• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

भारतीय राजनीतिमा भाजपाको गिर्दो साख


  •   बुधबार, असार २०, २०८१ मा प्रकाशित
  • कृष्ण अधिकारी ##

    Advertisement

    भारतको आमनिर्वाचन हालै सम्पन्न भएको छ । सन् १९४७ मा भारत ब्रिटिस उपनिवेशबाट स्वतन्त्र भएपछिको यो अठाह्रौँ लोकसभाको निर्वाचन हो ।

    हाम्रो छिमेकी मुलुक र आफूलाई प्रजातन्त्रको नमुना देश बताउने मुलुकको गतिविधिप्रतिको हाम्रो चासो नरहने कुरै भएन ।

    यो निर्वाचन अप्रिल १९ देखि सुरु भएर जुन १ सम्म गरेर सात चरणमा सम्पन्न भएको छ । इतिहासमै यो लामो प्रक्रियाको निर्वाचन बताइएको छ । कुल छयानब्बे करोड अठासी लाख एक्काइस हजार नौ सय छब्बिस मतदातामध्य ६५.७९ मतदान भएको बताइएको छ, जहाँ राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडिए) मा सामेल ४१ पार्टीमध्ये १५ ओटा दलले २९३ सिट र भारतीय राष्ट्रिय विकासशील समावेशी गठबन्धन (इन्डिया) मा सामेल ३७ पार्टीमध्ये १८ ओटा दलले २३१ सिट हासिल गरेका छन् । इन्डिया गठबन्धनमा पछि स्वतन्त्र छ जना थपिएर १३७ सिट रहेको बताइएको छ ।

    त्यसमध्ये एनडिए गठबन्धनमा भाजपा एक्लैको २४० सिट, आन्ध्र प्रदेशका चन्द्रबाबु नायडुको टिडिपीको १६, बिहारका नीतिअनुसार पार्टी जुनियरको १२, शिवसेना (सिन्दे) गुटको ७, लोक जनशक्ति (रामविलास) को ४ र अन्त्यको एक/दुई सिट गरेर २९३ सिट पुगेको छ ।

    त्यस्तै, इन्डिया गठबन्धनमध्ये भारतीय राष्ट्रिय काङ्ग्रेसको ९९ सिट, उत्तर प्रदेशका अखिलेश यादवको समाजवादी पार्टीको ३७, पश्चिम बङ्गाल ममता बेनर्जीको टिएमसिको २९, तमिलनाडुका एमके स्तालिनको पार्टी डिएमकेको २२, महाराष्ट्रको शिवसेना (बाल ठाकरे) समूहको नौ, राष्ट्रिय काङ्ग्रेस पार्टी (शरद पावर) को आठ, राष्ट्रिय जनता दल (लालु यादव) को चार, सिपिआई एमको चार, इन्डियन मुस्लिम लिग, आम आदमी पार्टी, झारखण्ड मुक्ति मोर्चाको तीन/तीन सिट र अन्यको एक/दुई गरेर २३१ सिट पुगेको छ ।

    सन् २०१४ को आमनिर्वाचनमा एनडिए गठबन्धनको ३३४ र एक्लै बिजेपीको २८२ सिट थियो । त्यस्तै, २०१९ को आमनिर्वाचनमा एनडिए ३५३ र बिजेपी एक्लैको ३०३ सिट थियो । यसपटक मोदीले “अब की बार : ४०० पार” को रटान लगाएका थिए तर अघिल्ला दुई निर्वाचनमा भन्दा यसपटक समग्र एनडिए र बिजेपीको प्रदर्शन निकै कमजोर देखियो । ४०० पारको ठाउँमा ३०० पार पनि हुन सकेन । एनडिए जम्मा २९३ सिटमा खुम्चियो, बिजेपी २४० सिटमा मात्र ।

    अगाडिका दुई निर्वाचनमा भाजपाको स्पष्ट बहुमतका लागि चाहिने २७२ भन्दा पनि बढी सिट सङ्ख्या थियो र भाजपाले गत १० वर्ष ढुक्कसँग सरकार चलाएको थियो। योपटक त्यसो हुन पाएन, बहुमतका लागि ३२ सिट एनडिए घटकको सहारामा निर्भर हुनुपर्‍यो । अझ त्यसमा पनि विगतमा भाजपासँग कैयौँ मतभेद भएका र भाजपा विपक्षमा खडा रहेका अविश्वसनीय मित्रहरू नितिश कुमार र चन्द्रबाबु नायडु जस्ता अहिले भाजपाका सारथि बनेका छन् । त्यसमध्ये पनि बिहारका नितिशकुमार पल्टुरामका खप्पिस खेलाडी गनिन्छन्, घोर अवसरवादी कुन दिन कता पल्टिन्छन्, थाहा हुँदैन भन्ने आम बुझाइ भारतीय जनमानसमा रहेको देखिन्छ ।

