• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

राजकोटमा मूल प्रवाहको नगर समिति गठन

प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

मूल प्रवाहको चार दशक : नयाँ चुनौती, नयाँ अभिभारा


  •   बिहिबार, असार २१, २०८१ मा प्रकाशित
  • धनवीर पुनमगर ##

    Advertisement

    मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले ४४ वर्ष पूरा गरिसकेको छ । यो इतिहास अत्यन्त उज्ज्वल र गौरवपूर्ण छ ।
    ४४ वर्षपहिले बनारसको सानो कोठामा सात जनाले सुरु गरेको सङ्गठन अहिले भारतव्यापी बन्नुका साथै भारतस्थिति नेपालीको अभिभावकीय सङ्गठनको रूपमा जिम्मेवारी निर्वाह गर्दै आएको छ ।

    भारतमा मूल प्रवाहको इतिहासका कैयौँ आयाम छन् । मूल प्रवाहले भारतस्थित नेपालीलाई सांस्कृतिक, वैचारिक र राजनैतिक रूपले जागृत गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ । स्थापनाकालदेखि नै नेपालको लोकतन्त्र, राष्ट्रियता र जनजीविकाको पक्षमा चल्ने आन्दोलनप्रति मूल प्रवाहले सक्रिय ऐक्यबद्धता कायम गर्दै आएको छ ।

    निरङ्कुश पञ्चायती शासनको विरुद्धमा सङ्घर्ष, २०४८ सालको चुनाव बहिष्कार वा त्यसपछिका चुनावको उपयोग, २०५४ र २०५६ सालमा चलेको किसानमार्च, २०६५ सालको सङ्घीयता विरुद्ध काठमाडौँकेन्द्रित आन्दोलनलगायत विभिन्न न्यायपूर्ण आन्दोलनमा मूल प्रवाहले आफ्ना कार्यकर्ताहरू स्वदेश पठाएर महत्त्वपूर्ण योगदान दिने गरेको छ । अहिले पनि यस्तो कार्यलाई निरन्तरता दिइएको छ । त्यसका साथै स्वयम् भारतका मिहिनेतकस र प्रगतिशील जनताद्वारा चलाइएका न्यायपूर्ण आन्दोलनमा पनि मूल प्रवाहको ऐक्यबद्धता रहँदै आएको छ । त्यस्तै, मूल प्रवाहले भारतभरि प्रगतिशील सांस्कृतिक कार्यक्रम आयोजना गरेर नेपालीमाझ जागरण ल्याउनुका साथै उनीहरूमा प्रगतिशील चेतना वृद्धि गर्न भूमिका खेल्दै आएको छ ।

    मूल प्रवाहले केवल नेपालबाट भारत प्रवासमा आएका नेपाली मात्रै होइन, भारतीय नेपालीका हकहित वा उनीहरूमाथि हुने अन्याय, अत्याचार विरुद्ध पनि अग्रपङ्क्तिमा रहेर सङ्घर्ष गर्दै आएको छ । त्यसरी प्रवासी एवम् भारतीय नेपालीलाई एकजुट पार्ने काममा मूल प्रवाहले महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ । भारतमा नेपाली युवा, विद्यार्थी, महिला, जनजाति, दलित आदिलाई सचेत र सङ्गठित गर्ने कार्यमा मूल प्रवाहको महत्त्वपूर्ण योगदान छ । मूल प्रवाहका नेपाली समाचार, एकता सन्देश र अन्य सामायिक प्रकाशनले कार्यकर्तामाझ प्रशिक्षकको भूमिका निर्वाह गरेका छन् ।

    त्यस्तै, समय समयमा हुने प्रशिक्षणले सङ्गठनभित्रका अवसरवादी तथा गलत तत्त्वलाई पहिचान गर्न कार्यकर्तालाई सहयोग पुर्‍याउँदै आएको छ, जसले गर्दा विभिन्न गलत र अवसरवादी विचार तथा तत्त्वसँगको वैचारिक सङ्घर्षमा मूल प्रवाहका कार्यकर्ता समयमै सचेत हुने गरेका छन् । केही सोझा र इमानदार कार्यकर्तालाई भ्रम दिएर मूल प्रवाहलाई सिध्याउँछौँ भन्ने व्यक्तिहरू आज सडकमा छन् । उनीहरूसँग न नीति छ, न सङ्गठन, छ त केवल भ्रम मात्र । भ्रमको आयु लामो हुँदैन । समय समयमा हुने विभिन्न विचारगोष्ठी र सम्मेलनलगायतका रचनात्मक कार्यक्रमले भारतस्थित नेपालीको चेतना अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पनि मूल प्रवाहले जोड दिँदै आएको छ ।

