काठमाडौं । नेपाल पत्रकार महासंघका पूर्वउपसभापति अग्रज पत्रकार कर्णदेव भट्टको ७६ वर्षको उमेरमा निधन भएको छ ।
Advertisement
लामो समयदेखि मधुमेह र उच्च रक्तचापबाट पीडित भट्टको भीमदत्त नगरपालिका–६ स्थित निवासमा असार १६ गते आइतबार राति निधन भएको हो।
विगत चार दशकभन्दा लामो समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील भट्टले फारवेस्ट टाइम्स दैनिकमा सम्पादकको रुपमा काम गरेका थिए।
भट्टको निधनबाट स्तब्ध बनाएको नेपाल पत्रकार महासंघले जनाएको छ।
राष्ट्रिय समाचार समितिको सञ्चालक समिति सदस्य रहेरसमेत काम गरेका थिए ।
उनको को निधनले नेपाली पत्रकारिता जगतले एक योग्य र अनुभवी पत्रकार गुमाएको महासंघले जनाएको छ ।
महासंघले एक शोक विज्ञप्ति प्रकाशित गरी स्वर्गीय भट्टप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेको छ।