    तीन राज्यमा भाजपालाई गम्भीर धक्का

    भारतमा केन्द्रशासित राज्यबाहेकका कुल २८ राज्यमध्ये सबभन्दा बढी सिट सङ्ख्या भएका तीन राज्यहरू उत्तर प्रदेश ८० सिट, महाराष्ट्र ४८ सिट, र पश्चिम बङ्गाल ४२ सिटमध्य अघिल्ला दुई निर्वाचनमा भन्दा योपटक भाजपाले नराम्रो हार बेहोर्नुपर्‍यो । महाराष्ट्रमा २०१९ मा भाजपा एक्लैले २३ सिट र सहयोगी दल शिवसेना एकै ठाउँमा हुँदा उसले १८ सिट प्राप्त गरेको थियो । त्यति बेला काङ्ग्रेसको एक सिटसहित विपक्ष गठबन्धनको पाँच सिट थियो । सन् २०२४ को नतिजा विपरीत भयो, काङ्ग्रेस एक्लैको १३ सिटसहित इन्डिया गठबन्धनको खातामा ३० सिट आयो भने भाजपाको नौ सिटसहित एनडिए गठबन्धनलाई १७ सिट मात्र हात लाग्यो । त्यस्तै, उत्तर प्रदेशमा दुई युवाको जोडा राहुल र अखिलेशले सबैलाई आश्चर्य पार्ने चुनावी परिणाम निकाले ।

    सन् २०१९ मा उत्तर प्रदेशमा भाजपा एक्लैले ६२ सिट ल्याएको थियो, काङ्ग्रेसको जम्मा एक सिट, समाजवादी पार्टीको पाँच सिट र बहुजन समाजवादी पार्टी (मायावती) को १० सिट थियो । उतिबेला काङ्ग्रेस एक्लै थियो भने अखिलेश र मायावती एकै ठाउँमा थिए । योपटकको निर्वाचनमा राहुल र अखिलेशको जोडीले ४३ सिट हासिल गरेको छ, जसमा काङ्ग्रेसको खातामा ६ र समाजवादी पार्टीले ३७ सिट हात पारेको छ । एनडिए गठबन्धन जम्मा ३६ सिटमा खुम्चिएको छ, जसमा भाजपाको मात्र ३३ सिट छ । यहाँ भाजपालाई २९ सिटको नोक्सान भएको छ ।

    पश्चिम बङ्गालमा ममताले यो पटक पनि कमाल गरिन् । सन् २०१९ मा एक्लैले ३२ सिट जितेको टिएमसीले योपटक पनि इन्डिया गठबन्धन भए पनि एक्लै लडेर विगतमा भन्दा सात सिटको बढोत्तरी गरेर २९ सिट हात पारेको छ । यहाँ काङ्ग्रेसको एक सिट मात्र आएको छ । यसरी यहाँ इन्डिया गठबन्धनको ३० सिट छ भने भाजपाको १२ सिट मात्र छ । उपर्युक्त तीन राज्यको परिणाम नै योपटकको निर्वाचनमा भाजपालाई ठुलो चुनौती बन्न पुग्यो ।