    माथि उल्लेखितबाहेक मूल प्रवाहका गतिविधि सङ्गठन तथा इतिहासका अरू पनि धेरै महत्त्वपूर्ण आयाम छन् । त्यस प्रकारको इतिहास बोकेर आएको मूल प्रवाहका अगाडि कैयौँ प्रकारका समस्या र चुनौती अझै पनि छन् । त्यसकारण ती समस्या र चुनौतीले त्यही प्रकारका सङ्घर्षको माग गर्दछ ।

    मूल प्रवाहले भारतका विभिन्न सहरमा छरिएका नेपालीका स्थानीय र तात्कालिक समस्यामाथि ध्यान दिँदै आफ्नो सङ्गठनात्मक गतिविधि सुरु गरेको थियो तर अब ४४ वर्षपछि त्यो स्थिति छैन । परिवर्तनसँगै नयाँ नयाँ समस्या उत्पन्न भएका छन् । त्यसकारण आज मूल प्रवाहको कार्यक्रम, गतिविधि र सङ्गठनात्मक भूमिकाको स्तर पहिलेभन्दा कैयौँ गुना माथि उठ्नुपर्ने र व्यापक हुनुपर्ने आवश्यकता छ । मूल प्रवाहले अब केवल भारतको कुनै सहरमा मात्र होइन, सम्पूर्ण भारत तथा त्यहाँका प्रवासी नेपालीका कार्यक्रम, नीति र जटिलतामाथि ध्यान दिँदै आफ्ना कार्यक्रम र नीति निश्चित गर्नुपर्ने आवश्यकता छ । त्यति मात्र होइन, यसले नेपालको जनआन्दोलनका विभिन्न पक्ष, भारत र विश्वभरिका मिहिनेतकस र प्रगतिशील जनतासित अधिकतम ऐक्यबद्धता र पहलकदमी बढाएर लैजानुपर्ने आवश्यकता उत्तिकै छ । इतिहासलाई हेर्दा मूल प्रवाहले त्यस प्रकारको भूमिका खेल्ने क्षमता पनि राख्दछ ।

    भारतस्थित नेपालीका हकहितको रक्षाका लागि मूल प्रवाहले धेरै पहल एवम् सङ्घर्ष गरेको छ तर त्यो दिशामा अझै धेरै काम गर्नुपर्ने जिम्मेवारी उसको काँधमा छ किनकि नेपाली मूलका भारतीय नागरिकको समस्या आज पनि जस्ताको तस्तै छ । उनीहरू भारतका नागरिक हुन् । भारतमा उनीहरूको अधिकार त्यसरी नै सुरक्षित हुनुपर्दछ । त्यसरी नेपालीभाषी भएका कारण भारतीय नागरिकको एउटा ठुलो सङ्ख्यामाथि अन्याय भएको छ । त्यो अन्यायका विरुद्ध नेपाली मूलका भारतीय नागरिकले लगातार सङ्घर्ष गरिरहेका छन् । मूल प्रवाहले उनीहरूको त्यो न्यायपूर्ण आन्दोलनमा ऐक्यबद्धता प्रकट गर्दै आएको छ ।

    नेपालबाट भारतमा आएका लाखौँ नेपाली छन् । उनीहरू सन् १९५० को सन्धिअन्तर्गत पर्दछन् तर त्यो सन्धिअनुसार पनि भारतस्थित प्रवासी नेपालीको अधिकार सुरक्षित छैन । आसामसहित पूर्वोत्तर भारतमा रहने इनरलाइन परमिटको नाममा सताउने गरिँदै छ । अरुणाचल, मिजोरम, नागाल्यान्ड, मणिपुर, हिमाचल र लक्षद्वीपमा इनरलाइन परमिटको नाममा नेपाली प्रताडित छन् । साथै हिमाचल तथा पूर्वोत्तरलगायत अन्य कतिपय राज्यमा रोजगारका लागि इलिजिबिलिटी सर्टिफिकेट (पात्रताको अधिकार प्रमाणपत्र), डोमिसाइल सर्टिफिकेट (स्थायी निवास प्रमाणपत्र) को नाममा नेपाली तथा उनका सन्तानलाई नोकरीबाट वञ्चित गरिएको छ । त्यस्तै, हिमाचल, जम्मुकस्मिर, पूर्वोत्तर, उत्तराखण्डलगायत कैयौँ राज्यमा पुस्तौँपुस्ता रहँदै आएका नेपाली देशविहीनका नागरिक बन्न विवश छन् । नेपाल फर्किन उनीहरूलाई गाउँ थाहा छैन, भारतमा उनीहरूलाई विदेशी भन्ने गरिन्छ ।

