काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौँ महानगरपालिका–७ चाबहिल निवासी वरिष्ठ अधिवक्ता रमेश बडाललाई महान्यायाधीवक्ता नियुक्त गर्नुभएको छ ।
Advertisement
राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा श्री बडाललाई उक्त पदमा नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।