शङ्करप्रसाद पोख्रेल, बुटवल ।
अखिल नेपाल महिला सङ्घ रुपन्देहीको आयोजनामा जिल्लास्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
२०८१ असार १ गते शनिबारका दिन राजमो पार्टी कार्यालयमा एकदिने राजनीतिक, सैद्धान्तिक र व्यावहारिक प्रशिक्षण सम्पन्न भएको हो ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहकार बद्रे आलम, कम्युनिस्ट सङ्ग्रहालयका अध्यक्ष चेतनाथ आचार्य, महिला नेतृ सरिता जिसी र अखिल नेपाल बुद्धिजीवी सङ्घका केन्द्रीय सदस्य लिलबहादुर केसीले प्रशिक्षण दिनुभएको थियो ।
सो अवसरमा राजमो जिल्ला अध्यक्ष टानबहादुर केसी, जिल्ला समितिका सल्लाहकार मुक्ति सापकोटा, राजमो प्रदेश कार्यालयका सचिव भीमलाल न्यौपाने, नेकपा (मसाल) रुपन्देहीका प्रवक्ता लालचन्द पन्तलगायतको आतिथ्य रहेको थियो ।
प्रशिक्षण कार्यक्रमको अध्यक्षता महिला सङ्घ रुपन्देहीका अध्यक्ष इन्दिरा ज्ञवालीले, सञ्चालन सचिव लक्ष्मी कुँवरले र स्वागत मन्तव्य मिरा केसीले गर्नुभएको थियो ।
