• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, भदौ २६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

विदेशबाट फर्किएका युवा भेडापालनमा

जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

गुल्मीमा ३८ जातका कफीको परीक्षण

सिभिल सहकारी ठगीमा तामाङलाई पाँच वर्ष कैद सजाय

लोकप्रिय समाचार

  • १. विपत्तिकाे सामना

  • २. शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

  • ३. स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

  • ४. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

  • ५. ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

  • ६. १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

  • ७. बाढीप्रभावित नुवाकोटमा मसालका महामन्त्री सिंहको स्थलगत अनुगमन

  • ८. मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक मञ्चन (फोटासहित)

  • ९. युगदर्शन साप्ताहिकको आठौँ वर्षप्रवेशप्रति मूल प्रवाहको शुभकामना

  • १०. बिकानेरमा मूल प्रवाहको महिला नगर विभाग पुनर्गठन

सीमा पारिका दुई हजार नेपालीको व्यवस्थापन गर्न नसक्नु सरकारको नालायकिपन हो


  •   बुधबार, बैशाख ०३, २०७७ मा प्रकाशित
  • चित्रबहादुर केसी, अध्यक्ष, राष्ट्रिय जनमोर्चा

    Advertisement

    लकडाउनका कारण यतिबेला देशको राजनीतिक सुन्य प्रायः छ । नेताहरु घरमै बसेर पुस्तक पढ्ने र आफ्ना आफन्त एवं पार्टीका नेता कार्यकर्ताहरुसँग टेलिफोनबाट सम्पर्क गर्ने गरेका छन् । लकडाउनका क्रममा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको दिनचर्या कसरी चलिरहेको छ, अहिलेको कोरोना संक्रमण विरुद्ध सरकारको तयारीलाई उहाँले कसरी हेर्नुभएको छ वा सरकारलाई के सुझाव दिन चाहनुहुन्छ लगायतका केही समसामयिक विषयमा हामीले संक्षिप्त कुराकानी गरेका छौं । प्रस्तुत छ, केसीसँगको अन्तर्वार्ता:

    सरकारले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि गरिरहेको तयारीलाई कसरी लिनुभएको छ ?
    अहिलेको अवस्थामा युद्धस्तरमा काम काम हुनुपर्ने थियो । तर सरकारको काम अत्यन्तै कमजोर देखिन्छ । सरकारको तयारी कुनै महामारी वा विषेश परिस्थितिको जस्तो नभएर सामान्य अवस्थामा जस्तो कामकारबाही गरिरहेको छ ।
    कोरोनाको हल्ला खल्ला त नेपालमा गत मंसिर पुषदेखि नै चलेको हो नि । चीनको वुहानमा कोरोना फैलिएसँगै विश्व स्वास्थ्य संगठनले नेपालमा पनि यसको जोखिम हुनसक्छ भनेर चेतावनी दिएको थियो । त्यतिबेलैदेखि हामीसँग प्रसस्त समय थियो । तर, सरकारले त्यो समयको सदुपयोग गरेन । अब नेपालमा पनि कोरोना फैलिन सुरु गरेको छ । तर, हाम्रो तयारी हेर्दा अत्यन्त कमजोर प्रकारको छ । अवस्था बिग्रँदै गयो भने सरकारलाई सम्हाल्न हम्मे हम्मे हुन सक्छ ।

    नेपालमा संक्रमितको संख्या बढ्दै गयो भने उपचारको व्यवस्थापन कसरी होला ?
    अहिले सरकारी तथ्यांकले १२/१३ जनामा कोरोना संक्रमण भएको देखाएको छ । तर, अवस्था हेर्दा यतिमात्रै होला भनेर पत्याउन मस्किल पर्छ । सरकारले राम्रोसँग परीक्षण गरेकै छैन । स्वास्थ्यकर्मीहरुलाई सुरक्षाका साधन (पीपीई) दिन सकेको छैन । जहाँ जति दिएको छ, त्यो अपुरो छ । स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई सुरक्षाका साधन दिएर बढी भन्दा बढी मानिसको स्वास्थ्य परीक्षण गर्नसके मात्रै अवस्था के हो भन्न सकिन्छ । अहिलेको यस्तो तयारीले कतिजनामा कोरोना संक्रमण फैलिएको छ भनेर ठम्याउन मुस्किल परेको छ । अब महामारी फैलिइहाल्यो भने पनि अस्पताल र स्वास्थ्य सामाग्रीको अभाव देखिन्छ ।

