• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

ओलीको आगामी रणनीति के हो – संसद्को विघटन वा मध्यावधि चुनाव ?


  •   सोमबार, जेठ २८, २०८१ मा प्रकाशित
  • मोहनविक्रम सिंह ##

    Advertisement

    हालै केपी शर्मा ओलीले दिएको अभिव्यक्तिबाट हामीले उनको जुन आलोचना गरेका थियौँ, त्यो सही सावित भएको छ । उनले भनेका छन्– मैले एमालेलाई बचाउन नै संसद् विघटन गरेको थिएँ । उनले एमालेलाई बचाउनका लागि नै संसद्को विघटन गरेको भने पनि संसद्लाई विघटन गर्नुका पछाडिको वास्तविक उद्देश्य आफ्नो प्रधानमन्त्री पद बचाउनु नै थियो ।

    प्रथमपल्ट त्यो बेलाको नेकपाका सांसदहरूले उनका विरुद्ध अविश्वासको प्रस्ताव राख्ने तयारी गरेपछि उनले दगुरेर गएर राष्ट्रपतिद्वारा संसद्लाई विघटन गर्न लगाएका थिए । दोस्रोपल्ट संसद्का बहुमत सदस्यहरूले राष्ट्रपतिलाई उनका विरुद्ध अविश्वासको आवेदन दिएपछि त्यसलाई रोक्न लगाएर राष्ट्रपतिद्वारा आफूलाई प्रधानमन्त्री घोषित गर्न लगाएका थिए र उनी (राष्ट्रपति) द्वारा संसद्लाई विघटन गर्न लगाएका थिए ।

    जे होस्, उनले प्रकट गरेको विचारलाई मान्ने हो भने पनि एउटा पार्टीलाई बचाउनका लागि देशको सम्पूर्ण लोकतान्त्रिक प्रणालीमाथि प्रहार गर्नु तथा देशलाई सङ्कटको मुखमा धकेल्नु कहा“सम्म गैरजिम्मेवार र राष्ट्रघाती कार्य हो ? कसैले सजिलैसित त्यो कुराको अनुमान गर्न सक्दछ । अहिले पनि उनले आफ्नो त्यस प्रकारको कार्य सही भएको वकालत गरिरहेका छन् । आफ्नो हातमा सत्ता आयो भने उनले त्यस प्रकारको घात गर्न सक्ने कुरा प्रष्ट छ ।

    यो प्रष्ट छ कि ओलीको त्यस प्रकारको कार्यशैली निश्चित रूपले अधिनायकवादी र अप्रजातान्त्रिक प्रकारको नै थियो । यो प्रजातान्त्रिक नियम हो कि कुनै प्रधानमन्त्रीका विरुद्ध अविश्वासको प्रस्ताव आएपछि त्यसमाथि प्रजातान्त्रिक तरिकाले संसद्मा छलफल गर्ने अवसर दिनुपर्दछ र त्यसको निर्णयलाई स्वीकार गर्नुपर्दछ । त्यसका विपरीत उनले जुन तरिका अपनाए, त्यो अधिनायकवादी भएको कुरामा कुनै शङ्का छैन । त्यति मात्र होइन, सर्वोच्चले संसद्लाई पुनर्स्थापना गरिसकेपछि पनि नौ महिनासम्म उनले त्यसलाई अवरुद्ध गरेका थिए । हालैको एउटा उदाहरणबाट पनि उनको चरित्र पूरै अधिनायकवादी भएको कुरालाई बताउँछ ।

    वर्तमान सरकारको नेतृत्व प्रधानमन्त्री प्रचण्डले गरिरहेका छन् तर रूपका दृष्टिकोणले त्यो प्रचण्ड सरकार भए पनि सार रूपमा त्यो ओली सरकार हो र सरकारको सम्पूर्ण अधिकार ओलीको नै हातमा छ । प्रचण्ड खालि ओलीको हातका कठपुतली मात्र हुन् । त्यसैले सरकारद्वारा गरिएका सबै निर्णयका लागि ओली नै मुख्य जिम्मेवार हुन जान्छन् ।

    अहिलेको सरकार बनेपछि सरकारले भूमि आयोगलाई विघटन गर्‍यो तर सर्वोच्चले त्यसलाई पुनर्स्थापना गर्‍यो । सर्वोच्च अदालतले पुनर्स्थापना गरेको भए पनि सरकारले त्यसलाई काम गर्न दिएको छैन । त्यसले पनि ओलीको अधिनायकवादी चरित्रलाई नै बताउँछ ।

    वास्तवमा ओलीले जुन प्रकारको कार्यशैली अपनाउने गरेका छन्, त्यसबाट नेपालको सम्पूर्ण प्रजातान्त्रिक प्रणालीलाई नै गम्भीर खतरा भएको कुरामा कुनै शङ्का रहन्न । अर्का शब्दमा उनको त्यस प्रकारको कार्यप्रणाली प्रतिगामी हो र त्यसैले उनको त्यस प्रकारको कार्यप्रणालीबाट देश प्रतिगमनतिर जाने पनि गम्भीर खतरा छ ।

