• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

लेनिन महान्


  •   सोमबार, बैशाख १०, २०८१ मा प्रकाशित
  • मोहनविक्रम सिंह ##

    Advertisement

    लेनिनको सबैभन्दा ठुलो र ऐतिहासिक महत्त्व यो कुरामा छ कि उनको नेतृत्वमा नै मानवजातिको इतिहासमा पहिलोपटक समाजवादी क्रान्ति सफल भयो ।

    उनको त्यस प्रकारको भूमिकाका अभावमा माक्र्सवाद एउटा काल्पनिक विषय मात्र रहन्थ्यो । उनको त्यस प्रकारको भूमिकालाई विश्वका नै महान् दार्शनिक प्लेटोसित तुलना गर्न सकिन्छ । प्लेटोको भूमिकाको अभावमा सुकरातले दर्शनको क्षेत्रमा त्यो महत्त्व प्राप्त गर्ने थिएनन्, जो उनलाई प्राप्त भयो । त्यही कुरा माक्र्सको विषयमा पनि भन्न सकिन्छ । लेनिनको क्रान्तिकारी भूमिकाको अभावमा माक्र्सवादलाई त्यो महत्त्व प्राप्त हुने थिएन, जो उनलाई प्राप्त भयो ।

    लेनिनको महत्त्व उनको नेतृत्वमा पहिलोपटक समाजवादी क्रान्ति भएको र उनले सैद्धान्तिक क्षेत्रमा माक्र्सवादको महत्त्वपूर्ण सिर्जनात्मक विकास गरेको कुरामा मात्र छैन, उनको महत्त्व माक्र्सवादलाई उच्च महत्त्व प्रदान गरेको कुरामा पनि छ । त्यस अर्थमा नै उनको तुलना विश्वका महान् दार्शनिक प्लेटोसित हुन सक्दछ भनिएको हो ।

    माक्र्सवादको विकास पुँजीवादको उच्च विकास भएको युरोपका देशमा भएको थियो । विरोधीले यो आलोचना गरेका थिए कि रुस पुँजीवादको विकासको दृष्टिकोणले धेरै पछाडि भएको हुनाले त्यहाँ समाजवादी क्रान्ति सम्भव हुँदैन तर रुसको बेग्लै प्रकारको तथा विशिष्ट परिस्थितिमा पनि लेनिनले समाजवादी क्रान्ति अगाडि बढाए र त्यसलाई सफल पारे । माक्र्सवादको सिर्जनात्मक विकासको अभावमा त्यहाँ समाजवादी क्रान्ति सफल हुन सम्भव थिएन । पछि पुँजीवादी विकासको दृष्टिकोणले धेरै पछाडि रहेको अर्धसामन्ती र अर्धऔपनिवेशिक देश चीनमा नयाँ जनवादी क्रान्तिको रूपमा समाजवादी क्रान्तिलाई अगाडि बढाएर लेनिनले माक्र्सवादमा गरेको सिर्जनात्मक विकासलाई माओले अरू उच्च रूपमा अगाडि बढाएका थिए । त्यसरी माक्र्सवाद–लेनिनवाद र माओत्सेतुङ विचारधारा विश्व समाजवादी आन्दोलनका तीन महत्त्वपूर्ण कडी हुन् ।

    माक्र्सको समयमा पुँजीवाद प्रतियोगितात्मक पुँजीवादका रूपमा थियो । लेनिनको समयमा त्यसले साम्राज्यवादको रूप लिएको थियो । त्यो अवस्थामा आफ्नो साम्राज्यवादी स्वरूपका कारणले पुँजीवाद आफ्ना आन्तरिक अन्तरविरोधबाट माथि उठेको र त्यसमा स्थायित्व आएको कतिपय विद्वान्ले दाबी गरेका थिए ।

