काठमाडौँ । सत्तारुढ दल नेकपा (एमाले) का नेता महेश बस्नेतले आफूमाथि यौन शोषण गरेको आरोप लगाउँदै आएकी शोभा पाठक पक्राउ परेकी छन् ।
Advertisement
प्रहरीको साइबर ब्युरोले उनलाई सोमबार ललितपुरको पुल्चोकबाट पक्राउ गरेको हो।
पाठकलाई ५ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौँले म्याद थप गरेको छ ।
धादिङको ज्वालामुखी गाउँपालिका– ७ घर भएकी उनको वास्तविक नाम जानुका पाठक रहेको प्रहरीको भनाइ छ। उनी शोभा नामले चिनिन्छिन्।
प्रहरीका अनुसार, ३१ वर्षीया शोभाले आर्थिक लाभका निम्ति विभिन्न व्यक्तिसँग सम्बन्ध जोड्ने र ब्याल्कमेल गर्ने गरेको उजुरीमा उल्लेख छ।
उनले महेश बस्नेतविरूद्ध यौन शोषण र बलपूर्वक भ्रुणहत्याको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएकी थिइन्।
तर, प्रहरी र सरकारी वकिलले बस्नेतविरुद्ध मुद्दा चल्न सक्ने आधार नदेखिएको भन्दै फाइल तामेलीमा राख्ने निर्णय गरेका थिए।