेना हुन थाले । विस्तारै गाउँ रणमैदानमा बदलिए ।

    गाउँका हुनेखानेबाट सुरु भएको बसाइँसराइ विस्तारै किसान–मजदुरसम्म पुग्यो । आफ्नै दाजुभाइबिचको त्यो लडाइँमा कोही सुरक्षित हुने अवस्था रहेन । ज्यान जोगाउन सबैको रोजाइ बन्यो सहर । सहर रहरको हैन, बाध्यताको बन्यो । गाउँ रित्तियो । हिजोका खेतबारी आज वन्यजन्तुका क्रिडास्थल भएका छन् । कसैले खेतिपाती जोगाउन सक्दैनन् । वन्यजन्तुको चारो मात्र हुने गर्दछ ।

    देशमा गणतन्त्र आयो । सबैमा खुसियाली छायो । अब गरिबका दिन आउने छन् तर आशा निराशामा बदलिन केही क्षण लागेन । हिजो सबैलाई धनी बनाउँछौँ भन्ने आफै धनी भए । व्यवस्था बदलियो, कमजोरको अवस्थामा सकारात्मक कुनै बदलाव आएन । बदलाव आयो त निश्चित मान्छेलाई आयो । आयो त सहर र सहरछेउका निश्चित मान्छेलाई ।

    पहाड बढारेर झरेको सम्पूर्ण पैसाले सहर र काँठका मान्छेका गोजी भरिए । उनका जग्गा सस्तोमा उठाएर नवक्रान्तिकारी दलालहरू नवधनाढ्य भए । रैथानेका जग्गा खोसिए ।

    अबको केही समयपछि धेरै काँठमा बस्ने तथा सहरबासी पुर्जाविहीन हुने छन् । सुकुम्बासीको सङ्ख्या अझै बढ्ने छ । हिँजो रोपनी हुने आज आनामा रमाउँदै छन् । बेचेर आर्जन गरेको पैसा भकारीको धान जस्तै भएको छ । दैनिक तडकभडक र गणतन्त्रसँगै भित्रिएको उपभोगवादी संस्कृतिले पैसाजति दलाल पुँजीपति हुँदै बाहिरिसकेको छ ।

    अब अन्तिम अस्त्र चल्दै छ : छोराछोरीको निर्यात । यो अस्त्र अहिले रामबाण बनेको छ । यो अस्त्रले कहिलेसम्म काम गर्छ ? कसैलाई थाहा छैन । सब पहिचानको लागि डी.एन.ए. रिपोर्टका लागि पत्राचार हुँदासम्म यहाँ राज्यको चेत खुल्दैन ।

    आम मान्छेको बुझाइमा प्रजातन्त्रमा जनताले जनताका लागि शासन गर्छन् । गरिब र कमजोर मान्छेको हितलाई केन्द्रमा राखेर शासन गरिन्छ । आम मान्छेको बुझाइ यही हो र सत्य पनि यही हो ।

    बुझाइको प्रतिकूल शासनमा नेपाली जनता फस्दै गए । आफ्ना आफ्ना साना साना अभीष्ट पूरा गर्ने लोभमा दलका पछि लागिरहे । धेरैपटक लोप्पा खाइसके पछि अब कोही नयाँ अनुहार खोज्न थाले, कोही हिजो राजाबाट रैती बनाइएका पूर्व राजालाई हारगुहार गर्न थालेका छन् । हिजोका क्रान्तिकारीहरू अहिले पनि हिँजोकै धङधङी पनि सकेर खाएको डकार्दै गन्हाउँदै छन् ।

    यही नयाँ अनुहारका खोजाइका एउटा अनुहार बने बालेन्द्र शाह उर्फ बालेन । उनी अकल्पनीय रूपमा सत्तामा ओर्लिए । काठमाडौँको बागडोर उनको हातमा पुग्यो । उनी सत्तासिन हुँदै गर्दा उनलाई लाग्न थाल्यो, काठमाडौँ सुन्दर हुनुपर्छ† चायापोतो हटाउनुपर्छ† खोला, नदी र छेउ सबै काठमाडौँका हुन्† बाहिरबाट आउनेको काठमाडौँ होइन । कुरा सही पनि हो । कसैले त नदीछेउमै महल पनि बनाइदिए तर काठमाडौँमा बाँच्नकै लागि नदीछेउको त्यो कहालीलाग्दो बसाइँ रोज्ने साँच्चिकै गरिब पनि त छन् । काठमाडौँले सबैलाई एउटै चस्माले हेर्‍यो र कहिलेकाँही त घरमै चियाकफीको लागि अफर गर्न अनुरोध पनि गर्‍यो ।

