काठमाडौं । अकुत सम्पत्ति आर्जनको मुद्दामा दोषी ठहर भएका लुम्बिनी विकास कोषका योजना प्रमुख सरोज भट्टराईलाई ६ वर्ष कैद सजाय सुनाइएको छ।
Advertisement
जेठ २४ गते भ्रष्टाचार कसुरमा दोषी ठहर भएका उनलाई बिहीबार (आज) सजाय निर्धारण गरिएको हो।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यद्वय तेजनारायणसिंह राई र रीतेन्द्र थापाको इजलासले इन्जिनियर भट्टराईलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरी कैद तथा जरिवानासमेत तोकेको हो।