    स्वास्थ्य सामाग्री खरिदमा कमिसनको खेल भएको कुरा पनि बाहिर आयो नि, यसलाई कसरी लिनुभएको छ ?
    विपदको बेलामा स्वास्थ्य उपकरण खरिदबाट फाइदा लिने भनेको त सुन्न पनि नसकिने कुरा हो । सर्वत्र आलोचना भएपछि औषधि खरिदको जिम्मा दिएको कम्पनीसँग सरकारले सम्झौता रद्द गरेर सेनालाई जिम्मा दिएको छ । यो सबै नाटक हो । पानीमाथिको ओभानो बन्न खोजेको हो । नागरिक प्रशासनिक काम एक्कासि सेनालाई सुम्पनु लाजमर्दो कुरा हो । यो प्रजातान्त्रिक पद्धति होइन, जुन नेपाली जनतालाई मान्य छैन । सेनाले गरेका काममा अख्तियारले छानबिन गर्दैन भनेरै सेनालाई जिम्मा लगाइएको हो ।
    कोरोनाविरुद्ध संसार लडिरहेका बेलामा त्यसको फाइदा उठाएर, सत्ताको दुरुपयोग गरेर कमिसन खाने र भ्रष्टाचार गर्ने जस्तो अक्षम्य काम अर्को हुनै सक्दैन ।

    सीमा पारि बसेका नेपालीलाई घर फिर्ता गर्न राजमोले विज्ञप्ति निकालेरै सरकारसँग माग गर्यो, यसले जोखिम बढाउँछ भनेर सरकारले ल्याउन मानेन नि ?
    विश्वका विभिन्न देशमा लाखौं नेपाली छन् । ति सबैलाई घर ल्याउन त हामीले भनेका छैनौं । त्यो सम्भव पनि छैन । यद्यपी कोरोनाको गम्भीर संक्रमण भएका देशले पनि आफ्ना नागरिकलाई जहाज चार्टर्ड गरेरै लगेका छन् । हामीले त त्यसो भनेका छैनौं । नेपालीहरु जुन देशमा बसेका छन्, कूटनीतिक पहल गरेर उनीहरुको व्यवस्थापन गर्न भनेका छौं ।
    तर, दुःख कष्ट झेल्दै सीमानामा आईपुगेका नेपालीलाई त सरकारले आफ्नो देशमा ल्याउनु पर्यो । उनीहरुलाई क्वारेन्टिनमा राखेर औषधि उपचार गर्नुपर्यो । आफ्नो घर छेउमै आएका दुई हजार जति नागरिकलाई पनि देशभित्र ल्याएर व्यवस्थापन गर्न नसक्नु त सरकारको नालायकीपन हो ।

    अहिले भारतका कैयौं रोजगारदाताले आफ्ना कम्पनी बन्द गरे । त्यहाँका नेपाली कामदारहरु मर्नपरे पनि आफ्नै गाउँमा, आफ्नै परिवारसँग गएर मर्छौं भनेर आउन खोजे, आए । उनीहरु आइसकेपछि नागरिकको संरक्षण गर्नु राज्यको दायित्व हो । उनीहरुलाई क्वारेन्टिनको व्यवस्था गरेर, परीक्षण र उपचारको व्यवस्था गरेर आफ्नो घर जान दिनु पर्दैन ? प्रदेश र स्थानीय सरकारको काम के हो ?  उनीहरुले पठाएको रेमिन्ट्यासबाट यिनीहरुले गाडी चढ्न, महल बनाउन हुने । अनि घर छेउमै आइपुगेका उनीहरुलाई आफ्नै घर आउन पनि छेकबार लगाउने ?

