• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

बाढी र डुबानको अध्ययन गर्न विपद् प्राधिकरणको टोली कञ्चनपुरमा


  •   शुक्रबार, साउन ०४, २०८१ मा प्रकाशित
  • दोधारा चाँदनी (कञ्चनपुर) । कञ्चनपुरमा गत असार तेस्रो साता आएको बाढी र डुबानले परेको प्रभाव र प्रभावितको अवस्था बुझ्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको टोली स्थलग अध्ययन गर्न कञ्चनपुर आइपुगेको छ ।

    Advertisement

    प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेल र विपद् व्यवस्थापन महाशाखा प्रमुख भीष्मकुमार भुसालसहितको टोली जिल्ला आइपुगेको हो । प्रभावितको वास्तविक अवस्था बुझ्ने र विपद् व्यवस्थापनमा स्थानीयस्तरमा भएको अभ्यासबारे जानकारी लिन प्राधिकरणको टोली यहाँ आइपुगेको विपद् व्यवस्थापन महाशाखा प्रमुख भुसालले जानकारी दिनुभयो । कञ्चनपुरमा अहिलेसम्मकै धेरै पानी परेको रेकर्ड भएको छ ।

    उहाँले भन्नुभयो, विपद्का बेला हामीले कस्तो अभ्यास ग¥यौँ, अबको तयारी कस्तो छ, स्थानीय सरकार र प्रशासनबीचको समन्वय कस्तो रह्यो यो सबै बुझ्न हामी यहाँ आएका हौँ । उहाँले बाढीबाट प्रभावित दोधारा चाँदनी नगरपालिकाका विभिन्न क्षेत्रको स्थलगत अवलोकन गर्ने बताउनुभयो ।

    गत असार २३ र २४ गते दोधाराचाँदनी वर्षामापन केन्द्रमा ६२४ मिलिमिटर, बेदकोट नगरपालिका–३ को हनुमाननगर वर्षामापन केन्द्रमा पाँच सय ७३ दशमलव ६ मिलिमिटिर र वेदकोटकै सुन्दरपुर वर्षामापन केन्द्रमा पाँच सय ५५ दशमलव ८ मिलिमिटर वर्षा रेकर्ड भएको थियो । उक्त रेकर्ड वर्षाको जल तथा मौसम विज्ञान विभागको टोलीले अध्ययन गरेर फर्किएको छ । विभागले वर्षा मापन सुरु गरेयताको यो नै उच्च हो ।

    अब विकास निर्माण र बस्ती विस्तार गर्ने बेला सोच्नुपर्ने अवस्था आएको प्राधिकरणका कार्यकारी प्रमुख पोखरेलले बताउनुभयो । ‘ठूला नदीको रोकथाममा मात्रै होइन साना नदीनालातर्फ पनि ध्यान दिनु आवश्यक छ ।’ उहाँले भन्नुभयो, ‘स्थानीय तह र प्रशासन मिलेर क्षति न्यूनीकरणका लागि पूर्वतयारीमा जुट्नुपर्छ ।‘ उहाँले कतिपय नदीको सतह बस्तीभन्दा अग्लो भएका कारण बाढीले बढी क्षति गरिरहेको बताउनुभयो । असार २३ र २४ गते आएको बाढीले कञ्चनपुर एक हजार चार सय ६५ परिवारका पाँच हजार सात सय ६६ जना विस्थापित भएको जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क छ ।

    सोमध्ये अझै पनि २५ परिवारका ९० जना घर फर्किन सकेका छैनन् । ‘जिल्लामा बाढी र डुबानका कारण कति क्षति भयो भन्ने यकीन विवरण अझै सङ्कलन भइसकेको छैन ।’ प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले भन्नुभयो, ‘त्यतिबेला जिल्लाको ७१ प्रतिशत भू–भाग डुबानमा परेको थियो, सबैक्षेत्र जोखिममा थियो, धेरै क्षति भएको छ ।’ उहाँले अहिले पनि विवरण सङ्कलनको काम भइरहेको बताउनुभयो ।

    शुक्रबार, साउन ०४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.