• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

हावाहुरी तथा असिनापीडित किसानलाई क्षतिपूर्ति दिन किसान महासंघको माग

"अखिल नेपाल बिउबिजन, तरकारी तथा फलफूल उत्पादक किसान संघद्वारा पनि वक्तव्य प्रसारित "

  •   आइतबार, बैशाख ०७, २०७७ मा प्रकाशित
  • काठमाडौँ । अखिल नेपाल किसान महासङ्घ (अप्फा) ले वैशाख ६ गते आएको हावाहुरी तथा असिनापीडित बारा, पर्सा र रौटहत जिल्लाका किसानलाई क्षतिपूर्ति दिन माग गरेको छ । महासङ्घका अध्यक्ष भैरवराज रेग्मीको हस्ताक्षरमा २०७७ वैशाख ७ गते जारी प्रेसवक्तव्य मार्फत् सो माग गरिएको हो ।

    Advertisement

    कृषि उत्पादनको वितरणसहित आपूर्ति व्यवस्थापन, कृषि प्राविधिकको सुरक्षित परिचालन, भारतसितको सिमानाको प्रभावकारी सिलबन्दी र कोरोना प्रभावित विपन्न तप्काका लागि निस्पक्ष राहत वितरणमा जोड दिइएको वक्तव्यको पूर्ण पाठ यस प्रकार रहेको छ:

    “१. २०७७ वैशाख ६ गते आएको हावाहुरी र असिनाले बारा, पर्सा र रौटहत जिल्लामा कृषिबालीमा करोडौँको क्षति पुग्न गएको छ । केराखेती, तरकारी बाली, गहुँखेती असिनाले पूरै नष्ट पारेको छ । कोरोना भाइरसको यो महामारीमा थप अर्को प्राकृतिक महामारी किसानमाथि थोपरिएको छ । यसको क्षतिपूर्तिका लागि नेपाल सरकारले तुरुन्त पहल गर्न माग गर्दछ ।

    २. कृषि उत्पादन (फलफूल, तरकारी र कुखुरा अण्डा) को वितरण र त्यसमाथि उपभोक्ताको पहुँचमा नेपाल सरकारको सम्पन्न लगभग असफल भएको छ । अहिले पनि दुध, फलफूल, तरकारी, माछामासु, अण्डा, उपभोक्तामाझ अभाव भइरहेको छ भने किसानको खेतबारी, खोर र गोठमा आफ्ना उत्पादन खेर गइरहेको छ । यो लकडाउन अवधिमा पनि आपूर्ति व्यवस्थापनमा राज्यका सबै संयन्त्र परिचालन गरिएका छैनन् । यसलाई अलिवम्ब सुचारु गर्न माग गर्दछ ।

    ३. नेपाल सरकारका कृषि प्राविधिक (केन्द्र, प्रदेश र स्थानीय क्षेत्रमा) लकडाउनको नाममा घर बसिरहेका छन् । यो महामारीमा उनीहरू सुरक्षित रूपले कृषि उत्पादन र वितरणमा सक्रिय रूपमा लाग्नुपर्नेमा यसरी घरमै बस्ने व्यवस्थाले नेपाल सरकारको चरम लापरबाही देखिएको छ । यसको घोर भत्र्सना गर्दै सरकारका सबै कृषि प्राविधिक सुरक्षित तरिकाले कृषि उत्पादन र वितरणमा परिचालित भई किसानलाई सहज तुल्याउन माग गर्दछ ।

    ४. तराई क्षेत्रमा ठुलो सङ्ख्यामा नेपाली सीमाभित्र प्रवेश गरेका भारतीय, जसमा अपराधीसमेत रहेका छन्, बाट मिलेर काठ तष्करलगायत अन्य गैरकानुनी गतिविधि बढाइरहेका छन् । गाउँभित्र मकै, उखुबालीभित्र लुकेर बस्ने र उनीहरूको गतिविधिको रिपोर्ट गर्ने जनतालाई धम्की दिने कामले तराईका गाउँले आतङ्कित भइरहेका छन् । यसरी सीमाक्षेत्रलाई प्रभावकारी रूपमा सिलबन्दी गर्ने कुरामा सरकारको ध्यान पुगेको छैन ।

