• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

स्वर्ण जितेका हिमाल भन्छन्ः ‘साइकल किन्न बा-आमाले अब ऋण खोज्न पर्दैन’


  •   शुक्रबार, बैशाख १२, २०७७ मा प्रकाशित
  • विक्रम गिरी, काठमाडौं ।

    Advertisement

    पाँच वर्षअघिको कुरो हो । भारतमा हुन लागेको १२औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)को छनोट चलिरहेको थियो । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका हिमाल टमाटा पनि ट्रायथलन तयारी गरिरहेका थिए । मेहेनत राम्रै गरेका थिए । नभन्दै १२औँ सागका लागि छनोट भए । टमाटा छनोट त भए तर भारतमा कसरी प्रतिस्पर्धा गर्ने भन्ने पिरलो प-यो । कारण उनीसित गतिलो साइकल थिएन । थोत्रे साइकलका भरमा पदक जित्ने लक्ष्य पूरा हुने टमाटाले सम्भव देखेनन् ।

    टमाटाले नयाँ साइकल किन्ने मन बनाए । मन बनाएर मात्र भएन । उनको गोजी रित्तो थियो । टमाटाले सञ्चय कोषको आश गरे । र डेढ लाखमा नयाँ साइकल किन्ने योजना बनाएका टमाटाको मन त्यतिबेला खिन्न भयो जब उनको सञ्चय कोषमा साइकल किन्नलाई चाहिने आधी रकम मात्रै थियो । एकातिर उनको सागमा पदक जित्ने अभिलाषा अर्कोतिर आर्थिक अभाव । अरु कुनै उपाय भएन । टमाटाले घरमा बा–आमालाई फोन गरे । जसरी पनि साइकल किन्न पैसो चाहियो । सेनामा जागिर खाँदै गरेको छोरोले साइकल किन्न पैसो माग्दा उनीहरु अचम्मित बने । टमाटाका बा–आमालाई लाग्यो कि साइकल त रु पाँच सात हजारमा नयाँ आइहाल्छ ।

    फोनमा विस्तारमा सम्झाएपछि मात्रै थाहा भयो छोराले किन्न खोजेको साइकल त उनीहरुले गाउँघरमा देखेको सामान्य साइकल होइन रहेछ । बा–आमाको गोजी पनि रित्तो थियो । उनीहरुले छोराको सपना पूरा गर्न गाउँमा ऋण खोजे । मुस्किलले ऋण काँढ्न सके । त्यो पनि छोरो सेनामा जागिरे छ पछि तिरिहाल्छ भन्ने आसले मात्र गाउँले टमाटाका बुबालाई ऋण दिन तयार भएका हुन् । बा–आमाले ऋण गरी पठाएको पैसो र सञ्चय कोषको रकमले टमाटाले डेढ लाखमा साइकल किने । टमाटा साइकल किनेर भारतको गुवाहाटीतर्फ लागे । खेलमा भाग लिँदा साइकल किन्दाको दुःख सम्झिए । नभन्दै उनले ट्रायथलन रजत पदक जिते । उनीभन्दा अब्बल भारतका खेलाडी मात्रै निस्किए ।

    सन् २०१६ मा १२औँ सागमा रजत पदक जितेपछि नेपाल सरकारबाट टमाटालाई रु एक लाख ५० हजार पुरस्कार प्राप्त भयो । उनले सो रकममा फेरि नयाँ साइकल किने । दौड र साइक्लिङका उत्कृष्ट खेलाडी टमाटालाई सेनाले पछि रु तीन लाख पर्ने साइकल किनिदियो । त्यही साइकलका भरमा उनले गत वर्ष मङ्सिरमा नेपालमै सम्पन्न १३औँ सागमा ट्रायथलनमा स्वर्ण पदक जिते । जसोतसो अभ्यासका भरमा १२औँ सागमा रजत जितेका टमाटाले १३औँ सागमा स्वर्ण पदक जितेरै छाडे ।