    काङ्ग्रेस, गान्धी परिवार र राहुल–प्रियङ्का

    भारतीय राजनीतिमा भारतीय काङ्ग्रेस पार्टीको इतिहास धेरै लामो छ । सन् १८८५ मा गठन भएको भारतीय काङ्ग्रेसको १३९ वर्षको इतिहासमा सबभन्दा धेरै पार्टी नेतृत्वमा रहने परिवार नेहरू परिवार नै हो । भारतीय स्वतन्त्र आन्दोलनका नेता गान्धी सन् १९२४ मा भारतीय काङ्ग्रेसका अध्यक्ष बनेका थिए भने त्योभन्दा पनि पहिले सन् १९१९ र १९२८ मा जवाहरलाल नेहरूका बुबा मोतिलाल नेहरू काङ्ग्रेसका अध्यक्ष थिए । सन् १९२९ देखि १९५४ सम्म केही कार्यकाललाई छाडेर जवाहरलाल नेहरू काङ्ग्रेसका अध्यक्ष रहे । सन् १९५९ देखि १९८४ सम्म बिच बिचमा केही कार्यकाल छाडेर जवाहरलालकी छोरी इन्दिरा गान्धी अध्यक्ष रहिन् । सन् १९८५–१९९१ राजीव गान्धी र सन् १९९८–२०२२ सम्म सोनिया गान्धीले भारतीय काङ्ग्रेस पार्टीको नेतृत्व गरेका छन् । सन् १९४७ मा भारत ब्रिटिस उपनिवेशबाट स्वतन्त्र भएपछिका ७७ वर्षमा गान्धी परिवार एक्लैले ३८ वर्ष र काङ्ग्रेस पार्टीले ५५ वर्ष भारतीय सत्ताको बागडोर सम्हालेका छन् ।

    सन् १९९१ मा राजीव गान्धीको हत्यापछिको यो ३३ वर्षमा गान्धी परिवारको सदस्य कोही सत्तामा रहेका छैनन् । राजीवको हत्या हुँदा राहुल २१ र प्रियङ्का १९ वर्षका थिए । राजनीतिक उच्च नेतृत्वमा रहँदारहँंदै पनि यो परिवारमा यस्तो बिडम्बना आइलाग्यो कि सासु इन्दिरा र पति राजीव दुवैलाई गोली हानी हत्या गरियो । यो कुराले सोनियालाई राजनीतिक वितृष्णा जाग्नु स्वाभाविक थियो ।

    त्यति बेला काङ्ग्रेसले अध्यक्ष बन्न आग्रह गर्दा सोनियाले भनेकी थिइन्– “मै अपने बच्चों की भीख मागते देख लुंगी, परन्तु मै राजनीति मे कदम नही राखुंगी ।” यो कुराले धेरैलाई लागेको थियो गान्धी परिवार अब राजनीतिबाट पलायन हुन्छ भन्ने तर सन् १९९६ मा काङ्ग्रेसको चुनावी हारपछि सोनिया सन् १९९७ मा काङ्ग्रेसको प्राथमिक सदस्यता लिन राजी भइन् । सन् १९९८ देखि २०२२ सम्मका २३ वर्ष उनी काङ्ग्रेसको अध्यक्ष रहिन् । सन् २००४ र २००९ को आम निर्वाचनको सफल नेतृत्व गरिन् र दुवैपटक आफू पर्दापछाडि रहेर डा. मनमोहन सिंहलाई प्रधानमन्त्री बनाइन् । सन् १९९९ देखि २०१९ सम्म लगातार पाँचपटक लोकसभा सदस्यमा निर्वाचित भएर काङ्ग्रेसको संसदीय नेतृत्वसमेत सम्हालिन् ।

    भारतमा सम्पन्न पछिल्लो आम निर्वाचनले अब भारतीय राजनीतिक सत्तामा पुनः गान्धी परिवारबाट राहुल गान्धी विकल्प हुन सक्ने कुरा सर्वस्वीकार्य भएको छ । निर्वाचनअगाडि सम्म मोदीको विकल्पमा कोही नदेखिएको ठानिए पनि जनमतले अबको स्थिति त्यस्तो देखाएन । काङ्ग्रेसले सुझबुझका साथ राहुललाई अगाडि सार्‍यो र चुनावी नेतृत्व सुम्पिदियो । भाजपामा जस्तो टिम काङ्ग्रेसमा नहुँदानहुँंदै पनि राहुल धेरै खटिए र मिहिनेत गरे । परिणाम काङ्ग्रेसको र सहयोगी दलको स्थिति सुदृढ भयो ।

    गान्धी परिवारबाट सोनिया र प्रियङ्काले उम्मेदवारी नदिनाले उनीहरू आफ्नो क्षेत्रमा लाग्नुपरेन, पूरै चुनावी अभियानलाई सघाए । बहिनी प्रियङ्काले पनि दाजुले जत्तिकै चुनावी अभियान सम्हालिन् । उत्तर प्रदेशको चकित हुने परिणाम ल्याउनुमा प्रियङ्काको भूमिकालाई सबैले स्वीकारेका छन् । काङ्ग्रेसले अब प्रियङ्कालाई केरलाको वाइनाड क्षेत्रबाट उपनिर्वाचनमा उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । निश्चित छ, अबको भारतीय राजनीतिमा गान्धी परिवारको पुरानो राजनीतिक विरासतलाई आफ्नै बलबुतामा यी दुई दाजुबहिनीले अगाडि बढाउने देखिन्छ ।

