कुवेत । कुवेतबाट नेपाली अनलाइन कामदार प्रमाणीकरण आगामी जुलाई ७, २०२४ देखि हुने भएको छ ।
Advertisement
दूतावासले जुलाई ४ का दिन सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो ।
नेपाली दूतावास कुवेतका अनुसार त्यस क्रममा कुवेतमा रहेका रोजगारदाताको रजिस्ट्रेसन गरिने छ । त्यसपछि उक्त रजिस्ट्रेसन सक्रिय बनाएर कामदारको मागपत्र प्रमाणीकरण गरिने छ ।
दूतावासले मागपत्र प्रमाणीकरण सक्रिय भएको सूचना पछि जारी गर्ने बताएको छ ।
