• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न

डाटा सेन्टरमा समस्या देखिएपछि नेप्सेमा आजको कारोबार स्थगन

२१औँ वार्षिक एरिया सम्मेलन सम्पन्न

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

“शिक्षित” ले बिगारेको देश ?


  •   बुधबार, साउन ०२, २०८१ मा प्रकाशित
  • सागर बेल्बासे ##

    Advertisement

    रास्वपालाई हेरेर यति भन्न सकिन्छ कि देश बिगार्ने भनेको पढेकै मान्छेले हो† नपढेको र नजानेको मान्छेको यो देश बिग्रनुमा कुनै दोष छैन ।

    एउटा अन्तर्वार्तामा मुकुल ढकालले रवि लामिछानेले आफू प्रधानमन्त्री बन्नका लागि भारतसँग बार्गेनिङ गर्न अनुरोध गरेको र स्वर्णिम वाग्लेले नेपाललाई भारतको एउटा संरक्षित राज्य बनाउने आधारमा भारत तयार हुन सक्ने सम्मको कुरा गरेको खुलाएका छन् । यो चानचुने कुरा होइन, देश सक्ने र निल्ने कुरा हो ।

    त्यति मात्रै होइन, उनले आर्थिक चलखेलको आरोप लगाए । मुकुलले लगाएको आरोपलाई उनको कुण्ठा मात्रै मानेर उम्कन पनि पाइयो तर उनले उठाएका कुरा काफी हदसम्म सत्य हुन् भन्ने यथेष्ट आधार छन् :

    १. रास्वपाबाट बनेका प्रायः मन्त्री, सांसद टन्नै धनसम्पत्ति भएका मात्र छन् । यसको अर्थ पैसा नभएकालाई उनको पार्टीमा कुनै स्थान छैन ।

    २. ढाकाकुमारले मन्त्री बन्नका लागि पार्टीको कोर टिमलाई करोडौँ बुझाउनुपर्ने अडियो बाहिर आएको थियो यद्यपि कोर टिममा कोको छन् ? न त मुकुलले त्यसको बारेमा बोले, न ढाकाकुमारले नै नाम खुलाए ।

    ३. अघिल्लोपटक रवि लामिछाने गृहमन्त्री बनेका बेलामा राष्ट्रिय परिचयपत्रमार्फत् नेपालीको व्यक्तिगत डाटा विदेशीलाई उपलब्ध गर्न सहज भएको तथ्य बाहिरिएको थियो ।

    ४. रवि लामिछानेले सरकारमा उपस्थित हुने शर्त केवल गृहमन्त्री–गृहमन्त्रीको मात्रै शर्त थियो । प्रधानमन्त्री पाउने हैसियत थिएन, अरूमा उनको इन्ट्रेस्टको कुरा थिएन ।

    ५. प्रहरीको सरुवा, दुई दिनको एआइजी जागिर आदिमा खेलेकाबारे उनीमाथि गम्भीर प्रश्न उठेको थियो तर उनले कुनै जवाफ दिन सकेका छैनन् ।

    ६. राहदानी दुरुपयोग र सरकारी कागजातको कीर्ते प्रकरणमा उनी सहजै जेलमा जानुपर्ने मान्छे हुन् तर माओवादी र एमालेले २१ थान सांसद र त्यसको स्वार्थमा सत्ताको रक्षाका लागि बार्गेनिङ गरेर रविमाथि मुद्दा चलाएनन् ।

    ७. सहकारी प्रकरणमा रवि लामिछाने र उनको टिमका कैयौँ सदस्य जेल जाने ठुलै सम्भावना छ । रविले छानबिनको आवश्यकता नभएको बताए पनि रविमाथि सहकारी ठगी प्रकरणमा छानबिन हुनुपर्ने कुरा अदालतले बोलेको छ ।