    विपक्षले परिवारवादको जति धेरै आरोप लगाए पनि दुई/दुईओटा हत्याबाट विरक्तिएको परिवार पुनः तङ्ग्रिएर मोदी जस्तो निर्विकल्प ठानिएको शक्तिलाई, जसले काङ्ग्रेसलाई प्रमुख प्रतिपक्षको हैसियतभन्दा पनि तल (सन् २०१४ को निर्वाचनमा ४४ सिट र सन् २०१९ मा ५२ सिट, जहाँ वैधानिक प्रतिपक्ष हुन १० प्रतिशत सिट सङ्ख्याले ५५ सिट आवश्यक थियो) पारेको थियो । त्यहाँबाट उठेर एक्लैले ९९ सिट र सहयोगी दलसमेतको २३७ सिट पुर्‍याएर राहुल निर्विकल्प प्रतिपक्ष दलको नेता बन्नु चानेचुने कुरा थिएन । यो राजनीतिबाट वितृष्णा पैदा हुने र राजनीतिबाट पलायन हुने नवयुवाका लागि पनि ठुलो प्रेरणादायी घटना बनेको छ ।

    मोदीको ४०० पारको नाराले उल्टो गोल गर्‍यो

    उखानै छ– “धेरै अति गरे क्षति पुग्दछ” । भाजपाले अहिलेको लोकसभामा त्यस्तै स्थिति बेहोर्नुपरेको छ । भारतीय जनता पार्टीको जननी सङ्गठन भारतीय जनसङ्घ हो, जसले सन् १९५१ देखि १९८० सम्म यसैको माध्यमबाट आफ्नो गतिविधि चलाउँदै आयो । राष्ट्रिय स्वयम्सेवक सङ्घ (आरएसएस) यसको अभिभावक सङ्गठन हो । हिन्दु धर्म र हिन्दुत्व नारा यसको राजनीतिक हतियार हो ।
    यसले सन् १९५२ मा पहिलोपटक आम निर्वाचन लडेको थियो र तीन सिट जितेको थियो । सन् १९६२ सम्म आइपुग्दा यो प्रभावशाली विपक्षी दल बनिसकेको थियो । सन् १९६८ मा अटलविहारी बाजपेयी जनसङ्घका अध्यक्ष बने । मोरारजी देसाई सरकारको पालामा (सन् १९७७–७९) उनी विदेशमन्त्रीसमेत भए ।

    भारतीय जनता पार्टीको विधिवतः गठन सन् १९८० मा भयो । बाजपेयी त्यसका अध्यक्ष बने । सन् १९९७ मा केही समयका लागि प्रधानमन्त्री बनेका बाजपेयी १९९८ देखि १३ दलीय गठबन्धनको नेतृत्व गरेर पाँच वर्षका लागि प्रधानमन्त्री बने । सन् २००४ को निर्वाचनमा एनडिए गठबन्धनको नेतृत्व गरेर “भारत उदय” को नारासहित चुनावी नेतृत्व गरेका बाजपेयीको गठबन्धनले सरकार निर्माण गर्न सकेन र प्रतिपक्षको भूमिकामा खुम्चियो । काङ्ग्रेससमेतको युपिए गठबन्धन र वामपन्थी दलसमेतको समर्थनमा डा. मनमोहन सिंह प्रधानमन्त्री बने । सन् २००९ को आम निर्वाचनपछि पनि उनै दोहोरिए ।

    जनसङ्घ गठनको सुरुआती दिनदेखि नै जोडिएका अटलविहारी बाजपेयी, लालकृष्ण आडवाणी जस्ता सन्त नेताहरूले भाजपाको सङ्गठन विकासमा ठुलो योगदान दिए । त्यस्तै डा. मुरलीमनोहर जोशी, शुष्मा स्वराज, उमा भारती, राजनाथ सिंह जस्ता पुराना र नरेन्द्र मोदी, अमित शाह, जेपी नड्डा, नितिन गड्करीलगायत दर्जनौँ नेताको सामूहिक पहलमा भारतीय जनता पार्टीको विकास भयो । तीन कार्यकाल (सन् २००२–२०१४) सम्म गुजरातका मुख्यमन्त्री रहेका नरेन्द्र मोदीको नेतृत्वमा एनडिए गठबन्धन बनाएर भाजपाले सन् २०१४ को आम निर्वाचनमा बहुमत ल्यायो । त्यसयता देखि नरेन्द्र मोदी भारतीय शासनसत्ताको केन्द्रमा रहँदै आएका छन् ।