    ५. राहत वितरणमा प्रभावकारी भूमिका भइरहेको छैन । जेजति अन्यन्त न्यून राहत वितरण भएको छ, त्यसमाथि गरिब, सुकुम्वासी र कृषि मजदुरलाई होइन, सत्तावरिपरिका धनीलाई वितरण गर्ने काम भइरहेको छ । यसले गर्दा राहत सामग्री बिचैमा लुट्ने, यस प्रकारका राहत वितरणमा अनियमितताका क्रियाकलापका विरुद्ध पीडित जनता आन्दोलित भइरहेका छन् । राहत वास्तविक जनताले पाउने व्यवस्था मिलाउन सरकारसँग माग गर्दछ ।”

    त्यसैगरी, किसान महासङ्घको आङ्गिक सङ्गठन अखिल नेपाल बिउबिजन, तरकारी तथा फलफूल उत्पादक किसान सङ्घले पनि वैशाख ७ गते नै वक्तव्य प्रसारी गरी कृषि उत्पादनको ढुवानी व्यवस्थापन, किसानका लागि आवश्यक सामग्री तथा सेवाको सहज पहुँच, बजारीकरण, प्राकृतिक प्रकोपबापत्को क्षतिपूर्तिलगायतका विषयमा ध्यान दिन सरकारसित आग्रह गरिएको छ । सो सङ्गठनका अध्यक्ष शिवहरि खनालको हस्ताक्षरमा जारी प्रेसवक्तव्यमा भनिएको छ :

    “अहिले सम्पूर्ण विश्वमा नै कोरोना भाइरसका कारण उत्पन्न सङ्कटले सबै क्षेत्रमा प्रभाव पारेको भएता पनि मुख्य गरी किसानमा यसको दुरगामी असर परेको छ । तरकारी तथा फलफूल उत्पादक किसानको समस्या र समाधानका लागि आवश्यक पहल चाल्नका लागि निमित्त यस वक्तव्य जारी गरिएको छ ।

    १. हाल देशका विभिन्न स्थानमा किसानले उत्पादन गरेको तरकारी तथा फलफूल लकडाउनका कारण बजारसम्म ढुवानी गर्न समस्या परिरहेको छ । किसानको उत्पादनलाई सहज रूपमा बजारसम्म सुरक्षित उपायबाट पु¥याउन जोडदार माग गर्दछौँ । यसका लागि स्थानीय स्तरमा संयन्त्र निर्माण गरी परिचालन गर्न जरुरी छ ।

    २. एकातिर किसानका उत्पादित वस्तुहरू बजारसम्म पु¥याउन नसक्दा कुहिएर तथा बिग्रिएर नास भएको छ भने अर्कातर्फ, उपभोक्ताहरूले कम आपूर्तिका कारण महङ्गो मूल्य पनि तिर्नुपरिरहेकाले यसको अन्त्य हुन जरुरी छ ।

    ३. किसानलाई आवश्यक पर्ने बिउबिजन, मलखाद, विषादिलगायत उत्पादन तथा भित्राउनका लागि आवश्यक सम्पूर्ण सामग्री सहज र सरल तरिकाले किसानको खेतबारी र बगैँचामा उपलब्ध गराउनुपर्दछ ।

    ४. स्थानीय तहले किसानका उत्पादन (तरकारी, फलफूल) लाई खरिद गरी बजारीकरणको व्यवस्था गर्नुपर्दछ । साथै भविष्यमा आइपर्न सक्ने खाद्यान्न सङ्कट हटाउन तरकारी, फलफूल तथा बिउ उत्पादन र संरक्षणमा जोड दिनुपर्दछ ।

    ५. हाल लकडाउनको कारण कृषि कार्यालय बन्द रहेकाले किसानले कर्मचारी तथा कृषि प्राविधिकसँग सम्पर्क र परामर्श लिन पाएका छैनन् । परिणामस्वरूप रोग, किरा व्यवस्थापनमा समस्या परेको र अन्य प्राविधिक सेवाबाट वञ्चित हुनुपरेको छ ।

    ६. कोरोना भाइरसका कारण किसानलाई पर्न गएको आर्थिक क्षतिलाई मध्यनजर गर्दै सरकारको तर्फबाट तत्काल राहत प्याकेज घोषणा हुन जरुरी छ । साथै हालै भएको प्राकृतिक प्रकोप (हाराहुरी, असिनापानी) बाट किसानको तरकारी तथा फलफूल बालीमा पुगेको नोक्सानीको क्षतिपूर्ति प्रदान गर्न पनि जोडदार आह्वान गर्दछ ।”

    आइतबार, बैशाख ०७, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु
    मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण
    ‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन
    कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.