    पोखराको लेकसाइडमा भएको उक्त प्रतियोगितामा टमाटाले साढे सात किलोमिटर दौड र २० किलोमिटर साइक्लिङ ५७ मिनेट ३३ सेकेन्डमा पूरा गरेका थिए । सोही स्पर्धामा नेपालकै लक्ष्मण मल्लले रजत जिते । मल्ल टमाटाभन्दा दुई मिनेट २० सेकेन्ड ढिला भए । श्रीलङ्कका आशिष परेरा ५९ मिनेट ३२ सेकेन्डका साथ तेस्रो भए । सागको बेला टमाटाले समयमै खेल पोशाक पाउन सकेनन् । ‘साथीको पोशाक मागेर लगाए, अनि खेले’, टमाटा भन्छन्, ‘साथीको पोशाक मलाई सहज भएन, दौडिन असहज हुँदा झण्डै पदकविहीन भएको ।’ नेपाल ट्रायथलन सङ्घका अध्यक्ष निलेन्द्रराज श्रेष्ठले प्रतियोगिताअघि स्वर्ण जित्नेलाई रु एक लाख, रजत जित्नेलाई रु ५० हजार तथा कास्य जित्नेलाई रु २५ हजार पुरस्कार दिने घोषणा गरे । उक्त घोषणाले पनि पदक जित्न मनोबल बढेको टमाटा बताउँछन् । ट्रायथलनमा महिलातर्फ नपालकै सोनी गुरुङले स्वर्ण जितिन् ।

    बाहौँ सागमा डेढ लाख पाएका टमाटाले १३औँ सागमा स्वर्ण पदक जितेवापत रु नौ लाख पुरस्कार पाएका छन् । ‘साइकल किन्न बा–आमाले अब गाउँमा ऋण खोज्न पर्दैन’, लकडाउनका कारण हाल कञ्चनपुरको भीमदत्त नगरपालिका ऐरीस्थित घरमै रहेका टमाटाले फोनमा भने, ‘सरकारले खेलाडीको पीरमर्का बुझेकामा खुशी छु ।’ टमाटाले लडकडाउन सकिएलगत्तै काठमाडौँ फर्केर रु तीन लाखसम्मको साइकल किन्ने सोच बनाएका छन् । उनले किन्न खोजेको साइकल कञ्चनपुरमा पाइन्न । पुरस्कारको रकमले नयाँ साइकल किन्नुका साथै छोरोलाई काठमाडौँमा पढाउने टमाटाको इच्छा छ । ‘छोरो तीन वर्षको भयो, गाउँमा खासै राम्रो स्कूल छैन, जागिर पनि काठमाडौँमै भएकाले त्यतै पढाउने सोचाइ छ’, टमाटाले भने ।

    गाउँकै पूर्णा उच्च माविबाट १० कक्षा उत्तिर्ण गर्दासम्म उनी दौडमा अब्बल थिए । जिल्ला र क्षेत्रीय प्रतियोगितामा भाग लिइरहन्थे । पदक पनि जित्न थाले । यो सब १० कक्षा पढ्दासम्म मात्र सम्भव थियो । त्यसपछि टमाटासित अन्य विकल्प थिएन । आर्थिक अवस्था कमजोर थियो । बुबा गाउँमा आरनको काम गर्दथे । जेनतेन घरखर्च चलेको थियो । आफ्नो अवस्था थाहा पाएर टमाटा सेनामा भर्ना भए । अनि उनले आफ्नो खेल देखाउने अवसर पाए । ‘सेनामा भर्ना नभएको भए खेलमा हुन्नथे’, उनले भने, ‘कि भरतमा मजदुरी गर्न जान्थे, कि त खाडी मुलुकतर्फ लाग्थे ।’

