बागलुङबजार । बागलुङको गलकोटमा अखिल नेपाल महिला सङ्घको प्रशिक्षण भेला सम्पन्न भएको छ ।
२०८१ असार १ गते शनिबार उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा महिला सङ्घ बागलुङकी अध्यक्ष लक्ष्मी बासकोटा र राष्ट्रिय जनमोर्चा बागलुङका सल्लाहकार तथा गलकोट नगर अध्यक्ष टङ्क केसीले प्रशिक्षण दिनुभएको थियो ।
सो अवसरमा दुवै प्रशिक्षकले समसामयिक राजनीतिक अवस्थाका साथै महिला सङ्गठन र आन्दोलनको बारेमा चर्चा गर्नुभएको थियो ।
सो अवसरमा महिला नेतृ सुनमाया ढकालले पनि मन्तव्य राख्नुभएको थियो ।

विष्णु बस्नेतको सञ्चालन तथा देवी खत्रीको अध्यक्षतामा अघि बढेको उक्त कार्यक्रममा उपस्थित सहभागीलाई माया खत्रीले स्वागत गर्नुभएको थियो ।
भेलाले गलकोट नगरपालिकाका दशओटै वडामा महिला सङ्घको सदस्यता वितरण गर्ने, वडा समिति गठन गर्ने र प्रशिक्षण कार्यक्रम सम्पन्न गर्ने कार्यक्रम तय गरेको जिल्ला अध्यक्ष बास्कोटाले युगदर्शनलाई जानकारी गराउनुभएको छ ।