    त्यसबारे लेनिनले यो व्याख्या प्रस्तुत गरेका थिए कि साम्राज्यवादी अवस्थामा पुँजीवादका लागि बजारको आवश्यकता झन् बढेर जान्छ । त्यसकारण साम्राज्यवादी शक्तिका बिचमा बजारका लागि अन्तरसङ्घर्ष झन् बढ्छ । त्यही प्रकारको पृष्ठभूमिमा नै प्रथम विश्वयुद्ध भएको थियो ।

    द्वितीय विश्वयुद्धका पछाडि पनि साम्राज्यवादीका बिचको त्यही प्रकारको अन्तर्विरोधले नै काम गरेको थियो । त्यसरी लेनिनको साम्राज्यवादसम्बन्धी व्याख्याले अहिलेको भूमण्डलीकरणपछिको साम्राज्यवादको चरित्रलाई बुझ्न पनि मदत गर्छ । अहिले पनि विश्वमा तेस्रो विश्वयुद्ध वा आणविक युद्धसमेतको जुन खतरा बढ्दै गइरहेको छ, त्यसका पछाडि साम्राज्यवादी शक्तिका बिचमा अन्तर्विरोध नै मुख्य रूपमा जिम्मेवार छ । साम्राज्यवादले विभिन्न देशका लोकतान्त्रिक प्रणालीलाई पनि फासिस्ट रूप दिने काम गरिरहेको छ । अहिले त्यस प्रकारको प्रक्रियाले विश्वव्यापी रूपमा नै तीव्र रूप लिँदै गइरहेको छ । अन्तर्राष्ट्रिय रूपमा साम्राज्यवाद र फासिवादका विरुद्धको एकताबद्ध आन्दोलन बढाएर नै हामीले त्यस प्रकारको प्रक्रियालाई रोक्न सक्दछौँ र रोक्नु पनि पर्दछ । त्यस प्रकारको साम्राज्यवाद र फासिवाद विरोधी आन्दोलनमा नै मानवजातिको भविष्य निर्भर गर्दछ ।

    यो थाहा भएको कुरा हो कि माक्र्सवादी दर्शनमा द्वन्द्ववादले ठुलो महत्त्व राख्दछ तर द्वन्द्ववाद माक्र्सको मौलिक सिद्धान्त होइन, हेगेलको द्वन्द्ववाद आदर्शवादी द्वन्द्ववाद थियो । त्यसलाई भौतिकवादी रूप दिएर अर्थात् माक्र्सको शब्दमा टाउकाको बलमा उभिएको द्वन्द्ववादलाई खुट्टाको बलमा खडा गरेर उनले द्वन्द्ववादलाई भौतिकवादी रूप दिएर द्वन्द्वात्मक भौतिकवादको सिद्धान्तको प्रतिपादन गरे । उनले त्यही सिद्धान्तलाई इतिहास र समाजको विकासको क्षेत्रमा प्रयोग गरे, त्यसैलाई ऐतिहासिक भौतिकवाद भनिन्छ । माक्र्सको द्वन्द्वात्मक भौतिकवादको सिद्धान्तलाई लेनिनले राजनीतिमा, मुख्य रूपले कम्युनिस्ट आन्दोलनमा अत्यन्त सफलता वा कुशलतापूर्वक प्रयोग गरेका थिए ।

    द्वन्द्ववादको सिद्धान्तको उनको प्रयोगको कुशलता कुनै पनि स्थितिलाई समग्र रूपमा बुझेर तात्कालिक नीति वा कार्यनीति निर्धारण गर्ने, कुनै चिजभित्रको सकारात्मक र नकारात्मक पक्षलाई ठिकसित बुझेर सकारात्मक पक्षको कार्यान्वयनमा जोड दिने र परिस्थितिको ठोस विश्लेषण गरेर ठोस नीति निर्धारण गर्ने आदि कुरामा उच्चतम् रूपमा पाइन्छ । लेनिनले यो कुरामा जोड दिने गरेका छन् कि एउटा कम्युनिस्ट त्यो बेला नै सच्चा कम्युनिस्ट बन्न सक्दछ, जब उसले दर्शनको अध्ययन गर्दछ । दर्शनको अध्ययनको अर्थ हो– मुख्य रूपमा द्वन्द्वात्मक भौतिकवादको अध्ययन । त्यसको अध्ययनको अर्थ ज्ञान प्राप्त गर्नु मात्र नभएर द्वन्द्ववादको प्रकाशमा चिजलाई सही परिप्रेक्ष्यमा बुझ्नु र त्यसअनुसार व्यवहार गर्नु पनि हो । त्यस प्रकारको उच्च क्षमताले नै उनी सच्चा माक्र्सवादी, महान् क्रान्तिकारी र सच्चा अर्थमा लेनिन पनि बनेका थिए । लेनिनलाई ठिकसँग बुझ्न हामीले उनलाई यी सबै विशेषताको पृष्ठभूमिमा समग्र रूपले नै बुझ्नुपर्दछ र लेनिनलाई अनुकरण गर्नु भन्नुको अर्थ उनका ती विशेषतालाई आत्मसात गर्नु नै हुन्छ ।