    सन् २०१९ को आम निर्वाचनमा भाजपा एक्लैले ३०० पार गरिसकेपछि मोदी भाजपाका लागि जादुमय मुहार बन्न पुगे । पार्टीले उनलाई देवत्वकरण गर्न थाल्यो । “सब का साथ और सबका विकास” को नारा दिएर उदाएका मोदी पछिल्लो कार्यकालमा हिन्दु जातीय नस्लको बिउ रोपेर भारतीय जनमतमा फस्टाउन खोजे । विपक्षप्रति घृणा फैलाए । विभिन्न बहाना बनाएर प्रतिपक्षी नेताहरूलाई तर्साउन थाले । स्वयम् राहुल गान्धीको सांसद पद निलम्बन गराए (तर पछि भारतीय उच्च अदालतले निलम्बन फुकुवाको आदेश दियो) । आम आदमी पार्टीका लोकप्रिय नेता तथा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई जेलमा कोचे । जनजाति, दलित, पिछडा वर्गको आरक्षणका प्रश्नमा विवाद खडा गरे । अल्पसङ्ख्यक मुस्लिम वर्गलाई पाकिस्तानीको नजरले हेर्न थाले र चिढाए ।

    यही मौकामा मोदीको ४०० पारको नारालाई काङ्ग्रेस र इन्डिया गठबन्धन दलहरूले मोदीको दुइतिहाई बहुमत ल्याएर संविधान संशोधन गर्ने षड्यन्त्र बताए र लोकतन्त्र र संविधानको रक्षाका लागि मोदी हराऔँ अभियानमा जुटे । “नफरत के बजार में हम मोहब्बत की दुकान खोल रहेँ हैँ” भन्दै निर्वाचनअगाडि राहुलले “भारत जोडो” र “भारत जोडो न्याययात्रा” दुई/दुईपटक भारतव्यापी चलाए र मोदीको तानाशाही चरित्रको भण्डाफोर गरे ।

    यो निर्वाचनमा काङ्ग्रेसले शक्तिशाली क्षेत्रीय दलहरूलाई विश्वासमा लिएर इन्डिया गठबन्धन बनाउन सफल हुनु नै भारतीय मतदातालाई विकल्पको शक्ति महसुस गराउनु थियो । निर्वाचनको दौरानमा यो गठबन्धनले संविधानको रक्षा, बेरोजगारी र महङ्गी, अग्निपथ योजनाको खारेजी, आरक्षण, भ्रष्टाचारको छानबिन आदि मुद्दा जोडतोडले उठायो । राहुलको भ्रष्टाचारीको सम्पत्ति छानबिन हुन्छ र जफत् हुन्छ भन्ने कुरालाई बङ्ग्याएर अब महिलाको मङ्गलसूत्र पनि खोस्ने छन् भन्ने प्रकारको तुच्छ प्रचार मोदीले गरे । यो कुरालाई भारतीय जनमतले मोदीको कायर अस्त्रको रूपमा लियो र उनलाई असीमित शक्ति दिनबाट रोक्यो ।

    भारतीय मिडिया विरुद्ध युट्युबरको जादु

    पछिल्लो १० वर्षमा करिब करिब भारतका मूलधारका सञ्चारगृहहरू चाहे राष्ट्रिय स्तरका प्रिन्ट मिडिया हुन् वा धेरै लोकप्रिय भनिएका आजतक, एबिपी न्युज, जि न्युज, इन्डिया टिभी जस्ता च्यानल मोदीको एकछत्र गुणगान गाउन थालेका थिए । एनडिटिभीले केही स्वतन्त्र रहेर विपक्षको पनि समाचारलाई स्थान दिने प्रयत्न गर्दै थियो । त्यसलाई पनि अडानीले किनेर भाजपाको प्रचारमा लगाएको बताइन्छ ।
    एक ठाउँमा गायक जिम मोरिसनले भनेका छन्– “जसले मिडियालाई नियन्त्रण गर्दछ, उसले दिमागलाई नियन्त्रण गर्दछ” । यही काम मोदीले गर्दै गए र भारतीय जनमतको दिमागलाई नियन्त्रण गर्ने कोसिस गरे ।