    सन् १९५० को “शान्ति तथा मैत्री” सन्धिअनुसार नेपालीले भारतमा “राष्ट्रिय व्यवहार” पाउनुपर्दछ । सरकारले भारतमा नेपालीले “राष्ट्रिय व्यवहार” पाए/नपाएको अनुगमन गर्नुपर्दछ । दुबै देशद्वारा सम्मिलित रूपमा गठित प्रबुद्ध समूहले तयार पारेको प्रतिवेदन सार्वजनिक गरिनुपर्दछ । यो सन्धि आफैमा असमान छ र त्यसलाई खारेज गरेर पञ्चशीलको आधारमा नयाँ सन्धि गरिनुपर्दछ । उक्त सन्धि खारेज नहुँदासम्मलाई भारतस्थित नेपालीले उक्त सन्धिद्वारा प्रदत्त सुविधा पाउनुपर्ने हुन्छ । त्यसबारे भारत प्रवासमा रोजगारीमा आउने धेरै नेपालीलाई जानकारी नहुन सक्छ । उनीहरूलाई आफ्नो अधिकारबारे जानकारी गराउने र आन्दोलनमा सरिक गराउने विषयमा पनि मूल प्रवाहले जिम्मेवारीबोध गर्दै आएको छ ।

    अहिले भारतमा रोजगारका लागि आएका नेपालीको अवस्था दयनीय बन्दै गएको छ । भारत सरकारले आधारकार्डलाई अनिवार्य तथा बहुउद्देश्यीय कागजातको रूपमा लागु गरेको छ । त्यसको अभावमा कैयौँ नेपालीले रोजगारीबाट हात धुनुपरेको छ । त्यस्तै, कैयौँले आधारकार्डको अभावमा बैङ्क खाता नखुल्ने, त्यसको अभावमा नोकरीबाट पाउने तलबसमेत बाट हात धुनुपर्ने बाध्यता नेपालीको छ । सेवानिवृत्त भएर नेपाल फर्किएका कैयौँको पेन्सन तथा बैङ्कमा रहेको रकम आधारकार्डको अभावमा फ्रिज भएको छ । कैयौँ नेपालीले आधारकार्डको अभावमा मोबाइल सिम, ग्याँस, स्कुलमा बच्चालाई भर्नालगायतका समस्या झेल्नु परिरहेको छ ।

    अहिले भारत सरकारले पारिवारिक पहिचानपत्रको सुरुआत गरिरहेको छ । त्यसबाट नेपालीले झनै धेरै समस्याको सामना गर्नुपर्ने अवस्था आउने निश्चित छ । यो परिस्थितिमा नेपालीका समस्याको समाधानका लागि सङ्घर्ष गर्ने एक मात्र सङ्गठन भएको नाताले पनि मूल प्रवाहले भविष्यमा अझै धेरै जिम्मेवारीपूर्ण प्रकारले काम गर्नुपर्ने आवश्यकता छ ।

    यतिखेरका नेपालीहरू एकता समाजको स्थापनाकालभन्दा पहिलेको अवस्थामा जस्तै विभिन्न गतिविधिमा लाग्ने गरेको पनि पाइन्छ । त्यस क्रममा कैयौँ मठमन्दिरको नाममा नेपालीलाई लुट्ने, कतिपयले जिल्ला सम्पर्क समितिको नामले, कतिपयले लोकदोहोरी संस्थानको नामले, कतिपयले विभिन्न जातिवादी सङ्गठनको नामले, कतिपयले विभिन्न प्रकारका व्यवसायीको नामले, कतिपयले भेगीय वा क्षेत्रीय नामले भारत प्रवासमा रहेका नेपालीलाई विभाजन गरी आफ्नो स्वार्थसिद्ध गर्ने गरेका छन् । यी समस्या निकै चुनौतीपूर्ण छन् ।

    यस्ता प्रकारका कार्यहरू मूल प्रवाहको स्थापनापछि कम हुँदै गएको थियो तर निर्मूल भएको थिएन । पछिल्लो समयमा पुनः त्यस प्रकारका गतिविधि सुरु भएका छन् । यस प्रकारका समस्यासँग जुधेर नै मूल प्रवाह यहाँसम्म आइपुगेको हो । भविष्यमा पनि त्यस प्रकारका समस्यालाई चुनौतीको रूपमा लिँदै अगाडि बढ्नुपर्ने आवश्यकता छ ।