    लेनिनको एउटा अर्को महत्त्वपूर्ण देन कम्युनिस्ट पार्टीलाई ठोस सङ्गठनात्मक धरातलमा खडा गर्नु र त्यसलाई क्रान्तिकारी रूप प्रदान गर्नु पनि हो । माक्र्स, एङ्गेल्सले कम्युनिस्ट पार्टीको दर्शनको बिजारोपण गरेका थिए तर त्यसलाई उनीहरूले कुनै ठोस सङ्गठनात्मक रूप दिन सकेका थिएनन् । त्यसैले उनीहरूले गठन गरेको कम्युनिस्ट लिगको छिट्टै नै विघटन भएको थियो । प्रथम र द्वितीय अन्तर्राष्ट्रियको कालमा पनि त्यो बेलाको समाजवादी आन्दोलनले सङ्गठनात्मक दृष्टिकोणले कुनै ठोस रूप ग्रहण गर्न सकेको थिएन । कम्युनिस्ट लिग र दुवै अन्तर्राष्ट्रियको अनुभवमाथि ध्यान दिँदै लेनिनले कम्युनिस्ट पार्टी गठन गर्ने र त्यसलाई बेग्लै प्रकारको सङ्गठनात्मक ढाँचामा स्थापित गर्ने प्रयत्न गरे । लेनिनको जोड यो कुरामा थियो कि सर्वहारा वर्गको पार्टी बुर्जुवा पार्टीको जस्तो खुकुलो प्रकारको सङ्गठन नभएर, त्यो बेग्लै प्रकारको सङ्गठित अनुशासित र उच्च प्रकारको सर्वहारा विश्वदृष्टिकोणद्वारा ओतप्रोत पार्टी हुनुपर्छ । त्यस प्रकारको पार्टीले मात्र सर्वहारा क्रान्तिको नेतृत्व गर्न सक्छ । लेनिनले आफ्नो जीवनकालमा नै त्यस प्रकारको पार्टीको निर्माण गरे र त्यसको नेतृत्वमा रुसमा समाजवादी क्रान्ति पनि सफल पारे । निश्चय नै विश्व कम्युनिस्ट आन्दोलनको इतिहासमा त्यो नै सम्भवतः उनको सबैभन्दा ठुलो देन थियो ।