    त्यस्तै, अर्का गायक बब मार्लेले भनेका छन्– “हर समयमा हर कसैलाई बेबकुफ बनाउन सकिँदैन” ।

    योपटकको आम निर्वाचनमा मूलधारका सारा मिडिया एकातिर हुँदाहुँदै एक युट्युबर सामाजिक सञ्जाल चलाउने जर्मनमा बस्दै आएका भारतीय नागरिक ध्रुव राठीको युट्युब च्यानलले भारतीय लोकसभाको निर्वाचनलाई निकै ठुलो प्रभाव पार्‍यो । उनले मोदीलाई कसरी देवत्वकरण गरिँदै छ, मोदीले कसरी झुटो मात्र डर र घृणा फैलाएर तानाशाहको अभ्यास गर्दै छन् जस्ता भनाइलाई तर्कसङ्गत उदाहरण दिएर बोलेका कुरालाई युट्युब च्यानलमा लोड भएको २४ घण्टा नबित्दै करोडभन्दा बढीले हेर्न लागे । भारतका प्रमुख सहरमा उनको युट्युब भिडियोलाई ठुला पर्दा पनि देखाएर चुनावको दौरान प्रचार गरियो । यी युट्युबरले कुनै राजनीतिक दलको पक्ष लिएनन्, मात्र मोदी, काङ्ग्रेस र अन्य पार्टीको वास्तविकता के हो भन्ने कुरा स्वतन्त्र रूपले बताए र जनतालाई कतै बहकाउमा प्रभावित नभएर स्वतन्त्र ढङ्गले मत हाल्न प्रेरित गरे ।

    आजको सूचना प्रविधिको दुनियाँमा कसरी संसारको जुनसुकै पनि कुनामा रहेर संसारका जुनसुकै ठाउँका मानिसलाई पनि प्रभावित पार्न सकिँदो रहेछ भन्ने गतिलो उदाहरण ध्रुव राठी बने । भारतका मूलधार मिडिया विरुद्ध उनी एक्लैको युट्युब च्यानलले मोदी लहरलाई नियन्त्रण गर्न ठुलो भूमिका निर्वाह गर्‍यो ।

    लोकसभामा भाजपाको गिर्दो साख

    भारतको अठाह्रौँ लोकसभाको नयाँ शत्र असार १० गते यताबाट सुरु भइसकेको छ । विगत १० वर्षयता देखि आधिकारिक प्रतिपक्ष दलको नेता नभएको लोकसभामा योपटक विपक्षी गठबन्धनले राहुल गान्धीलाई प्रतिपक्ष दलको नेता चुनेको छ । विगत दुई कार्यकाल आफ्नै सुविधाजनक बहुमत ल्याएको भाजपा योपटक गठबन्धन दलको सहारामा चल्न बाध्य भएको छ ।

    यसपटक भाजपा र एनडिए गठबन्धन चुनाव जितेर पनि हारको मनस्थितिमा छ भने काङ्ग्रेस र इन्डिया गठबन्धन चुनाव हारेर पनि जितको मनस्थितिमा सदनमा उपस्थित छ । लोकसभा सदस्यको अङ्कगणितीय सङ्ख्याको अन्तर जम्मा २२ सिटको रहेको छ । त्यसैले योपटकको सदनमा भाजपालाई तरबारको धारमा अडिएर चल्नुपर्ने हुन्छ ।

    भाजपासँग त्यति ठुला सहयोगी दलहरू छैनन्, जो छन्, ती पनि कुनै मूल्यमान्यतामा स्थिर रहेर अडिएका दल छैनन् । आफ्नो महत्त्वाकाङ्क्षा पूरा नहुँदा कुनै पनि बेला साथ छोड्न सक्छन् ।

    विपक्षी गठबन्धन वा काङ्ग्रेससँगका सहयोगी दल ठुला छन् र निश्चित मूल्यमान्यतामा आधारित रहेर अडिने खालका छन् । अङ्कगणितीय हिसाबले ३५ थप सङ्ख्या पुग्यो भने सरकार गठनमा यो पनि त्यति कमजोर शक्ति छैन । अतः योपटकको सदनमा भाजपाको साख गिर्दो स्थितिमा देखिन्छ ।

    (यो लेख तयार पार्दा विभिन्न सामाजिक सञ्जालबाट तथ्याङ्क सङ्कलन गरिएको छ ।)

    बुधबार, असार २०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न
    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.