तमघासबजार । गुल्मीको रेसुङ्गा नगरपालिका–१ तमघास बजारमा राष्ट्रिय जनमोर्चाको वडाभेला सम्पन्न भएको छ ।
राजमो केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष रामकुमार क्षेत्रीले उद्घाटन गर्दै २०८१ असार २५ गते आइतबार उक्त भेला सम्पन्न भएको हो ।
भेलालाई सम्बोधन गर्दै क्षेत्रीले जनतालाई सचेत र सङ्गठित वा नगर्दासम्म सामाजिक परिवर्तन हुन नसक्ने धारणा व्यक्त गर्नुभयो ।
त्यस्तै, जनताको चेतनास्तरमा विकास भएमा मात्रै विकास, निर्माणको काम पनि अगाडि बढ्न सक्ने उहाँको भनाइ थियो ।
भेलाको अध्यक्षता लालबहादुर घर्तीले तथा सञ्चालन लोकनाथ अर्यालले तथा स्वागत हरि न्यौपानेले गर्नुभएको थियो ।
भेलाले लालबहादुर घर्ती अध्यक्ष रहनुभएको सात सदस्यीय राजमोको वडासमिति गठन गरेको छ ।
समितिमा सचिव लोकनाथ अर्याल, कोषाध्यक्ष हिमप्रसाद घिमिरे र सदस्यहरू मिनकुमारी घर्ती, विष्णु घिमिरे, कमल अर्याल र हरि न्यौपाने रहनुभएको छ ।