    त्रिभुवन आर्मी क्लबमा भएका कारण खेल्ने वातावरण पाएकामा उनी हर्षित छन् । सेनामा भर्ना भएर मात्रै पनि पुग्दैनथ्यो । टमाटाको खेलबाट प्रभावित भएर नपाली सेनाका सेनानी राजीव चन्दले उनलाई त्रिभुवन आर्मी क्लबमा अवसर दिएका हुन् । सेनानी चन्दकै कारण खेलमा जम्न सकेको उनी बताउँछन् । तत्कालीन सहसेनानी चन्दले टमाटालाई दौड र साइक्लिङका लागि तयार पारे । ‘त्यसअघिसम्म साइक्लिङबारे कुनै ज्ञान थिएन’, टमाटाले बिगत सम्झिए ।

    सेनामा भर्ना हुनुअघि पनि टमाटाले काठमाडौँमा सम्पन्न पाँचौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा भाग लिएका थिए । ‘त्यो प्रतियोगिता अनुभव बटुल्नका लागि मात्रै जस्तो भयो, राम्रो खेल्न सकिन, गाउँमा अभ्यास गर्न सहज थिएन, त्यत्तिक्कै खेल्न आए जस्तो भयो’, एक दशकअघि खेलेको प्रतियोगिता सम्झिँदै टमाटाले भने । त्यसबखत उनी क्षेत्रीय प्रतियोगितामा पाँच किलोमिटर र १० किलोमिटर दौडमा पहिलो हुँदै पाँचौँ राष्ट्रियका लागि छनोट भएका थिए ।

    टमाटा काठमाडौँ र पोखरामा दौड तथा साइक्लिङको अभ्यास गरिरहन्छन् । तेह्रौँ सागअघि पोखरामा नै सम्पन्न दक्षिण एशियाली च्याम्पियनसिपमा उनी १० किलोमिटर दौड र ४० किलोमिटर साइक्लिङमा पहिलो भएका थिए । यसले पनि उनको मनोबल उच्च बनाएको थियो । पोखराको भूगोलसित उनी राम्रोसँग परिचित भइसकेका थिए । ‘तेह्रौँ सागको स्वर्ण पदक पनि मेरै पोल्टामा पार्छु भन्ने मन बनाइ सकेको थिए’, उनले प्रतियोगिताको क्षण सम्भिए ।

    अहिले चलाउँदै गरेको साइकल भने उनले भारतको बनबासाबाट किनेर ल्याएको जस्तो होइन रहेछ । गाउँमा छँदा उनी सामान्य साइकलका दौडिए । अहिले प्रयोग गर्दै गरेको साइकलबारे टमाटालाई धैरे पछि मात्र थाहा भयो । ‘सेनामा जागिर खाएर काठमाडौँ आएपछि मात्र थाहा पाएको हुँ’, उनले भने । छाक टार्न आरनको भर पर्दै आएको टमाटा परिवारका लागि रु लाख बढी पर्ने साइकल किन्नु सपनामा पनि नचिताएको कुरा थियो । सेनामा भर्ना भएपछि मात्र उनले साइक्लिङ प्रतियोगितामा भाग लिन थाले । साइकल पनि उनले जागिर खाएपछि मात्र किन्न सके ।

    घरमा हुँदा टमाटाले ऐरीबाट गड्डाचौकी, ब्रह्मदेव, झिलमिला, कैलालीको अत्तरिया हुँदै झलारी, महेन्द्रनगरसम्म साइकल कुदाउने गर्छन् । यो उनको साइकल कुदाउने मार्ग हो । साइकल कुदाउन त्यहाँ सहज भने छैन । पूर्वपश्चिम राजमार्गमा सवारीसाधनको बढ्दो दबदबा छ । ‘यहाँ साइकल चलाउनेले ज्यानको माया गर्न हुँदैन’, उनले भने, ‘कुन बेला कताबाट कसले हान्दिने हो बेर हुन्न, मन चसक्क चसक्क भइरहन्छ ।’ दोमन गरेर अभ्म्यास गर्नुपर्ने र ढुक्कसित साइकल चलाउन नपाइने टमाटा बताउँछन् । टमाटाको अर्को पीडा छ । ‘गाउँमा अभ्यास एक्लै गर्नुपर्छ, साथ दिने कोही हुँदैनन्’, मन खिन्न पार्दै उनले भने । तराईमा चौबीसै घण्टा साइकल कुदाउने गरेका भए पनि साइक्लिङप्रति उनीहरुको खासै रुचि हुँदैन । त्यहाँ प्रतियोगिताको पनि अभाव छ ।

