• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

वेदकालीन समाज

डिएनए रिपोर्टको प्रतीक्षामै बित्यो बाँकेका प्रभावितको बडादसैँ

मौलिक संस्कृति जोगाउन सहरमै सरायनाच

नवनियुक्त आनीको विरोध गर्दा लुम्बिनी बचाऊ महाअभियानका संयोजक पक्राउ

एनपिएल : सुदूरपश्चिममाथि लुम्बिनीको जित

इथियोपियाको ओरोमियामा ४० बढीको हत्या

मधेसमा विकृति बन्दै मृत्युभोज

बाँकेमा तेस्रो अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिप हुँदै

गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ९. प्राकृतिक र राजनीतिक प्रतिकूलतामाझ मनाइँदै चाडपर्व

  • १०. रङ्गीन फूलको एउटै माला बनाऔँ

संसद विकास कोषमा साढे २२ अर्ब, डाक्टर र सुरक्षाकर्मीको तलब काटेर कोरोना कोष


  •   शुक्रबार, बैशाख ०५, २०७७ मा प्रकाशित
  • काठमाडौं । सरकारले कोरोनाभाइरस रोकथाम, नियन्त्रण तथा उपचारका लागि बनाइएको कोषमा सुरक्षाकर्मीलाई ३ देखि ७ दिनसम्मको तलब काटेर जम्मा गर्न परिपत्र गरेपछि त्यसको सर्वत्र आलोचना भयो । महामारी विरुद्ध अग्रमोर्चामा खट्ने स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीलाई थप प्रोत्साहन दिनुको सट्टा उनीहरुकै तलब कटौती गर्ने कुरालाई सामान्य मान्न सकिँदैन ।

    Advertisement

    सरकारले खडा गरेको सो कोषमा विभिन्न दातृ संस्था तथा व्यक्तिहरुले सक्दो सहयोग गरेका छन् । सरकारले सुरुमा ५० करोड जम्मा गरेर सुरु गरेको सो कोषमा दुई अर्ब भन्दा बढी रुपैयाँ जम्मा भइसकेको छ । तर, तयसको खर्च कहाँ कसरी भइरहेको छ भन्नेबारे जनतालाई स्पष्ट पारिएको छैन ।

    यसबाहेक विश्व बैंकले प्राकृतिक प्रकोप तथा स्वास्थ्यसम्बन्धी विपद् न्यूनिकरणका लागि नेपाललाई ६ अर्ब रुपैयाँ (५० मिलियन अमेरिकी डलर) बराबरको ऋण सहयोग गरेको छ । यसअघि कोरोना महामारीसँग जुध्न विश्व बैंकले २९ मिलियन अमेरिकी डलर (३ अर्ब ४३ करोड रुपैयाँ) ऋण सहायता घोषणा गरिसकेको छ । योसँगै कोरोना महामारीका लागि विश्व बैंकको सहयोग ९ अर्ब ४३ करोड पुग्नेछ । ३ वर्षका लागि विश्व बैंकले दिने यो सहुलियत ऋण हो । उक्त अवधिसम्म खर्च नभएमा बाकी ३ वर्ष अवधि थप्न सकिन्छ ।

    तर, नेपालमा सांसद विकास कोषका नाममा जम्मा भएको ठुलो रकम प्रत्येक वर्ष दुरुपयोग हुने गरेको विज्ञहरु बताउँछन् । सातै प्रदेशमा गरी सांसद विकास कोषको रकम २२ अर्ब ३९ करोड रुपैयाँ सुरक्षित छ । सोही कोषलाई कोरोना संक्रमण रोकथाम तथा उपचार कोषमा परिणत गर्नुपर्ने विभिन्न क्षेत्रबाट आवाज उठेको छ ।

    यो पनि पढ्नुहोस्ः सांसद थापाको अपिलः निर्वाचन क्षेत्र विकास कोषलाई कोरोना नियन्त्रण कोषमा रुपान्तरण गरौं

    सांसद विकास कोषमा संघमा ९ अर्ब ९० करोड रुपैयाँ सुरक्षित छ । यस्तै, प्रदेश १ मा १ अर्ब ८८ करोड, प्रदेश २ मा २ अर्ब ३५ करोड, बागमतीमा १ अर्ब ९८ करोड, गण्डकीमा ७२ करोड, प्रदेश ५ मा १ अर्ब, कर्णालीमा ३ अर्ब ६० करोड र सुदूरपश्चिम प्रदेशमा ९६ करोड रुपैयाँ गरी जम्मा २२ अर्ब ३९ करोड रुपैयाँ छ ।

    एकातिर सरकारले सामान्य कर्मचारीहरुको तलब कट्टा गरी कोषमा जम्मा गरिरहेको छ भने अर्कातिर खर्च हुन नसकेर रहेका वा सांसद विकास कोषका नाममा अर्बौका कोष खडा गरी पार्टी कार्याकता तथा आसेपासेलाई पोस्ने काम भइरहेको छ ।

    शुक्रबार, बैशाख ०५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    असोजमा पाँच अर्ब ९२ करोड को विद्युत् निर्यात
    क्रस बोर्डर टुरिजम कनेक्ट–२०२६ कात्तिक ९–११ गते चितवनमा
    तनहुँ आयोजनाका चार झोलुङ्गे पुल पुनर्निर्माण हुने
    टेस्ला र स्पेसएक्स गाभिएर बलियो बहुराष्ट्रिय कम्पनी बन्दै
    सरकारको रवैयाबाट सहकारी ठग उत्साहित, जिबी भन्छन्– सार्वजनिक हुने हिम्मत आएको छ
    तातोपानी नाका तीन दिन खुल्दै

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      वेदकालीन समाज

    • २.
      डिएनए रिपोर्टको प्रतीक्षामै बित्यो बाँकेका प्रभावितको बडादसैँ

    • ३.
      मौलिक संस्कृति जोगाउन सहरमै सरायनाच

    • ४.
      नवनियुक्त आनीको विरोध गर्दा लुम्बिनी बचाऊ महाअभियानका संयोजक पक्राउ

    • ५.
      एनपिएल : सुदूरपश्चिममाथि लुम्बिनीको जित

    • ६.
      इथियोपियाको ओरोमियामा ४० बढीको हत्या

    • ७.
      मधेसमा विकृति बन्दै मृत्युभोज

    • ८.
      बाँकेमा तेस्रो अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिप हुँदै

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.