    त्यस्तै, कतिपयले सुन्दर सपनाको आवरणमा निहित फाइदाका लागि गरिने नेटवर्किङ व्यवसायीको नामले धेरै नेपालीको धनमाल नोक्सान गराउने गरेका छन् । आर्गोस, हर्बल लाइफ, सानेसा, वेस्टिज, फ्युचर मार्केट, आरसिएम, मोदी केयर, फरहेभर लिभिङ आदि आदिका नाम लिएर नेपालीले नेपालीलाई नै ठगी गरिरहेका छन् । यस प्रकारका गतिविधिबाट मूल प्रवाहका कार्यकर्तालाई बचाएर अनुशासित र जुझारु बनाउनुपर्ने हुन्छ ।

    विगतमा सङ्गठनको अनुशासन नमानेका कारण कैयौँ कार्यकर्तालाई सङ्गठनबाट निश्काशित गर्नुपर्‍यो । त्यो सङ्गठनको अनुशासनले निश्चित गरेको दायराभित्र पर्दथ्यो । अहिले पनि सङ्गठनका कतिपय नयाँ/पुराना व्यक्तिले नै सङ्गठनको अनुशासनलाई उल्लङ्घन गर्ने कोसिस गरेका छन् । खुल्ला प्रकारले सङ्गठन विरोधी अभिव्यक्ति दिने, सङ्गठनको नीतिभन्दा बाहिर गएर गतिविधि गर्ने, त्यस्ता कार्यक्रमलाई प्रोहत्साहन गर्ने गतिविधि हुने गरेका छन् । यस्तो गर्ने कुनै पनि नेता वा कार्यकर्तालाई छुट छैन । समाजमा भएका कैयौँ कुरीति, कुसंस्कारलाई पन्छाएर समाजलाई प्रगतिशील दिशामा अगाडि बढाउने जिम्मेवारी निर्वाह गर्दै आएको मूल प्रवाहले त्यसलाई निरन्तरता दिनुपर्ने आवश्यकता छ ।

    अनुशासनको उल्लङ्घन खासगरी तीन प्रकारले हुने गर्दछ : प्रथम– विषयलाई नबुझेर, द्वितीय– महत्त्वाकाङ्क्षा पालेर र तृतीय– व्यक्तिमा अराजक प्रवृत्ति रहँदा ।

    प्रथम प्रकारको समस्या त्यति ठुलो समस्या होइन । द्वितीय र तृतीय समस्या सिङ्गो सङ्गठनलाई निकै चुनौतीको विषय बन्न पुग्छ । महत्त्वाकाङ्क्षा पाल्ने व्यक्तिले धेरै आशा र सपना पालेका हुन्छन् । सङ्गठनबाट आफूले चाहेअनुसारको जिम्मेवारी वा पद नपाएको अवस्थामा उनीहरू जे पनि गर्न सक्छन् । त्यस्ता व्यक्तिमा रहेको चरम प्रकारको अराजक प्रवृत्तिले गर्दा उसले आफूभन्दा माथि कसैलाई पनि देख्न सक्दैन । ऊभन्दा अगाडि कुनै सदस्यले जिम्मेवारी लिएर आएको अवस्था उसलाई निकै असह्य हुन्छ, जसले गर्दा उसले सङ्गठनको घोषित नीतिलाई तिलाञ्जली दिन पुग्दछ । यस्ता प्रकारका समस्यालाई पनि मूल प्रवाहले समाधान गरेर अघि बढ्ने गरेको छ ।

    समग्रमा भन्ने हो भने पाँचौँ दशकमा प्रवेश गर्न थालिरहेको मूल प्रवाहले आफ्नो चार दशकको उज्ज्वल र गौरवपूर्ण इतिहासलाई कायम राख्ने मात्र होइन, त्यसलाई अरू उच्च स्तरमा माथि उठाउन प्रयत्न गर्नुपर्दछ । त्यसका लागि सङ्गठनका नेताकार्यकर्ताले आफ्ना चिन्तन र क्रियाकलापलाई अरू उच्च स्तरमा उठाउने कुरामा ध्यान दिनुपर्दछ ।

    जीवन, सङ्गठन र कामको अवस्थामा पनि पहिलेभन्दा कैयौँ गुना बढी जटिलता थपिएका छन् । ती जटिलताको सामना गरेर नै हामीले मूल प्रवाहको गरिमा कायम राख्न सफल हुने छौँ । हामीले आशा गर्नुपर्दछ : मूल प्रवाह र त्यसका नेताकार्यकर्ताले आफ्नो जिम्मेवारीलाई जीवनमरण सङ्घर्ष गरेरै भए पनि इतिहासले दिएको जिम्मेवारी निर्वाह गर्नुपर्दछ ।

    बिहिबार, असार २१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न
    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • २.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ३.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ४.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    • ५.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ६.
      राजकोटमा मूल प्रवाहको नगर समिति गठन

    • ७.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ८.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.