    आज विश्व कम्युनिस्ट आन्दोलन धेरै नै कमजोर भएको छ र रक्षात्मक अवस्थामा पुगेको छ । पहिले समाजवादी व्यवस्था कायम भएका देशमा पुँजीवादको पुनस्र्थापना मात्र भएको छैन, अन्य देशका कम्युनिस्ट पार्टीमा पनि कम्युनिस्ट चरित्रको धेरै नै ह्रास हुँदै गइरहेको छ । कम्युनिस्ट पार्टीहरूको अहिलेको यथास्थिति कायम रह्यो भने यो निश्चित छ, कम्युनिस्ट आन्दोलन अरू पतनोन्मुख दिशामा अग्रसर हुँदै जाने छ । हामीले त्यो प्रक्रियालाई रोक्नुपर्दछ र त्यसरी नै अहिलेको विश्व कम्युनिस्ट आन्दोलन अगाडि बढ्न सक्ने छ । त्यो दिशामा कसरी बढ्ने वा कसरी बढ्नु सम्भव हुने छ ? त्यसको सही जवाफ खोज्ने उत्तरदायित्व विश्वका कम्युनिस्टको काँधमा आएको छ । उनीहरू कहाँसम्म त्यस प्रकारको सही जवाफ खोज्न सफल हुने छन,् त्यसमाथि नै विश्व कम्युनिस्ट आन्दोलनको भविष्य निर्भर गर्ने छ । निश्चय नै यो कुरा उपरी र आत्मगत रूपमा नै सत्य हो । कम्युनिस्ट आन्दोलनको भविष्यलाई निर्धारित गर्ने निर्णयात्मक पक्ष भौतिक परिस्थिति नै हो । भौतिक परिस्थितिले मुख्य रूपले उत्पादक शक्तिमा भइरहेको सामाजिकीकरणको प्रक्रियाका कारणले लगातार र तीव्र गतिले समाजवादको पक्षमा आधार तयार पार्दै गइरहेको छ र अन्तमा त्यसको विजय निश्चित छ । यदि अहिलेका कम्युनिस्टले त्यो जिम्मेवारी पूरा गर्न नसकेमा भौतिक परिस्थितिले नै नयाँ क्रान्तिकारी शक्तिलाई जन्म दिने छ र क्रान्तिकारी आन्दोलन पुनः नयाँ वेगले अगाडि बढ्ने छ ।

    विश्व कम्युनिस्ट आन्दोलनलाई आजको पतनोन्मुख अवस्थाबाट माथि उठाएर त्यसलाई क्रान्तिकारी र शक्तिशाली रूप दिने कार्य सर्वप्रथम र मुख्य रूपले एकातिर, माक्र्सवादी–लेनिनवादी दर्शनको वा त्यसले प्रतिष्ठापित गरेको सर्वहारा विश्वदृष्टिकोण तथा अर्कातिर, लेनिनवादी सङ्गठनात्मक प्रणालीका आधारमा नै हुन सक्दछ

    यो सत्यलाई हामीले स्वीकार गर्नै पर्दछ कि आज विश्वस्तरमा नै कम्युनिस्टको क्रान्तिकारी स्पिरिटमा धेरै नै ह्रास भएको छ । माक्र्सले यो कुरामा जोड दिएका थिए कि अहिलेका कम्युनिस्टहरू भविष्यको साम्यवादी समाजका नागरिक जस्तै हुनुपर्दछ । त्यसको अर्थ हो– अहिलेका कम्युनिस्टको दृष्टिकोण चेतना वा सांस्कृतिक स्तर भावी कम्युनिस्ट समाजका नागरिकको दृष्टिकोण चेतना वा सांस्कृतिक स्तरअनुरूप हुनुपर्दछ । माक्र्सवादी–लेनिनवादी दर्शन र विश्वदृष्टिकोणको शिक्षा र दीक्षाले नै अहिलेका कम्युनिस्टलाई त्यो स्तरमा माथि उठाउन सक्ने छ । त्यसको अभावमा हाम्रो चिन्तन वा दृष्टिकोणको स्तर पुँजीवादी वा निम्न पुँजीवादी स्तरको नै हुने छ । हामीले इमानदारितापूर्वक यो कुराको समीक्षा वा आत्मालोचना गर्नुपर्दछ । त्यस प्रकारको पुँजीवादी वा निम्न पुँजीवादी स्तरबाट हामी कहाँसम्म माथि उठ्न सकेका छौँ ? हामीले कम्युनिस्ट आन्दोलनलाई कहाँसम्म क्रान्तिकारी रूपान्तरण गर्न सक्दछौँ ? त्यसको जवाफ त्यही प्रश्नको उत्तरमाथि निर्भर गर्ने छ ।

