काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन मध्य र पश्चिम तराईका भूभागमा अत्यधिक गर्मी हुने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।
Advertisement
विभागले बिहीबार साँझ विशेष बुलेटिन जारी गर्दै कञ्चनपुर, कैलाली, बर्दिया, बाँके र दाङ जिल्लाका बासिन्दालाई गर्मीको सम्भावना रहेको भन्दै सतर्क रहन आग्रह गरेको छ ।
तराईका जिल्लामा विगत केही दिनयता अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा बढी रहेको छ ।