काठामाडौं । दैलेखस्थित कर्णाली नदीमाथिको झोलुंगे पुलको लठ्ठा चुँडिएको छ ।
Advertisement
दैलेखको आठबिसबाट अछामको कालेकाडा जोड्ने पुलको लठ्ठा चुँडिदा १४ वटा खच्चड पुलमै फसेका छन्।
आइतबार बिहान करिब १० बजे सामग्री बोकेर खच्चड पुल तर्दै गर्दा लठ्ठा चुँडिएको दैलेखका निमित्त प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद कोइरालाले जानकारी दिए ।
पुलको एकातर्फको लठ्ठा कमजोर रहेको र धेरै खच्चडहरू एकैपटक चढ्न थाल्दा लठ्ठा चुँडिएको कोइरालाले बताए ।
अहिले नजिकका इलाका प्रहरी कार्यालयबाट प्रहरीहरू घटनास्थलमा पुगेर उद्धार कार्य भइरहेको छ भने अछामबाट पनि प्रहरी घटनास्थल पुगेका छन् ।
प्रहरीका अनुसार, खच्चरहरू पुलमाथि हिँडिरहेको अवस्थामा खच्चरको खुट्टा पुलको जालीमा अड्किएपछि पुल कोल्टिँदा खच्चरहरू पुलमै अलपत्र परेका हुन्।