    भनिन्छ, भारतमा मुम्बईको झुपडी हटाउन त्यहीँकै समृद्ध वर्गले बाधा हाल्छन् । यसअघिका सङ्घीय सरकारको नियत पनि उस्तै देखियो । उनीहरूलाई ती बस्ती चाहिन्छ । नवधनाड्य क्रान्तिकारीहरूलाई चुनावको बेला भोट र सस्ता घरेलु कामदारको उपलब्धता त्यहीँबाट हुन्छ तर नयाँ आशा र सोचबुझसहित तयार भएको भनिएको बालेन सरकार यति यान्त्रिक बन्यो, उसले कानुनका पाना मात्रै पल्ट्यायो, गरिबको निरीहतालाई मजाक बनाउँदै । राज्यको सम्पूर्ण शक्तिसहित गरिबका झुप्रामाथि डोजर डुलाउने हिम्मत गर्‍यो ।

    काठमाडौँलाई लाग्यो, काठमाडौँको सुन्दरताको बाधक गरिबी हैन, गरिब हुन् । यो धनी बस्ने ठाउँ हो । गरिब सबै काठमाडौँबाहिर जानुपर्छ । सडकमा आश्रित गरिबजनलाई गरिबीबाट मुक्त गराउनेभन्दा गरिबलाई सडकबाट हटाउन केन्द्रित भयो बालेनको काठमाडौँ ।उनी र उनको टिमलाई के थाहा, कसैको रोजीरोटी चमत्कारी एउटा निर्णयले खोसिदिँदा उसको परिवार र कतिको जीवनमा कस्तो प्रभाव पर्छ भनेर । दिनभरि चटपटे बेचेर सय सय रुपैयाँ जोगाएर छोरो बोर्डिङ पढाएको अभिभावकको छोरा फी तिर्न नसकेर स्कुलबाट निष्काशनमा पर्दा एउटा अभिभावकको आत्मसम्मानमा कति चोट पर्छ होला ?

    हुन त यहाँ धेरैलाई लाग्न सक्छ, गरिबको पनि आत्मसम्मान हुन्छ र ? गरिबले सपना किन देख्ने । नसक्नेले बोर्डिङ किन पढ्ने, पढाउने ?
    सबैको मनमा उठ्न सक्छ तर गरिब कोही किन बन्यो ? यसको उत्तर कहीँ कतै खोजिँदैन यहाँ । हिजो गरिबकै नाममा परिवर्तनको आश देखाएर गाउँ रित्तै पारेर गाउँबाट मान्छे खेद्नेहरूले यसको उत्तर दिन आवश्यक ठान्दैनन् ।

    हिँजो सहर धनी बनाउन यिनकै पहाड रित्तियो । आज त्यही रित्तो पहाडबाट फेरि पनि तिनै हुनेखानेका बाँकी अभीष्ट पूरा गर्न खोज्दै छन् । मतियार तिनै मुकुण्डोधारी रङ बदलेका क्रान्तिकारी बनेका छन् । कीर्ते सही र जालसाजी गरिरहेका छन् । पहाड फेरि पनि खोसिँदै छ । कोही डोजर लिएर पहाड खोतल्दै छन्; मुहान सुकाउँदै छन्; कोही खोला थुनेर जमिन सुकाउँदै छन् । यही भएर होला, कुनै बेला प्रदीप गिरी भन्ने गर्थे–

    ‘मलाई तिम्रो सहर चाहिँदैन
    मेरो गाउँ फिर्ता देऊ ।’

    हिजो गाउँ रित्याउनेहरूलाई यस्ता कुराले के नै फरक पर्छ र ? यहाँ जीवनभर प्रजातन्त्रकै लागि लडेकाहरूकै अगाडि यहाँ प्रजातन्त्रकै हुर्मत लिइएको छ । यहाँ कमजोरका आवाज सधैँ दबाइन्छ । विकासको नाममा उनैलाई घरबारविहीन बनाइन्छ । विकास के हो र कसको लागि ? भाष्य फरक फरक बनाइन्छ । विकास समृद्धिका लागि हो । समृद्धि निश्चित व्यक्तिको होइन, आम मान्छेसम्म पुग्नुपर्‍यो ।

    विकास त्यस्तो होस्, नदी किनारमा कष्टकर जीवन जिउने, सडक किनारमा रात बिताउनेको बास बनोस् । बाँच्नकै लागि आफैलाई बेच्नुपर्नेको जिउनेको आधार बनोस् । सहायक बनोस्, उर्वर जमिन बन्जर बनाउनेको होइन; बस्तीमाथि डोजर डुलाएर परदेशी बनाउनेको होइन ।

    प्रजातन्त्र गरिब र कमजोर मान्छेका लागि हो । हुनेखाने, बलियोबाङ्गाको लागि राज्य चाहिँदैन । राज्य कमजोरका लागि हो । उनीहरूलाई बलियोबाङ्गो, हुनेखानेले अन्याय गर्न नसकोस् । यसकै लागि पुलिस–प्रशासन आवश्यक परेको हो । हुनेखानेको संरक्षणका लागि गरिबमाथि डोजर, गोली र लाठी चलाउन होइन ।

    बिहिबार, साउन १०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न

    • २.
      डाटा सेन्टरमा समस्या देखिएपछि नेप्सेमा आजको कारोबार स्थगन

    • ३.
      २१औँ वार्षिक एरिया सम्मेलन सम्पन्न

    • ४.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • ५.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ६.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ७.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ८.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.