काठमाडौँ । केन्द्रीय सदस्य केशव बुढाथोकीलाई मातृशोक परेपछि अखिल (छैठौं) ले श्रद्धाञ्जली व्यक्त गरेको छ ।
अध्यक्ष देवेन्द्र कुँवरद्वारा २०८१ जेठ ५ गते शनिबार शोकवक्तव्य जारी गर्दै मृत्यु भएकी ज्ञानाकुमारी बुढाथोकीप्रति श्रद्धाञ्जली व्यक्त गरिएको हो ।
यस्तो छ, शोकवक्तव्य :
“प्युठान जिल्ला मल्लरानी गाउँपालिका वडा नं. १ अर्भाङ निवासी हाम्रो सङ्गठनका केन्द्रीय सदस्य केशव बुढाथोकीकी ममतामयी आमा आदरणीय ज्ञानाकुमारी बुढाथोकीको ६४ वर्षको उमेरमा भएको असमायिक निधनको खबरले हाम्रो सङ्गठन स्तब्ध भएको छ । उहाँको मृत्युप्रति दुःख व्यक्त गर्दै शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछौँ ।
उहाँ लामो समयदेखि क्यान्सर रोगबाट पीडित भई चितवन क्यान्सर अस्पतालमा उपचाररत हुनुहुन्थ्यो । केशवलाई सङ्गठनमा आबद्ध हुन र काम गर्न उहाँको निकै ठुलो भूमिका रहेको थियो ।
अन्त्यमा उहाँप्रति उच्च सम्मान गर्दै सङ्गठनको तर्फबाट हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ ।”
स्मृतिशेष ज्ञानाकुमारी लामो समयदेखि क्यान्सरबाट पीडित हुनुहुन्थ्यो ।