काठमाडौं । काभ्रेको बनेपामा दुई यातायात व्यवसायी समितिको विवाद झडपमा परिणत भएको छ ।
Advertisement
बुधबार हिमाल–तराई यातायात सेवा प्रालि र अरनिको यातायात सेवा प्रालिका कर्मचारीबीच कुटाकुट भएको छ।
बनेपाको बुडोलस्थित सडकमा अरनिको यातायातका कर्मचारीले बस तेर्स्याएर चक्काजाम गरेपछि भएको विवाद झडपमा परिणत भएको हो ।
सडक खुलाउने प्रयासमा पुगेका ट्राफिक प्रहरीकै सामुन्ने उनीहरूबीच कुटाकुट भएको हो।
अहिले भने अवस्था सामान्य भएको प्रहरीले जनाएको छ।