    ओलीको त्यस प्रकारको प्रतिगामी कार्यशैली उनीद्वारा गरिएको संसद्को विघटनबाट नै सिद्धियो भन्ने होइन, भविष्यमा पनि उनीद्वारा देश अधिनायकवाद र प्रतिगमनतिर जाने गम्भीर खतरा छ । त्यसैले संसद्को विघटनपछि उनीद्वारा सम्भावित प्रतिगमन र अधिनायकवादको खतरालाई रोक्न हामी पाँचदलीय गठबन्धनमा सामेल भएका थियौँ । पाँचदलीय गठबन्धनले त्यो प्रतिगमनलाई रोक्न महŒवपूर्ण योगदान दियो तर माओवादीको अवसरवादी नीति र नेकाभित्रको प्रतिपक्षले बारम्बार पुर्‍याएको बाधाका कारण प्रतिगमनका विरुद्ध बनेको गठबन्धनले सफलतापूर्वक काम गर्न सकेन ।

    गठबन्धनको इतिहासमा सबैभन्दा अवसरवादी भूमिका प्रचण्डको नै रह्यो । ॅक्रमभङ्गता’ उनको आधारभूत सिद्धान्त रहेको छ । उनले हालै ‘म’ जीवित रहँदासम्म मैले उथलपुथल मच्चाइरहने छु भनेका छन् । त्यसरी नेपालको राजनीतिमा उनले आफूलाई सबैभन्दा ॅचतुर’ राजनीतिक नेताको रूपमा प्रस्तुत गर्न खोजेका छन् ।

    एउटा उखान छ – ‘लाटो पल्टन्छ एक भर्ल्याङ, बाठो पल्टिन्छ तीन भर्ल्याङ’ । त्यही उखान प्रचण्डबारे पनि सत्य साबित भएको छ । ‘क्रमभङ्गता’ को लामो खेल खेल्दाखेल्दै र नेपालको राजनीतिमा लगातार ‘उथलपुथल’ मच्चाउने घोषणा गर्दागर्दै अब उनी ओलीको कठपुतली बन्न पुगेका छन् । ओलीले उनलाई कुन रूपमा कसरी पल्ट्याउने छन् ? त्यो कुरा हामीले हेर्न बा“की छ ।

    ओलीले बारम्बार बताउँदै आएका थिए, उनको मुख्य उद्देश्य पाँचदलीय गठबन्धनलाई भत्काउनु हो । अहिले उनको त्यो रणनीति सफल भयो र प्रचण्डलाई आफ्नो पासोमा पार्न पनि उनी सफल भएका छन् । त्यसपछि अब उनको रणनीति प्रचण्ड सरकारलाई निरन्तरता दिनु ता अवश्य पनि होइन । अब उनको रणनीति के हुने छ ? त्यो कुरा आउने दिनमा नै प्रष्ट हुँदै जाने छ ।

    अहिले पनि उनले गत कालमा संसद्लाई विघटन गरेको कार्य सही नै भएको दाबी गरिरहेका छन् । त्यो कुराले एउटा आशङ्का पैदा हुन्छ : अहिले पनि उनले संसद्लाई विघटन गराउने योजनाअन्तर्गत नै काम गरिरहेका त छैनन् ? उनले २०८४ को चुनावमा एक्लै उठ्ने दाबी गरिरहेका छन् । त्यसका पछाडि माओवादीलाई समेत पूरै सखाप गर्ने योजनाअन्तर्गत काम गरिरहेका छन् । उनको प्रयत्न अर्को चुनावमा पूरै बहुमत प्राप्त गर्नेतिर नै छ ।

    निश्चय नै कुनै पनि पार्टीले त्यस प्रकारको दाबी गर्नु वा त्यसका लागि प्रयत्न गर्नुलाई गलत भन्न सकिन्न । प्रत्येक राजनीतिक पार्टीलाई त्यस प्रकारको प्रयत्न गर्ने अधिकार छ तर त्यस सन्दर्भमा गम्भीर कुरा यो छ कि उनको त्यो प्रयत्न सफल भयो भने देश अवश्य पनि अधिनायकवाद र प्रतिगमनतिर नै जाने छ । नेपाली जनताले करिब एक शताब्दीसम्म विभिन्न सङ्घर्ष र महान् बलिदान गरेर प्राप्त गरेका विभिन्न उपलब्धि समाप्त हुने छन् ।