    टमाटाले स्वर्ण जितेपछि गाउँभरि चर्चा छ । सरकारले रु नौ लाख उपलब्ध गराएपछि त चर्चा झनै चुलिएको छ । ‘खेलले भन्दा पनि पुरस्कारले सबको ध्यान तानेको छ’, घरमा बुबालाई आरनमा सघाउँदै गरेका टमाटाले भने, ‘राम्रो खेले पैसो आउँदो रहेछ भन्ने सबैलाई आभास भएको छ ।’ धेरैले सामाजिक सञ्जाल र फोनमा साइक्लिङबारे चासो लिने गरेको उनी बताउँछन् । ‘हामीलाई सिकाउनु प¥यो भनेर धेरैले फोन गर्न थालेका छन् ।’ उनले भने । यसरी खेलप्रति अरुको रुची बढेकामा टमाटा खुशी छन् । साइक्लिङका लागि सक्दो सहयोग गर्ने उनको इच्छा छ ।

    काठमाडौँ र पोखरामा अभ्यास गर्न समस्या छैन । नियमित अभ्यासमा आउनेको सङ्ख्या धेरै हुन्छ । एकले अर्कालाई हेरेर पनि खेलमा रुचि बढ्छ । प्रतिस्पर्धा गर्न पनि पाइन्छ भन्छन टमाटा । देशको अरु ठाउँमा भने यो देख्न पाइएको छैन । साइकल किन्न बा–आमाले ऋण गरेको सुन्दा गाउँमा सबैले उनलाई उडाएको अवस्था टमाटा सम्झिन्छन् । साइकल महङ्गो पर्छ । उनी काठमाडौँ र पोखरामा रु नौ÷दश लाखसम्मको साइकल किनेर साइक्लिङ गरेको सम्झिन्छन् । नपाल साइक्लिङका लागि राम्रो सम्भावना भएको देश हो । आथिर्क अभावकै कारण यसप्रति खेलाडीको ध्यान जान सकेको छैन । ‘सौख र ब्यायामसम्म मात्र साइक्लिङ सीमित भएको छ’, टमाटा भन्छन्, ‘खेलको माध्यमले अगाडि बढाउनुपर्ने आवश्यकता छ ।’

    टमाटाका बुबा चन्द्रीराम अहिले आरन चलाएरै घर खर्च चलाउँछन् । आमा कलावतीले पनि त्यसमा सघाउँछिन् । उनका बुबा विसं २०२४ मै दार्चुलाबाट तराई झरेका हुन् । हाल दुई कठ्ठा जग्गामा बस्दै आएका उनको परिवारले पर्याप्त जग्गा भने जोड्न सकेन । चन्द्रीराम र कलावतीले छोरोको खेल हेर्न र बुझ्न भने पाएका छैनन् । छोरोले पुरस्कार पाएपछि अहिले दुवै जना दङ्ग छन् । ‘खेलेर पनि थुप्रो पैसो पाइँदोरहेछ भन्ने थाहा भयो’, आरन चलाउनमै व्यस्त उनले भने, ‘ऋण गरेर साइकल किनिदिएको थिए, राम्रै कामका लागि ऋण काढेछु भनेर बल्ल थाहा हुँदैछ ।’ (रासस)

    शुक्रबार, बैशाख १२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

    • २.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • ३.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ४.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ५.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ६.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ७.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ८.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.