    पुँजीवादले हामीलाई व्यक्तिगत स्वार्थको वरिपरि नै गोलचक्कर लगाउन सिकाउँछ । एउटा कम्युनिस्ट जति त्यो गोलचक्करबाट बाहिर निस्कन सक्छ, त्यति नै ऊ सच्चा कम्युनिस्ट बन्दै जाने छ । व्यक्तिगत स्वार्थको घेराबाट बाहिर निस्केर सम्पूर्ण मिहिनेतकस जनता, समाज वा पार्टी र क्रान्तिको लागि आफूलाई समर्पण गर्ने उच्च क्रान्तिकारी दृष्टिकोणको हामीमा जति विकास हुँदै जाने छ, त्यति नै हामी सही अर्थमा कम्युनिस्ट बन्दै जान सक्ने छौँ । सर्वहारा क्रान्तिकारी विश्व दृष्टिकोणले नै हामीलाई त्यसका लागि समर्थ बनाउँछ र माक्र्सवादी लेनिनवादी दर्शनले नै त्यसका लागि मार्गप्रशस्त गर्दछ ।

    हाम्रो माक्र्सवादी–लेनिनवादी समझदारी वा सर्वहारा विश्वदृष्टिकोणमा ह्रासको असर कम्युनिस्ट पार्टीको लेनिनवादी सङ्गठनात्मक प्रणालीमा पनि परेको छ ।

    यो थाहा भएकै कुरा हो कि लेनिनको जनवादी केन्द्रीयतामा आधारित सङ्गठनात्मक प्रणाली र अराजकतावादका बिचमा सधैँ नै द्वन्द्व चल्दै आएको छ ।

    अराजकतावादको केन्द्रमा व्यक्ति र त्यसको स्वच्छन्द चिन्तन प्रणाली हुन्छ । जनवादी केन्द्रीयताको आधारशिला सामूहिकता हुन्छ र त्यसले सबै व्यक्ति र समाजलाई सामूहिक हितको मातहतमा राख्दछ तर अराजकतावाद वा व्यक्तिवाद त्यसको ठिक विपरीत हुन्छ । जुन व्यक्तिले आफूलाई समाज वा पार्टी र क्रान्तिको हितभन्दा माथि राख्दछन्, उनीहरूका लागि जनवादी केन्द्रीयताको सिद्धान्तअनुरूप अनुशासनमा बस्नु सम्भव नै हुँदैन । त्यस प्रकारका व्यक्तिका लागि लेनिनवादी सङ्गठनात्मक प्रणाली अवरोध वा अभिशाप बन्दछ । त्यसैले कम्युनिस्ट आन्दोलनको जति जति क्रान्तिकारी सिद्धान्तबाट पतन हुँदै गयो, कम्युनिस्ट पार्टी लेनिनवादी सङ्गठनात्मक प्रणालीबाट पनि विचलन हुँदै गयो । त्यही अनुपातमा विश्वस्तरमा नै कम्युनिस्ट आन्दोलन कमजोर हुँदै गयो । त्यस प्रकारको पृष्ठभूमिमा कम्युनिस्ट आन्दोलनलाई लेनिनवादी सङ्गठनात्मक प्रणालीअनुरूपको ढाँचामा पुननिर्माण नगरिकन त्यसलाई शक्तिशाली बनाउने कुराको कल्पना पनि गर्न सकिन्न ।

    अन्तमा, आजको विश्व कम्युनिस्ट आन्दोलनको मुख्य समस्या सैद्धान्तिक नै हो । माक्र्सवादी–लेनिनवादी क्रान्तिकारी सिद्धान्तका आधारमा नै विश्वमा क्रान्तिकारी कम्युनिस्ट आन्दोलन अगाडि बढेको हो र त्यसमा आएको वैचारिक ह्रासका कारणले नै आज विश्व कम्युनिस्ट आन्दोलन कमजोर हुन गएको छ ।

    त्यसकारण त्यसलाई अगाडि बढाउनको लागि पुनः सैद्धान्तिक स्पष्टता र दृढताको नै आवश्यकता छ ।

    सोमबार, बैशाख १०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका
    व्यक्तिगत स्वार्थ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.