    अहिले चुनाव हुने भए सिमानामा १५ सय, दुई हजार नेपाली आएका छन् भन्ने थाहा पाउँदा राजनीतिक पार्टीका नेताकार्यकर्ता लिन पुग्थे भोटका लागि । अहिले चुनाव त छैन । सीमानामा आएका नेपालीलाई आपतविपद् परेको बेला मुख्य जिम्मेवार सरकार हो ।

    कतिपयले उच्चस्तरीय सर्वदलीय संयन्त्र बनाउन पनि माग गरेका छन्, त्यस्तो संयन्त्रको आवश्यकता महसुस गर्नुभएको छैन ?
    अहिले कुनै संयन्त्रको खाँचो छैन । किन चाहियो उच्चस्तरीय राजनीतिक संयन्त्र ? यस्तो आपतविपद्लाई सत्ताको मागिखाने भाँडो बनाउने, सत्तामा गएर सत्ताको रसास्वादन गर्ने उपायमात्रै हो । जनताले यो सरकारसँग आशा गरेका छन् । सरकारलाई समर्थन दिएका छन् । प्रमुख प्रतिपक्षले पनि अरु सबै कुरा छाडेर कोरोनाविरुद्ध लड्न सरकारलाई सहयोग गरेको छ ।

    केही दिन अघि पूर्व राजाले नयाँ वर्षको शुभकामना दिने सन्दर्भमा ‘अब पनि कसैलाई निषेध गरे महाभूल हुनेछ’ भनेका थिए । अहिलेको अवस्थामा राजावादीहरुले मौकाको फाइदा उठाउन खोजेका हुन ?
    संसारभर सत्ताबाट फालिएकाहरुले आफ्नो गुमेको सत्ता फर्काउन पुरै प्रयास गर्छन् । नेपालमा पनि भएको त्यही हो । सरकारको कमजोरीबाट, राजनीतिक दलहरुको कमजोरीबाट राजावादीहरु उत्साहित भएका छन् । उनीहरुले गुमेको सत्ता फर्काउन पाइन्छ कि भनेर मौका हेरेका छन् । हिन्दु धर्म प्रचारका नाममा प्रतिगमन पुनस्र्थापना गर्ने प्रयास भइरहेको छ । तर, नेपाली जनताले उनीहरुको सपना पुरा हुन दिनेवाला छैनन् ।

    यो अवस्थामा कोरोनाको संक्रमणबाट सिंगो देशलाई कसरी बचाउन सकिन्छ त ?
    अहिले सबैले सरकारलाई साथ दिएका छन् । अब तीनै तहका सरकारले युद्धस्तरमा काम गर्नुपर्छ । अन्य राजनीतिक पार्टीले पनि सरकारलाई जे मद्दत चाहिन्छ, त्यो गर्नुपर्छ । सत्तामा बस्नेहरुले पनि निस्स्वार्थ काम गर्नुपर्छ । संकटको बेलामा मौकाको चौका कसैले हान्न पाइन्न । सबै मिलेर साझा सत्रु कोरोना भाइरसविरुद्ध लड्ने हो ।

    अन्तमा यहाँको दिनचर्या अहिले कसरी बितिरहेको छ ?
    लकडाउनका कारण घरमै बस्ने र पुस्तक पढ्ने गरिरहेको छु । बाहिर हिँड्न नमिल्ने हुनाले सामान्य योगा गर्छु । देश विदेशमा रहेका पार्टीका साथीहरु, आफन्तहरुसँग फोनमा कुराकानी गर्ने, आवश्यक सरसल्लाह गर्ने काम भइरहेको छ । धेरै पत्रकार साथीहरुले सम्पर्क गर्नुहुन्छ । अन्तवार्ता लिनुहुन्छ । लकडाउनको फाइदा पुरै उठाएको छु ।

    बुधबार, बैशाख ०३, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मोतीराम भट्टको एक सय एकसट्ठिऔँ जन्मजयन्ती मनाइँदै
    बाढीप्रभावित नुवाकोटमा मसालका महामन्त्री सिंहको स्थलगत अनुगमन
    उपत्यकामा सबै कम्पनीको ग्यास सिलिन्डर साट्न सरकारको निर्देशन
    विशेष सम्पादकीय
    जेनजी स्मृति कार्यक्रममा युवतीले गरिन् आत्मदाह प्रयास
    आँखा स्वास्थ्य सेवामा नेपाललाई ऐतिहासिक उपलब्धि

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      विपत्तिकाे सामना

    • २.
      शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

    • ३.
      स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    • ४.
      उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ५.
      ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

    • ६.
      १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

    भर्खरै

    • १.
      प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

    • २.
      वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

    • ३.
      राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

    • ४.
      शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

    • ५.
      विदेशबाट फर्किएका युवा भेडापालनमा

    • ६.
      जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    • ७.
      पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

    • ८.
      गुल्मीमा ३८ जातका कफीको परीक्षण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.