• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

राजकोटमा मूल प्रवाहको नगर समिति गठन

प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

बाँदर नियन्त्रण गर्न सामुदायिक वनमा रोपियो फलफूलका बिरुवा


  •   आइतबार, साउन ०६, २०८१ मा प्रकाशित
  • गोरखा । जिल्लाको पालुङटार नगरपालिकाले बाँदर नियन्त्रणका लागि नगर क्षेत्रभित्रका सामुदायिक वन तथा खाली जमिनमा फलफूलका बिरुवा रोप्न सुरु गरेको छ ।

    Advertisement

    नगरपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममार्फत नगरपालिकाभित्र बाँदर नियन्त्रणका लागि घोषणा गरेको ‘वनको बाँदर वनमै’ कार्यक्रमअन्तर्गत शनिबार एकै दिन खाली जमिन, खोल्सा तथा सामुदायिक वनमा छ हजारभन्दा बढी फलफूलका बिरुवा रोपिएको नगरप्रमुख विवश चिन्तनले जानकारी दिनुभयो ।

    “पन्ध्रौँ नगरसभाबाट पारित नीति तथा कार्यक्रमअनुसार नगरपालिका क्षेत्रका जङ्गलमै बाँदरका लागि खाने कुरा उब्जाउन फलफूलका बिरुवा लगाउने योजना बनाएका थियौँ”, उहाँले भन्नुभयो, “सोही कार्यक्रमअन्तर्गत सामुदायिक जङ्गल तथा खाली जग्गामा फलफूलका बिरुवा सार्न थालिएको हो ।” जङ्गलमा बाँदरका लागि आहारको व्यवस्था गर्न सकिए बाँदरलाई जङ्गलमै रोक्न सकिने उहाँको भनाइ छ ।

    नगरपालिकाले वन उपभोक्ता समिति, टोलसुधार समितिलगायतसँग समन्वय र सहकार्य गरेर बाँदर नियन्त्रणका लागि जङ्गलमा फलफूलका बिरुवा लगाउन थालेको हो । पहिलो चरणमा गाउँघरमा वरपर उपलब्ध हुने फलफूलजन्य बिरुवा आँप, केरा, कटहर, वरपीपल, स्वामी, किम्बु, अम्बा, लिची, कटहर, लप्सीलगायत बिरुवा रोपिएको नगरप्रमुख चिन्तनले बताउनुभयो ।

    सामुदायिक वन, खोल्सी तथा बाँझो जमिनमा लगाइएको फलफूलको उत्पादन हुन थालेसँगै बाँदर जङ्गलमा भुल्ने र बाँदरबाट खेतीबाली जोगाउन सकिने विश्वास नगरपालिकाको छ । नगरपालिकाभित्रका कर्मचारी, सामुदायिक वन उपभोक्ता समितिका सदस्य, टोलसुधार समितिका सदस्य, नगरवासी, राजनीतिक दलका प्रतिनिधिलगायतका पनि सहभागितामा वृक्षरोपण गरिएको हो ।

    “फलफूलका बिरुवा रोपण गरिएका स्थानको संरक्षण र दिगोपनाका लागि निरन्तर कार्यक्रम सञ्चालन गर्दै जाने र बाँकी रहेका स्थानमा वृक्षरोपण गर्दै जाने नगरपालिकाको योजना छ”, नगरप्रमुख चिन्तनले भन्नुभयो, “सबै पक्ष मिलेर काम गर्न सकियो भने दीर्घकालीन रुपमा बाँदरबाट बालीनाली जोगाउन सकिन्छ भन्ने हाम्रो विश्वास छ ।”

    आइतबार, साउन ०६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति
    सुरतमा २५ सदस्यीय महिला विभाग गठन
    जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • २.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ३.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ४.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ५.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ६.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    • ७.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ८.
      राजकोटमा मूल प्रवाहको नगर समिति गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.