    ओलीसित सम्बन्धित अर्को गम्भीर प्रश्न उनीसित सम्बन्धित ठुलो पैमानाको भ्रष्टाचार पनि हो । गिरीबन्धु टी स्टेटद्वारा उनले अरबौँ रुपैया“ भ्रष्टाचार गरेका छन् । सर्वोच्चले गरेको फैसलाबाट पनि त्यो कुरा प्रष्ट भएको छ तर उनले सर्वोच्चको त्यो फैसलाको विरोध गरेर आफ्नो भ्रष्टाचारको पक्षपोषण गर्ने काम गरिरहेका छन् । ओमनीको औषधी खरिद प्रकरणमा उनले गरेको ठुलो पैमानाको भ्रष्टाचार पनि कसैबाट लुकेको कुरा होइन । सेक्युरिटी प्रिन्टिङ प्रेसबारे ओलीको पक्षबाट गरिएको करोडौँ रुपैयाँ कमिसनको डिल पनि आम रूपमा थाहा भएको कुरा हो यद्यपि त्यो सफल हुन पाएको थिएन तर प्रकाशमा आएका यी भ्रष्टाचारका काण्डबाहेक अरू अझै अज्ञात रहेका कैयौँ भ्रष्टाचारका काण्ड हुन सक्दछन् ।

    त्यस प्रकारका सबै भ्रष्टाचारका काण्डलाई कैयौँ तथ्यद्वारा प्रमाणित भइसक्दा पनि चर्को स्वरले कथित स्वतन्त्र पार्टीको एक जना नेताले सहकारी हिनामिनामा आफू दोषी नभएको कुरा गर्वपूर्वक दाबी गर्दै आए जस्तै ओलीले पनि उनीसित सम्बन्धित भ्रष्टाचारका सबै काण्डमा आफू दोषी नभएको कुरा गर्वपूर्वक बताउँदै आएका छन् । यस प्रकारका व्यक्ति सत्तामा हुनु र आगामी चुनावमा उनीहरूको विजयी हुनुको देश र जनताले कति धेरै मूल्य चुकाउनुपर्ने छ ? के सम्पूर्ण जनताको त्यसप्रति ध्यान जानुपर्ने आवश्यकता छैन ?

    यस सन्दर्भमा प्रश्न उठाउनुपर्ने अर्को महत्त्वपूर्ण विषय ओलीले नेतृत्व गरेको एमालेका नेताकार्यकर्ताको ओलीप्रतिको अन्धभक्ति हो । ओलीको राजनीति लगातार अधिनायकवाद र प्रतिगमनका पक्षमा नै गएको तथा उनले योजनाबद्ध प्रकारले त्यो दिशामा गरिरहेका कार्य वा उनको त्यही दिशामा केन्द्रित रणनीतिलाई पनि उनीहरूले (एमालेका नेताकार्यकर्ताले), जसको नेपालको वामपन्थी र प्रजातान्त्रिक आन्दोलनमा महत्त्वपूर्ण भूमिका रहेको छ, ले किन समर्थन गरिरहेका छन् ? अर्का शब्दमा, उनीहरूले आफूलाई त्यो हदसम्म किन गिराइरहेका छन् ?

    यो कुरा निश्चित रूपले भन्न सकिन्छ– उनीहरूको त्यस प्रकारको अन्धभक्ति वा कार्यप्रणालीबाट देशको हित र लोकतन्त्रमा गम्भीर रूपले आघात पुग्नुका साथै दीर्घकालीन रूपमा स्वयम् उनीहरूको सङ्गठनको हितलाई पनि कुठाराघात पुग्न सक्दछ यद्यपि कतिपय अवस्थामा उनीहरूलाई चुनावी सफलता पनि मिल्न सक्दछ तर चुनावी सफलता देशको सम्पूर्ण हितभन्दा माथिको कुरा होइन यद्यपि कतिपय अवस्थामा कथित स्वतन्त्र पार्टीका अध्यक्ष जस्ता व्यक्तिले पनि जनतामा भ्रम फैलाउन सफल भएर ॅरेकर्ड’ बहुमतद्वारा चुनाव जित्न सक्दछन् ।

    अन्त्यमा, ओलीसित सम्बन्धित एउटा अर्को पक्षको पनि चर्चा गर्नु सायद अप्रासङ्गिक हुने छैन । त्यो पक्ष हो– उनको अत्यन्तै निम्न स्तरको, छुद्र, अशिष्ट र अराजनीतिक प्रकारको भाषाशैली । त्यो आम रूपमा थाहा भएको कुरा हो । जे होस्, उनले उनको त्यो शैलीको परम्परालाई अगाडि बढाउने केही ‘योग्य’ उत्तराधिकारी पनि तयार पारेका छन् । त्यसका लागि उनलाई ‘बधाइ’ दिनुपर्दछ ।

    सोमबार, जेठ २८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका
    व्यक्तिगत स्वार्थ
    मीनराज रानाको सङ्क्षिप्त जीवनी
    घण्टीको उपहार र त्रिपुरेश्वरमा जलिरहेका गणेश

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.