    ८. जनताको भावनालाई बटुलेर सत्तामा पुग्नलाई उनी जे पनि बोलेका थिए । चितवनमा निलो बस, निर्मला हत्याकाण्डको दोषी, ड्याङकाड्याङ फाइल खोल्ने कुरो, १०० दिनमा सत्ताबाट उथलपुथल, जी.बी. राईको बारेमा टिभीमा, प्रतिपक्षमा र सत्तामा उनको बोली र विदेशबाट नेपाली फर्काउने उनको अति आत्मविश्वास—यी सबै उनी कुनै आधार, योजना र कार्यक्रमबिनै बोलेका थिए । उनी कति गर्न सक्छन् भन्ने कुरा अहिलेको सरकारको बिपत् व्यवस्थापनको पूर्वतयारी देखेरै छर्लङ्ग भएको छ ।

    मुकुलको पनि पछिल्ला व्यवहार अत्यन्तै अपरिपक्व खाले देखिएको छ । मुखमा कालो टेप लगाउनुपर्ने आवश्यकता थियो जस्तो लाग्दैन । टीकाराम यात्रीसँको अन्तर्वार्तामा उनले बोलेको कुराको यथेष्ट प्रमाण आफूसँग नभएकाले पनि होला, उनी त्यति आत्मविश्वासमा देखिन्नन् । समग्र रास्वपाको राजनैतिक नीति तथा कार्यक्रम स्पष्ट नहुनाले पनि मुकुल राजनीतिक कुरामा हडबडाएका छन् । कति सत्य बोले र कति कुरालाई अतिरञ्जना बनाए भन्ने कुरा इतिहासले खोतल्दै जाने छ ।

    रास्वपाले एउटा कुरा बेलैमा पुष्टि गरेको छ । रास्वपाको नीति थियो– “जान्नेलाई छान्ने” । त्यहाँ सबै मान्छे शिक्षित छन्, पढेलेखेका छन् ।

    राजनीतिमा पढेलेखेका हुनु नै सबै होइन भन्ने कुरा पुनः पुष्टि भएको छ । पढेलेखेका र टाठाबाठाले कसरी शक्तिआर्जन गर्ने, कसरी लुट्ने र ठग्ने भन्ने कुरा पनि राम्रैसँग जानेका हुन्छन् । कतिसम्म भने समानुपातिक सांसदको टुङ्गो लगाउन विद्युतीय मतसङ्ख्यालाई सम्म डाइभर्ट गरेको कुरा खुलेको छ । मुकुल आफूले पनि गरेको कुरा स्वीकारेका छन् ।

    सोझा नेपाली जनताका कारणले यो देश बिग्रेको होइन । बिहानबेलुका गिट्टी फोरेर जिन्दगी चलाउने तर १ कक्षा पनि पढ्न नपाएको कालिकोटको ठुलेले यो देश बिगारेको होइन । बिचरा उसलाई बन्दकोठामा ठुला ठुला योजना बनाएर कसरी शक्तिआर्जन गर्ने भन्ने षड्यन्त्र बनाउन कहाँ फुर्सद ?

    रास्वपाले एउटा अर्को कुरा पनि पुष्टि गरेको छ, जसलाई नेपाली जनताले ख्याल गर्नुपर्छ र सचेत हुनुपर्छ । त्यो हो– राजनीतिक पार्टी हुनका लागि निश्चित राजनीतिक कार्यक्रम, उद्देश्य, दर्शन, सिद्धान्त र सङ्गठनात्मक संरचना आवश्यक पर्छ भन्ने कुरा । केवल भावना, लहड र भिडले राजनीति गर्न सकिन्न भन्ने कुरा स्पष्ट भएको छ ।

    अन्त्यमा, रास्वपाको मात्रै यति धेरै आलोचना किन ? किनकि एमाले, काङ्ग्रेस र माओवादीलाई जनताले भ्रष्ट छन् भनेर राम्रोसँग चिनेका छन् तर रास्वपामाथि जनताको भ्रम थियो र भ्रमले ठुलो दुर्घटना ल्याउन सक्ने भएकाले भ्रम चिर्न आवश्यक छ ।

    बुधबार, साउन ०२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न

    • २.
      डाटा सेन्टरमा समस्या देखिएपछि नेप्सेमा आजको कारोबार स्थगन

    • ३.
      २१औँ वार्षिक एरिया सम्मेलन सम्पन्न

    • ४.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • ५.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ६.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ७.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ८.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.