काठमाडौं । वैदेशिक रोजगारीका लागि चेक रिपब्लिक पठाइदिने भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन्।
Advertisement
पक्राउ पर्नेमा काठमाडौंको बूढानीलकण्ठ नगरपालिका ५ बस्ने वर्ष २७ को संजिभ तामाङ रहेका छन्।
संजिभले मिरा तामाङ समेत ११ जनालाई वैदेशिक रोजगारीका लागि चेक रिपब्लिक पठाइदिन्छु, त्यसको लागि प्रतिब्यक्ति १२ लाख ५० हजार रुपैयाँ लाग्छ, चेक रिपब्लिक पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु, मासिक १
लाख २० हजार रुपैयाँ तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारेको प्रहरीले जनाएको छ।
पीडितहरूबाट पटक पटक गरी २९ लाख रुपैयाँ रकम लिई सम्पर्क विहीन भई ठगी गरेको आरोपमा उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले चैत ४ गते कपनबाट पक्राउ गरेको हो।
उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ।